लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले निम्न वर्गको हितमा रहेर कानुन बनाउने प्रतिवद्वता जनाउनुभएको छ । विकास माग्नुभन्दा देशलाई चाहिनेखालको कानुन माग्न समेत उहाँले आग्रह गर्नुभयो ।
प्रजातन्त्र दिवसको अवसरमा रोटर्याक्ट क्लब अफ दमौलीले आयोजना गरेको २०औं सचिन स्मृति खुला दौड प्रतियोगिताको उपाधि गोरखा सिरानचोक गाउँपालिका २४ वर्षीय दिनेश सिंह बोगटी गुरुङले जित्नुभएको छ ।
धरानको चर्चित फुटबल प्रतियोगिता वुढासुब्बा गोल्डकपको २३औं संस्करण फागुन १३ गतेदेखि हुने भएको छ ।
बुटवलमा आयोजित चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा २९ पदक जित्दै कालिका मानवज्ञान माध्यमिक विद्यालय प्रथम भएको छ । कालिकाले १७ स्वर्ण, ७ रजत र ५ कास्य गरी २९ पदक जितेको हो । यस्तै, नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय २६ पदक जित्दै दोस्रो भएको छ । नवीनले ८ स्वर्ण, १२ रजत र ६ कास्य जितेको छ ।
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिकाले दलित समुदायलाई ग्याँस चुल्होसहित भरिएको सिलिण्डर बितरण गरेको छ । लक्षित वर्गका सदस्यको घरलाई धुँवारहित बनाउन गाउँपालिकाले चुल्हो र सिलिण्डर वितरण गरेको हो ।
नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले इथोपियामा एथलेटिक्स प्रशिक्षणको अवसर पाउनुभएको छ । सन्तोषीलाई ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले ३५ दिने प्रशिक्षणको छात्रवृत्ति प्रदान गरेको हो ।
कृषि जैविक विविधतालाई सन्तुलन राख्न किराहरुको महत्वपूर्ण भूमिका रहने भन्दै बाँकेमा किरासंरक्षण अभियानका लागि जिन बैंक सञ्चालनमा ल्याइएको छ । बाँकेको कोहलपुर नजिक गाभर सामुदायिक होमस्टेमा सामुदायिक जिन बैंक सञ्चालनमा आएपछि हराउदै गएका किराहरु देखिन थालेका छन् ।
हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।
लिनिङ्ग १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
कपिलवस्तुमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय हाताभित्र विभिन्न प्रजातिको बिरुवाको वृक्षारोपण गरिएको हो ।
पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा चालकसहित ४९ जना घाइते भएका छन्। पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो।
विभिन्न जातीय परिकार बनाउने र परम्परागत भान्सामा पाक्ने पकवान बनाउन जान्नेको अभाव खड्कन थालेको छ। आधुनिक खानाका परिकारमात्र होटल तथा रेष्टुरेन्टमा पाइने गरेकाले पछिल्लो समयमा परम्परागत खाद्यान्नका परिकार हराउँदै गएको पाइएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ ।
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध तीनवटा संस्थाको एकसाथ समिति गठन गरिएको छ। पेसागत महासङ्घ नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नयाँ समिति गठन गरिएको हो ।