परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ विभिन्न कार्यक्रमको आयोजना बिहीबार काठमाडौँ उपत्यकालगायत देशभर मनाइएको छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदाको दिन मनाइने यो जात्रा भक्तपुरमा भने अष्टमीसम्म नै मनाउने परम्परा रहँदै आएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी, विभिन्न बाजागाजा र झाँकीसहित स्थानीय मठमन्दिर र देवालय परिक्रमा गराउने र दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ ।
नेपालका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक (एलजिबिटिआई) समुदायले विभेदरहित र लाञ्छनामुक्त समाज निर्माण र समान अधिकार प्राप्तिको माग राख्दै काठमाडौँमा २० औँ नेपाल गौरवयात्रा तथा गाईजात्रा उत्सव मनाएका छन् । सांस्कृतिक पर्वका रूपमा रहेको ‘गाईजात्रा’ पर्वको अवसरमा नेपालस्थित अमेरिकी दूतावास र राइट टु राइट हेयर नामक संस्थाको सहयोगमा नीलहीरा समाजले गाईजात्रा उत्सवको आयोजना गरेको हो । एक वर्षभित्र दिवङ्गत भएका आफ्ना समुदायका व्यक्तिहरूको सम्झनामा समाजले सप्तरङ्गी दीप प्रज्वलनको समेत आयोजना ग¥यो ।
घोराही उपमहानगरपालिका–१८ घोरदौराबाट शुक्रबार बिहान देखिएको चन्द्रमा ।
सिमकोट गाउँपालिकाको स्वास्थ्य संस्थामा सुत्केरी भएका महिलालाई कोसेली उपहार दिने गरिएको छ। संस्थागत सुत्केरी गराउने सङ्ख्या शतप्रतिशत पु-याउन यस्तो व्यवस्था गरिएको हो। सिमकोट गाउँपालिका–२, ठेहे स्वास्थ्य चौकीका प्रमुख दानबहादुर बोहराले स्वास्थ्य चौकीमा प्रसूति गराइएकालाई प्रोत्साहनस्वरूप कोसेली उपहार दिइएको बताउनुभयो। उहाँले संस्थागत सुत्केरी सङ्ख्या शतप्रतिशत पु-याउन र पोषणमा सुधार ल्याउन यस्तो व्यवस्था गरेको बताउनुभयो।
भोजपुर जिल्लाको तुङगेछा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दाङ जिल्लाको बबई गाउँपालिका क्षेत्रमा पटक पटक बाघले गोठमै आएर बाख्रा मार्ने गरेको छ। पछिल्लो पटक मङ्गलबार बाघले बबई गाउँपालिका–२, जहरेबास ट्वाङखोलामा १३ वटा बाख्रा मारेको छ। बबई गाउँपालिका वडा नं. २, जहरेबास ट्वाङखोलाका छविलाल खत्रीका १३ वटा बाख्रा जङ्गलमा चराउन गएको समयमा बाघले मारेको हो।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित शेर्पा भाषा
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित ल्होमी भाषा
सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत पर्वत जिल्लाका २८ प्रतिशत नागरिकले मात्रै सेवा लिएका छन्। बाँकी ७२ प्रतिशत नागरिक बिमाको पहुँचबाहिर छन्। नागरिकको स्वास्थ्य सेवामा पहुँच बढाउन सरकारले सुरु गरेको कार्यक्रम प्रभावकारी हुन नसक्दा एक तिहाइले पनि सेवा लिन नसकेका हुन्। जिल्लाको कुल जनसङ्ख्या एक लाख ३० हजार ८७८ मध्ये हालसम्म कुल ३६ हजार सात जनाले मात्रै स्वास्थ्य बिमा गराएका छन्।
उच्च अदालत पाटनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालय नभत्काउन अन्तरिम आदेश दिएको छ ।
कमलबजार नगरपालिका–५, कुइकाकी ८२ वर्षीय भरु भुल आँखा देख्नुहुन्न। वृद्धा भत्ता (सामाजिक सुरक्षा) आउने महिना कुरेर बस्दै आउनुभएकी भरु घरमै भत्ता बुझ्न पाउँदा दङ्ग हुनुहुन्छ। बैङ्किङ प्रणालीका कारण यसअघि अर्कोले बोकेर तथा डोहो-याएर बैङ्क लैजानुपर्ने झन्झटबाट छुटकारा मिलेपछि उहाँ खुसी देखिनुभएको हो।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुन चैते धान उत्पादनमा जोड दिएको छ । अगामी आर्थिक वर्षमै धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादन कार्यक्रममा जोड दिइएको छ । कृषिमन्त्री डा. वेदुराम भुसालले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड नदिई नहुने बताउनुभयो । “जति गरे पनि वर्षे धान योभन्दा बढी उत्पादन गर्न सकिँदैन”, उहाँले भन्नुभयो, “एक त कृषियोग्य जमिन घट्दै गइरहेको छ, भएको जमिन पनि बाँझो हुन थालेको छ, त्यसले गर्दा वर्षे धान उत्पादनले मात्र लक्ष्यलाई भेट्टाउन सकिँदैन, त्यसका लागि चैते धान उत्पादनमा जोड दिनु पर्छ ।”
सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल प्रतिलिटर चार, डिजेल र मट्टितेल प्रतिलिटर तीन र एलपी ग्यास प्रतिसिलिन्डर रु दुई सय ३५ ले बढेको छ ।
बुटवलका बुद्धिप्रसाद शर्माले वैदिक जनै, रक्षाबन्धन, लाखबत्ती, अनन्त डोरोलगायतका सामग्री उत्पादन गरेरै वार्षिक ४० लाख रूपियाँसम्म आम्दानी गर्दै आउनुभएको छ । राधा जनै धागो उद्योग स्थापना गरेर शर्माले उत्पादन गर्दै आएको जनैलगायतका सामान नेपाल तथा विदेशमा समेत निर्यात गर्न सफल हुनुभएको छ । वैदिक जनै र शास्त्रीय धागो बेचेर पनि लाखौँ कमाउन सकिन्छ भन्ने उदाहरण बनेका बुद्धिप्रसाद शर्मा सबैका लागि प्रेरणाका स्रोत पनि बन्नुभएको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैङ्कले नेपाल सरकारको ब्याज अनुदानमा बैङ्क तथा वित्तीय संस्थामार्फत प्रवाह भएको सहुलियतपूर्ण कर्जा २०८० असार मसान्तमा कुल एक लाख ४५ हजार ७७८ ऋणीलाई प्रवाह भएको हो । समीक्षा अवधिमा एक खर्ब ९७ अर्ब छ करोड रुपियाँ कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जा अन्तर्गत ६० हजार ३५० ऋणीलाई प्रवाह भएको एक खर्ब ३५ अर्ब ७६ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ८२ हजार ७१८ महिला उद्यमीलाई प्रवाह भएको ५८ अर्ब ३८ करोड कर्जा रहेको छ ।