• १३ साउन २०८१, आइतबार

भैरहवामा जजिराले पुनः उडान गर्दै

blog

भैरहवा, फागुन ८ गते । सात महिना कुवेत–भैरहवा अन्तर्राष्ट्रिय उडान गरेको कुवेतको जजिरा एयरलाइन्सले आगामी मार्च ९ गतेदेखि पुनः उडान सुरु गर्ने भएको छ । गत जेठ २ गते विमानस्थल उद्घाटनकै दिनबाट जजिराले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सुरु गरेको थियो ।

जजिराले फागुन २५ गतेदेखि पुनः अन्तर्राष्ट्रिय उडान सुरु गर्न थालेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । उहाँका अनुसार जजिराले हप्ताको तीन दिन उडान गर्दै छ । जजिराले उडान सुरु गर्न अग्रिम टिकट बुकिङ थालिसकेको उहाँले बताउनुभयो । प्रत्येक हप्ता मङ्गलबार, बिहीबार र शनिबार बिहान ८ः५ बजे उड्ने गरी तालिका तय भइसकेको उहाँले जानकारी दिनुभयो । 

जजिराले उडान रोकेपछि भैरहवामा रहेका निजी क्षेत्रका सङ्घसंस्था, पर्यटन व्यवसायीलगायतले पनि पुनः उडान सुरु गर्न पहल थालेका थिए ।