भूकम्प गएको आठ वर्ष बित्दा पनि मुलुकका सरकारी पुस्तकालय भवन अपूरा छन्। प्रायः सबै सरकारी भवनको पुनर्निर्माण भइसके पनि कुनै पुस्तकालय भवनको निर्माण कार्य जारी छ भने कुनैको निर्माण कार्य अत्तोपत्तो नै छैन। सम्बन्धित निकायले ‘साइट क्लियर’ नगरिदिएकाले काठमाडौँको केशर पुस्तकालयको निर्माण गति सुस्त छ। ललितपुरको पुल्चोकस्थित राष्ट्रिय पुस्तकालय भक्तपुरको सानोठिमीमा सारिएको छ। सानोठिमीमा अस्थायी टहरामा पुस्तकालय सञ्चालन भइरहेको छ। जमलको केन्द्रीय कानुन पुस्तकालयको भवन निकै पुरानो भइसकेको छ। लाजिम्पाटस्थित डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नयाँ भवन निर्माण गर्ने योजना भए पनि जग्गासम्बन्धी विवादले जीर्ण भवनमा कुँजिनु परेको छ।
बुवाआमाको बालविवाह वा बहुविवाहका कारण हुने सास्ती उनीहरूका छोराछोरीले बेहोर्नुपरेको छ। त्यसै कारण उनीहरूले बाल अधिकारको उपभोग गर्न पाएका छैनन्। बालविवाह वा बहुविवाह गरेका दम्पतीले आफ्ना सन्तानको जन्मदर्ता नगरिदिँदा यस्तो समस्या आएको हो। त्यस्ता सन्तानको जन्मदर्ता गर्दा आफूहरूको बालविवाह वा बहुविवाहको पनि पोल खुल्ने डर रहँदा उनीहरूले जन्मदर्ता नगराउने गरेको पाइएको छ। समयमै जन्मदर्ता नगराउँदा पोषण भत्ता, अपाङ्गता भत्तालगायत राज्यबाट प्रदान गरिने सेवा सुविधाबाट कर्णालीका धेरै बालबालिका वञ्चित छन्।
प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवं जनैपूर्णिमा पर्व आज स्नान गरी नयाँ यज्ञोपवीत (जनै) धारणसहित डोरो बाँधेर मनाइएको छ।
यहाँका दलित समुदायले आफ्नै पुरोहितबाट सामुहिक रक्षाबन्धन तथा जनै धारण गरेका छन् । समाजमा जातीय विभेद कायमै रहेकाले त्यसको अन्त्यका लागि आफ्नै पुरोहितबाट सामुहिक रक्षा बन्धन तथा जनै धारणा कार्यक्रम गरिएको दलित अगुवाहरुले बताएका छन् ।
रुपन्देहीको बुटवलमा परम्परागत सांस्कृतिक गाईजात्रा मनाइएको छ । बुटवल उपमहानगरपालिका –१ मा गाईजात्रा निकालिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग संयुक्त राज्य अमेरिकाको संसदीय प्रतिनिधिमण्डलले बिहीबार भेटवार्ता गरेको छ। मार्क पोकनको नेतृत्वमा आएको अमेरीकी सांसदको प्रतिनिधिमण्डलसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेले नेपालको वैदेशिक ऋणभन्दा आन्तरिक ऋण वृद्धि भइरहेको बताउनुभएको छ । बिहीवार काठमाडौंमा भएको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
धनकुटामा यो बर्ष २२ परिवारले गाइजात्रा निकालेका छन् । यो बर्ष मृत्यु भएका ब्यक्तिको परिवारले गाइजात्रा निकालेका हुन् । जात्रामा सहभागी हुन तथा हेर्न धनकुटा बजारमा हजारौं सहभागी भएका छन् ।
गुल्मीको रेसुङ्गा नगरपालिकाले एक वर्षमा करिब शतप्रतिशत प्रगति गरेको छ । यस नगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रगति प्रतिवेदनअनुसार करिब शतप्रतिशत प्रगति गरेको पाइएको छ ।
दाङको राप्ती गाउँपालिकाले ज्येष्ठनागरिकका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । निःशुल्क रूपमा एम्बुलेन्स सञ्चालन हुने भएपछि राप्ती गाउँपालिकामा बसोबास गर्ने ८० वर्षदेखि माथि उमेर समूहका ज्येष्ठनागरिक, क र ख वर्गका अपाङ्गता भएका व्यक्ति, प्रसूति सेवाका लागि गर्भवती तथा सुत्केरी महिला, सडक दुर्घटनाका घाइते, सडक सहयोगापेक्षी मानवलाई सहज हुने भएको छ ।
धनकुटा जिल्लाबाट बितेको आर्थिक वर्षमा २ अर्ब ९३ करोड ३६ लाख ८४ हजार रुपियाँको तरकारी तथा फलफूल जिल्ला बाहिर निकासी भएको छ ।
झापामा मोटरसाइकल दुर्घटनामा परेर एक युवाको मृत्यु भएको छ । बिहीबार बिहान झापाको बाह्रदशी गाउँपालिका –५ स्थित घोडामारामा मोटरसाइकल दुर्घटनामा परेर २२ वर्षीय युवा सनम हेमरमको मृत्यु भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले बुद्धि, विवेक पुर्याएर काम गर्न नगर प्रहरी बललाई निर्देशन दिनुभएको छ।
बिहीबार गाईजात्रा मनाएको नेवारी समुदायले सोमबार अर्को विशेष उत्सव बनाउँदै छन् । पोखरामा २३ वर्षपछि १८ गते सोमबारदेखि २० गते बुधबारसम्म बाघ जात्रा देखाइँदै छ ।