ग्रामीण भेगबाट बजार झर्नेको सङ्ख्या वृद्धि भएसँगै गाउँपाखामा रहेका उर्वर भूमि बाँझो हुने क्रम बढिरहेको छ । पुराना कलाले भरिएका ढुङ्गाको छानो भएका परम्परागत शैलीका घर जीर्ण अवस्थामा पुगेका छन् । गाउँमा बसेका गाउँले पनि किसानीप्रति त्यति लगाव भएका पाइँदैन । दुःखसुख गरेर उत्पादन गरेको अन्नबाली बाँदर र बँदेलले खाँदा किसानमा झन् निराशा पैदा भएको छ । खेतीयोग्य जमिन बर्सेनि बाँझो जमिनमा परिणत हुन थालेपछि पालिकालाई आत्मनिर्भर बनाउने सोचसहित भूमिकास्थान नगरपालिकाले बाँझो जमिनको खोजी गरेको छ । नगरभित्रका खेतीयोग्य बाँझो जमिनमा नगरले नै कागती खेती, आलु खेती, कफी खेती, सुन्तला खेतीलगायतका आयआर्जन दिने बिरुवाका लागि सम्भाव्यता अध्ययन सुरु गरेको छ ।
सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताउनुभयो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई बाहिरिएको ६० केजी सुनको अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको छ। प्रहरी महानिरीक्षक वसन्त कुँवरले केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुसन्धानमा सहयोग पु-याउने गरी विशेष अनुसन्धान टोली खटाउनुभएको हो।
गायक नारायण रायमाझी पहिलो पटक एकल साङ्गीतिक साँझमा प्रस्तुत हुने भएको छ । शुक्रबार काठमाडौँको कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा रायमाझीको प्रत्यक्ष प्रस्तुति हुन लागेको हो । ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ नाम दिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले यस कार्यक्रमको आयोजना गरेको हो । गायक एवं सफल चलचित्र निर्देशक समेत रहनुभएका रायमाझीको यो जीवनकै पहिलो एकल साङ्गीतिक कार्यक्रम हुने छ । साङ्गीतिक साँझमा तीन चरणको प्रस्तुति रहने छ । एउटा चरणमा गीतिनाटक (अपेरा) प्रस्तुत हुने छ । यसमा रायमाझीका गीतलाई दर्शकले नृत्य र अभिनयमा समेत हेर्न पाउने छन् ।
बिहीबार देशभरका तागाधारीले नव यज्ञोपवित (जनै) धारण गरेर जनैपूर्णिमा (ऋषि तर्पणी) मनाउँदै छन् । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई गोबर, खरानी, दत्तिउन र सप्तमृत्तिका लगाएर स्नान गर्ने र गुरु पुरोहितबाट नयाँ जनै र हातमा रक्षाबन्धन बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको जनै धारण गर्नका लागि अघिल्लो दिन केश मुण्डन गरी एक छाक मात्र शुद्ध भोजन गरेर बस्ने परम्परा पनि रहेको छ । यसरी जनै र रक्षाबन्धन धारण गरेमा नकारात्मक तìवबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
वैदेशिक रोजगार विभागले गैरकानुनी गतिविधि गरेका दुई वैदेशिक रोजगार व्यवसायी कम्पनी (म्यानपावर) लाई निलम्बन गरेको छ । विभागसँग स्वीकृति नलिई व्यक्तिगत रूपमा दक्ष र सिपयुक्त श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने गरेको पाइएपछि ओक्सन इन्टरनेसनल प्रालि अर्थात् अभतार ह्युमन रिसोर्स प्रालि र ओमेगा इन्टरनेसनल प्रालि निलम्बनमा परेका हुन् ।
नेपाली सेनाले निर्माणको जिम्मा लिएका सडक आयोजनाको भौतिक प्रगति न्यून भएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो देखाएको छ । सो सम्बन्धमा बुधबार मन्त्रालयमा बसेको बैठकले के कारणले आयोजना ढिला भए भन्नेबारे नेपाली सेनासँग जवाफ माग्ने गर्ने निर्णय गरेको छ । लामो समयदेखि भौतिक पूर्वाधारका क्षेत्रमा पनि काम गर्दै आएको नेपाली सेनाले अहिले पाँच वटा सडक आयोजनामा काम गरिरहेको छ ।
बागमती प्रदेश सरकारले प्रदेश सभा सचिवालयमा तीन वटा विधेयक दर्ता गराएको छ । प्रदेश सभा विजिनेसविहीन भएका कारण बस्न नसकेको अवस्थामा प्रदेश सरकारले ऐन संशोधनका लागि नयाँ विधेयक दर्ता गराएको हो । प्रदेशसभाको अर्को बैठक १८ गते सोमबार बस्नेभएको छ ।
नेपाल विद्युत प्राधिकरणले मधेश प्रदेशमा विद्युत चुहावट नियन्त्रण गर्न थालिएको अभियानको क्रममा दुई हजार ८४८ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।
साफ यू–१६ च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको नेपाली किशोर फुटबल टोली बुधवार भुटानको थिम्पु प्रस्थान गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिकामा कार्यरत नगर प्रहरीले दुई महिनाको अवधिमा १७५ सर्पको उद्धार गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा सांसद रवि लामिछानेले उद्योग व्यवसाय गरेर पैसा कमाउनेलाई सरकारले अपराधीजस्तो व्यवहार गर्न नहुने बताउनुभएको छ।
मौसममा क्रमशः सुधार आएसँगै गुल्मीको रेसुङ्गा विमानस्थलमा आउने शुक्रबारदेखि पुनः नियमित उडान हुनेभएको छ । मौसममा सुधार आएसँगै रेसुङ्गा विमानस्थलमा नेपाल एयरलाइन्सले टिकट खुल्ला गरेको छ ।
बाबर आजम र इफ्तिखर अहमदले शतकी इनिङ्स खेलेपछि एसिया कप क्रिकेटमा पाकिस्तानले नेपाललाई जितका लागि तीन सय ४३ रनको लक्ष्य दिएको छ ।
नेपाली कांग्रेसका नेताहरूले संविधान कार्यान्वयन ढिलो भएका कारण जनअपेक्षाअनुरूप समृद्धिको काम हुन नसकेको बताउनुभएको छ । पोखरामा आज आयोजित टक सेन्टरको कार्यक्रममा वक्ताहरूले सो कुरा बताउनुभएको हो ।