• ५ जेठ २०८१, शनिबार

विद्यालय व्यवस्थापन समिति भङ्ग नगर्न आदेश

blog

काठमाडौँ, भदौ १४ गते । सर्वोच्च अदालतले विद्यालय व्यवस्थापन समिति भङ्ग गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । 

संवैधानिक इजलासले निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चका प्रवक्ता विमल पौडेलले रिटमा अन्तरिम आदेश जारी भएको बताउनुभयो । 

प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्लको इजलासले अन्तरिम आदेश जारी गरेको हो । 

महानगरले असार ३० गतेको नगर सभाबाट मातहतका सामुदायिक विद्यालयका व्यवस्थापन समिति भङ्गको निर्णय गरेको थियो । समिति भङ्ग गरेर सम्बन्धित वडाका वडाध्यक्षलाई नै पदेन अध्यक्ष बनाउने निर्णय महानगरले गरेको थियो ।

महानगरको उक्त निर्णयको सामुदायिक विद्यालयले भने विरोध जनाएका थिए । उक्त निर्णयविरुद्ध हितकरवीरसिंह कंसाकारसमेतले महानगरलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । भदौ ६ गते रिट दर्ता भएको थियो ।