• २४ वैशाख २०८३, बिहिबार

विद्युतगृहसँग जोडिएको गोरखापत्र

blog

नेपालको आधुनिक विकास यात्रामा विद्युत् उत्पादन र सञ्चार क्षेत्रको विकासले विशेष महत्व राख्छ । विशेष गरी नेपालमा पहिलो पटक विद्युत् उत्पादन सुरु भएको चन्द्रज्योति विद्युत गृह र देशको पहिलो पत्रिका गोरखापत्रले नेपाली समाजलाई आधुनिक युगतर्फ अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेका छन् । चन्द्रज्योति विद्युत्गृहको शुभारम्भ र गोरखापत्रको शुभारम्भ, विकास र विस्तारलाई एक ऐतिहासिक धरोहरका रूपमा लिन सकिन्छ । 

नेपालमा पहिलो पटक जलविद्युत् उत्पादन १९६८ साल जेठ ९ गते भएको मानिन्छ । काठमाडौँ उपत्यकाको दक्षिणतर्फ फर्पिङ क्षेत्रमा निर्माण गरिएको चन्द्रज्योति विद्युत्गृहबाट ५०० किलोवाट विद्युत् उत्पादन सुरु गरिएको थियो । यस परियोजनाको निर्माण तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जङ्गबहादुर राणाको पहलमा गरिएको थियो । यसबाट प्रारम्भमा बिजुली बत्ती बाल्ने काम भए पनि हाल विद्युत् उत्पादन हुन सकेको छैन । नेपालको इतिहासमा विद्युत् शुभारम्भ गरिएको केन्द्रलाई संरक्षण गरी सरकारले एक सङ्ग्रहालयका रूपमा विकास गर्न खोजेको छ । उनकै नामबाट यसलाई ‘चन्द्रज्योति’ नाम दिइएको थियो । यो विद्युत्गृह नेपालको मात्र नभई दक्षिण एसियाकै प्रारम्भिक जलविद्युत् परियोजनामध्ये एक मानिन्छ ।

चन्द्रज्योति विद्युत्गृह सञ्चालनमा आएपछि काठमाडौँमा पहिलो पटक सडक बत्ती बाल्ने व्यवस्था गरिएको थियो । यसले दरबार, सरकारी कार्यालय र केही सार्वजनिक स्थानमा उज्यालो पु¥याइएको थियो । सर्वसाधारण जनताको पहुँचमा भने यस जलविद्युत्गृहबाट उत्पादन भएको विजुली पुग्न सकेको थिएन । पछि जनसङ्ख्या वृद्धि र विद्युत् माग बढ्दै जाँदा नेपालमा अन्य जलविद्युत् आयोजना पनि निर्माण हुन थाले । समयक्रममा नेपाल विद्युत् प्राधिकरण स्थापना भई देशभर विद्युत् उत्पादन, प्रसारण र वितरणको व्यवस्थापन गर्दै आएको छ । चन्द्रज्योति विद्युत्गृह अहिले ऐतिहासिक धरोहरका रूपमा पनि चिनिन्छ ।

नेपालको पत्रकारिता इतिहासमा गोरखापत्रको विशेष स्थान छ । यसको प्रकाशन विसं १९५८ जेठ २४ गते सुरु भएको हो । यसलाई तत्कालीन प्रधानमन्त्री देवशमशेर जङ्गबहादुर राणाले सुरु गराएका थिए । गोरखापत्र प्रारम्भमा साप्ताहिक पत्रिकाका रूपमा प्रकाशित हुन्थ्यो र त्यस समयको छापाखानाबाट हातले चलाइने प्रेसबाट छापिन्थ्यो । पछि क्रमशः यसको विकास हुँदै दैनिक पत्रिकाका रूपमा प्रकाशन हुन थाल्यो ।

नेपालमा विद्युत् उत्पादन सुरु भएपछि सञ्चार तथा प्रकाशन क्षेत्रमा पनि आधुनिक प्रविधिको प्रयोग सम्भव भयो । छापाखानामा विद्युत् प्रयोग हुन थालेपछि पत्रपत्रिका छाप्ने काम अझ छिटो र व्यवस्थित बन्यो । यसरी चन्द्रज्योति विद्युत्गृह र गोरखापत्र दुवै नेपालमा आधुनिकता र विकासका महìवपूर्ण प्रतीक बने । विद्युत्को विकाससँगै बढ्दै गएको प्रविधिले सबैलाई आकर्षण गरेको छ । प्रविधिको अधिकतम उपयोग बढाउँदै ऐतिहासिक रूपमा स्थापित गोरखापत्र र चन्द्रज्योति विद्युत्गृहको संरक्षणमा हामी सबैको भूमिका महìवपूर्ण हुनु पर्छ ।

नेपालमा चन्द्रज्योति विद्युत्गृहको स्थापना र गोरखापत्रको प्रकाशनले देशको विकास यात्रामा नयाँ युगको सुरुवात गरेको देखिन्छ । विद्युत् उत्पादनले आधुनिक जीवनशैलीको ढोका खोल्यो भने गोरखापत्रले सूचना, शिक्षा र चेतनाको विस्तार ग¥यो । आज पनि यी दुवै ऐतिहासिक संस्था नेपालको विकासका महìवपूर्ण कोसेढुङ्गाका रूपमा स्मरण गरिन्छन् ।

नेपालमा विद्युत् विकासको इतिहास धेरै पुरानो छैन । यसको प्रारम्भिक चरणमा निर्माण गरिएका केही संरचना आज पनि दृढ रूपमा उभिएर सेवा दिइरहेका छन् । ती संरचनामध्ये ‘चन्द्रज्योति विद्युत्’ को टाँचा लगाइएका पुराना पोल विशेष रूपमा उल्लेखनीय छन् । विद्युत् वितरणको सुरुवाती समयमा गाडिएका यी पोलले केवल त्यतिबेलाको आवश्यकता मात्र पूरा गरेनन्, बरु गुणस्तर र दीर्घकालीन सोचको उदाहरण पनि प्रस्तुत गरे ।

विद्युत् सेवा विस्तार गर्ने क्रममा गाडिएका काठका र फलामका पोलमा ‘चन्द्रज्योति विद्युत्’ भन्ने स्पष्ट छाप लगाइन्थ्यो । समयको लामो यात्रासँगै धेरै संरचना परिवर्तन भए । तीमध्ये केही पोल अझै पनि उभिएर सेवा दिइरहेका छन् । यसको जिउँदो प्रमाण काठमाडौँस्थित गोरखापत्र संस्थानको कम्पाउन्डभित्र देख्न सकिन्छ । त्यहाँ आज पनि ‘चन्द्रज्योति विद्युत्’ अङ्कित पुरानो पोल उभिएको छ र विगतको इतिहासलाई सम्झाइरहेको छ ।

दशकौँअघि गाडिएको त्यो पोल अहिले पनि मजबुत अवस्थामा रहनु कुनै सामान्य होइन । यसले त्यतिबेलाको निर्माण कार्यमा प्रयोग गरिएको सामग्रीको गुणस्तर, कामप्रतिको इमानदारिता र जिम्मेवारीपूर्ण सोचलाई स्पष्ट रूपमा देखाउँछ । सीमित स्रोत र प्रविधि हुँदाहुँदै पनि दीर्घकालीन उपयोगलाई ध्यानमा राखेर गरिएका कामले समयको कठिन परीक्षा सजिलै पार गरेका छन् । अहिले पनि विद्युत् प्राधिकरणले सरकारी संस्थाका रूपमा उत्पादन, प्रसारण र वितरणको काम गरिरहेको छ । गाडिएका पोलमा नेपाल विद्युत् प्राधिकरणको छाप लगाइन्छ । यसको सिकाइ पनि पोलमा तत्कालको चन्द्रज्योति छाप लगाएको निरन्तरता हो । 

आज विकासका नाममा धेरै संरचना निर्माण भइरहेका छन् । कतिपय संरचना छोटो समयमै जीर्ण हुने अवस्था पनि देखिन्छ । यस्तो अवस्थामा ‘चन्द्रज्योति विद्युत्’ लेखिएको पुरानो पोलले एउटा महत्वपूर्ण सन्देश दिन्छ । विकास निर्माणमा गुणस्तर, जिम्मेवारी र दूरदर्शिता अपनाइयो भने त्यसको परिणाम धेरै पुस्तासम्म टिकिरहन्छ ।

यस दृष्टिले हेर्दा गोरखापत्र संस्थानको परिसरमा उभिएको ‘चन्द्रज्योति विद्युत्’ अङ्कित पोल केवल एउटा पुरानो सामग्री मात्र होइन; यो नेपालमा विद्युत् विकासको प्रारम्भिक यात्राको ऐतिहासिक साक्षी हो । यसले विगतको मेहनत, गुणस्तर र प्रतिबद्धतालाई आजको पुस्तासामु स्मरण गराउँदै भविष्यका विकास कार्यमा पनि गुणस्तरलाई प्राथमिकता दिन प्रेरणा 

प्रदान गर्छ । पुराना पोल अझै पनि उभिएर सेवा दिइरहनु विगतको कामप्रतिको इमानदारिता र गुणस्तरको दरिलो प्रमाण हो । जसले भन्छ, राम्रो काम समयसँगै झन् मूल्यवान् बन्दै जान्छ ।

गोरखापत्रको विश्वसनीयता 

गोरखापत्रले नेपालको राजनीतिक, सामाजिक, आर्थिक तथा सांस्कृतिक जीवनका महìवपूर्ण घटनालाई निरन्तर अभिलेख गर्दै आएको छ । गोरखापत्रले विश्वसनीय समाचारका अलावा, सरकारी सूचना, निर्णय, सार्वजनिक सूचना र राष्ट्रिय महìवका विषयलाई जनसमक्ष पु¥याउने काम गरिरहेको छ । सरकारी आधिकारिक जानकारी सार्वजनिक गर्ने माध्यमको रूपमा पनि यसको विशेष पहिचान छ । आज पनि नेपालका सबै सरकारी, गैरसरकारी कार्यलयमा गोरखापत्रले राम्रै प्रवर्धन गरिरहेको छ । 

इतिहासको विभिन्न चरणमा गोरखापत्र देशका महत्वपूर्ण परिवर्तनको साक्षी बनेको छ । प्रजातन्त्रको स्थापना, विभिन्न राजनीतिक आन्दोलन, विकासका योजना, सामाजिक परिवर्तन तथा राष्ट्रिय उपलब्धिलाई यसले जनतामाझ पु¥याउँदै आएको छ । गोरखापत्रलाई नेपालको पत्रकारिता इतिहासको महìवपूर्ण दस्ताबेजका रूपमा पनि लिइन्छ ।

गोरखापत्रमा प्रकाशित समाचार र सूचना तथ्यमा आधारित तथा आधिकारिक स्रोतबाट प्राप्त हुने भएकाले यसको विश्वसनीयता उच्च मानिन्छ । सरकारी निकाय, सार्वजनिक संस्थान तथा विभिन्न सङ्घ संस्थाले आफ्ना सूचना र विज्ञापन प्रकाशित गराउन गोरखापत्रलाई प्राथमिकता दिने गरेका छन् । यसले पत्रिकाप्रतिको विश्वास अझ बलियो बनाएको छ ।

आजको सूचना–प्रविधिको युगमा पनि गोरखापत्रले आफ्नो गरिमा र विश्वसनीयतालाई कायम राख्दै पाठकलाई तथ्यपूर्ण, सन्तुलित र जिम्मेवार पत्रकारिता प्रदान गर्दै आएको छ । नेपाली पत्रकारिताको इतिहास, विकास र विश्वासको प्रतीकका रूपमा पाठकका सामु गोरखापत्र सधैँ स्मरणीय रहने छ ।

नेपालको आधुनिक विकास यात्रामा पहिलो विद्युत्गृह चन्द्रज्योति विद्युत्गृह र पहिलो नेपाली पत्रिका गोरखापत्र संस्थानद्वारा प्रकाशित गोरखापत्रबिच ऐतिहासिक सम्बन्ध छ । चन्द्रज्योति विद्युत्गृहबाट उत्पादन भएको विद्युत्ले नेपालमा आधुनिक सेवा सुविधाको ढोका खोलेको थियो, जसको प्रभाव छपाइ प्रविधि र सूचना प्रवाहमा पनि परेको मानिन्छ ।

आज विद्युत् क्षेत्रको विकास र व्यवस्थापन नेपाल विद्युत् प्राधिकरणले गरिरहेको छ भने गोरखापत्र संस्थानले गोरखापत्रलगायत विभिन्न पत्रपत्रिका प्रकाशनको कार्य निरन्तर अघि बढाइरहेको छ । गोरखापत्र संस्थानको परिसरमा आज पनि ‘चन्द्रज्योति विद्युत्’ लेखिएको पुरानो पोल देखिनु इतिहासको जीवित प्रमाण हो । 

चन्द्रज्योति विद्युत्गृह र गोरखापत्र केवल दुई ऐतिहासिक संस्था मात्र होइनन्, यी नेपालमा आधुनिकता, सूचना प्रवाह र पूर्वाधार विकासको प्रारम्भिक यात्राका महìवपूर्ण प्रतीक हुन् । यी पुराना संरचना र अवशेषले नेपालको प्राविधिक र सञ्चार विकासको गौरवशाली इतिहास सम्झाइरहेका छन् । नेपालको पहिलो पत्रिका गोरखापत्र पनि पुरानो हुँदैमा कमजोर हुँदैन भन्ने उदाहरण हो । विसं १९५८ मा प्रकाशन सुरु भएको गोरखापत्रले आजसम्म निरन्तर समाचार, सूचना र विचार प्रस्तुत गर्दै आएको छ । समयसँगै प्रविधि परिवर्तन भए पनि यसको विश्वसनीयता र ऐतिहासिक महìव भने अझै कायम छ ।

पुरानो हुनु कमजोरी होइन; बरु इतिहास, अनुभव र गुणस्तरको परिचय हो । चन्द्रज्योति विद्युत्गृहका पुराना पोल र गोरखापत्रको दीर्घकालीन प्रकाशनले स्पष्ट सन्देश दिन्छ पुरानो हुँदैमा नराम्रो हुँदैन, बरु धेरै अवस्थामा त्यो अझ विश्वसनीय र मूल्यवान् हुन्छ ।    

लेखक बाट थप