समय समयमा पत्रपत्रिकामा स्मृतिग्रन्थ लोकार्पणको समाचार छापिने गरेको छ । यस्ता कार्यव्रmममा सम्बन्धित व्यक्तिले समाजमा गरेको योगदानको
अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका लियोनेल मेसीले अमेरिकी क्लब इन्टर मियामीलाई खेलाडी जीवनको अन्तिम गन्तव्य बनाएका छन्। मेसीलाई साउदी अरबको क्लबले सर्वाधिक पारिश्रमिक दिएर किन्न खोजेको भए पनि उनले अमेरिकी क्बल इन्टर मियामी नै रोजे। त्यसको पछाडिको कारण थियो, उनका सन्तानको भविष्य। मेसीसँग यति धेरै सम्पत्ति छ कि उनका दुई–तीन पुस्ताले कामै नगरी पनि सोखिनको जीवन बाँच्न सक्छन् तर मेसी पैसाभन्दा पनि बालबच्चाको भविष्य हेरेर त्यता लागे। उनको परिवारका सदस्य अमेरिकी शैलीसँग सहज महसुस गर्ने भएकैले पनि मेसी अमेरिका गएका हुन्।
बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले प्रादेशिक अस्पतालका सबै सामान्य शøया निःशुल्क गर्ने निर्णय कार्यान्वयन हुनुलाई सबैभन्दा महìवपूर्ण उपलब्धि भएको बताउनु भएको छ । मन्त्रीस्तरीय निर्णयबाट बागमती प्रदेशभित्र रहेका १३ वटा प्रादेशिक अस्पतालका आइसियु, एनआइसियु र क्याबिनबाहेकका सबै श-या भदौ १ गतेदेखि निःशुल्क गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताउनुभएको छ ।
दोलखा सदरमुकाम चरीकोटमा रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका उपकरण प्रयोगविहीन बनेका छन् ।अस्पतालमा भवनसहित भौतिक पूर्वाधारको अभावले पशु बिरामी पर्दा उपचार गर्न भनेर ल्याइएका उपकरणहरू प्रयोगविहीन बनेका हन् ।
पृथ्वी सबै प्राणीको साझा घर हो । चेतना र विवेकको हिसाबबाट मानवजाति अन्य जीवजनावरभन्दा श्रेष्ठ भए पनि पृथ्वीमा सम्मानपूर्वक बाँच्न पाउने हक हरेक जीवजन्तुको हुन्छ । दैनिकी तथा पर्यावरणीय रूपमा मानवजाति र अन्य प्राणीबिचमा अन्योन्याश्रित सम्बन्ध रहेको छ । पशुहरूको समुचित संरक्षण हुन नसक्दा खाद्य सम्प्रभुता र स्वच्छ वातावरणको हकमा
यही वर्षको सेप्टेम्बर १८ देखि १९ सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । नेपालका तर्फबाट प्रधानमन्त्रीले सहभागिता जनाउँदै हुनुहुन्छ । सम्मेलनमा दिगो विकास लक्ष्यका कार्यान्वयनको वर्तमान अवस्था र भावी कार्य दिशाका बारेमा छलफल हुने कार्यसूची तय छ । नेपाल विकासको यात्रामा लम्किरहेको छ । समय क्रममा उत्पन्न हुने विभिन्न बाधा अड्चन र अवरोध पन्छ्याउँदै अगाडि बढिरहेको छ । सामाजिक तथा आर्थिक क्षेत्रमा अपेक्षित सुधार नभए पनि क्रमशः सुधार
कूल स्कोर २५ रन छँदा दुवै ओपनर आउट भएपछि बुधबार मुल्तान रङ्गशालामा पाकिस्तानी क्रिकेट टोलीका समर्थकबीच सन्नाटा छायो । यसअघि यही मैदानमा दशमध्ये सात खेलमा घरेलु टोलीको विजय देखिसकेका स्थानीय दर्शक पाकिस्तानको फितलो प्रदर्शन कदापि हेर्न चाहँदैनथे ।
नेपालमा सार्वजनिक सेवा क्षेत्रको महत्व व्यापक छ । राज्यले सार्वजनिक सेवा क्षेत्रलाई २०४७ सालदेखि प्राथमिकतामा राखेर विभिन्न योजना तथा प्रतिष्ठान विस्तार गरे पनि वास्तविक महत्वले अझैसम्म पूर्णता पाएको अनुभूति हुन सकेको छैन । विभिन्न योजना तथा आयोजनालाई विशेष महìवले नहेर्दासम्म समस्याको समाधान हुने अवस्था रहँदैन । यसको पछाडि समग्रमा कार्यरत कर्मचारीको भूमिका, कार्यरत अवस्था, प्रतिष्ठानले प्रवाह गरेको सेवा र सुविधालगायत विषयबाट मापन ग
विद्यालय तहको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने विषय लामो समयदेखि चर्चामा छ । देशको अस्थिर राजनीति, छिटोछिटो भइरहने सरकारको फेरबदल, विभिन्न स्वार्थ समूहबिचको टक्कर आदि कारणले कुनै पनि सरकारले दृढताका साथ प्रचलित शिक्षा प्रणालीमा ठोस परिवर्तन गर्न सकेको छैन । शिक्षा प्रणाली परिवर्तन गर्न प्रचलित नीति तथा कानुनमा संशोधन गर्नुपर्ने हुन्छ; जसका लागि राजनीतिक दलहरूबिच सहमति आवश्यक हुन्छ । अर्कोतर्फ शिक्षा प्रणाली सञ्चालन गर्न मुख्य भूमिका
श्रावण शुक्लपक्ष पूर्णिमामा पर्ने यस वर्षको संस्कृत दिवस एवं जनैपूर्णिमा पर्व हाम्रो घर आँगनमा आइसकेको छ । तागाधारीले यस दिन विशेष मन्त्रण गरिएको जनै लगाउने गर्छन् । जनै धारण गर्ने मन्त्र – ‘यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः’ हो । चान्द्रमान अनुसार श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीका लागि यो वर्षभरिको महान् पर्व हो ।
मुलुकमा यस वर्ष मनसुन अवधि जेठ ३१ देखि भदौ ८ गतेसम्ममा बाढी, पहिरो र चट्याङबाट ७३ जनाको ज्यान गएको छ । मनसुन अवधिमा एक सय दुई जना घाइते हुनका साथै २० जना बेपत्ता भएका छन् ।
जनैपूर्णिमा पर्वको अवसरमा म्याग्दीका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । मनोकाङ्क्षा पूरा हुने विश्वासका साथ म्याग्दीका विभिन्न धार्मिकस्थल र तलाउमा बिहानैदेखि भक्तजनको घुइँचो बढेको हो ।
काठमाडौँमा भोली (शुक्रबार) सार्वजनिक बिदा हुने भएको छ । सापारु र रोपाइँ जात्राका अवसरमा काठमाडौँ महानगरपालिकाले भदौ १५ गते शुक्रवार सार्वजनिक बिदा दिएको हो ।
महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज बिहीबार ‘राखी’ पर्व मनाइँदै छ । चन्द्रमासको साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातको नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यो पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो ।