नेकपा (एमाले) को सचिवालय बैठक सिरहाको धनगढी नगरपालिका-४ सर्रे अम्बासमा बसेको छ। बैठकले विशेष प्रस्ताव पारित गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनविरुद्ध काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ ।
भेपमा सुन लुकाएर भएको तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र पाकिस्तान बीचको क्रिकेट प्रतियोगिता हेर्दै हुनुहुन्छ ।
यतिबेला साँझ पर्नेबितिक्कै जनकपुरधामका मठमन्दिरमा बर्खा ऋतुमा गाइने लोकगीत कजरी गुञ्जिएको छ । झुला पर्वका अवसरमा यहाँका मठमन्दिरमा कजरीसँगै पावस, मल्हार, बारहमासा र झुलाजस्ता लोकगीत गाउने चलन छ ।
लामो समय वामपन्थी आन्दोलनमा रहनुभएका नेता तथा कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) मा समाहित हुनुभएका छन् ।
एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले पाकिस्तानविरुद्ध राम्रो बलिङ गरेको छ । मुस्तान क्रिकेट रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले तीन विकेट गुमाइसकेको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना कार्यान्वयन प्रारम्भ भएको छ ।
१० वर्षे जनयुद्धका क्रममा बेपत्ता पारिएकाहरूको पहिचान नहुँदा अवसरबाट वञ्चित भएको गुनासो गरेका छन् । तुलसीपुर उपमहानगरपालिका र नेपाल रेडक्रस सोसाइटी दाङले आज आयोजना गरेको कार्यक्रममा पीडित परिवारका सदस्यले सो गुनासो गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) स्वाभाविक ढङ्गले कार्यान्वयन हुने बताउनुभएको छ।
कुलाम्ह देवतालाई विभिन्न धार्मिक क्षेत्रको दर्शन तथा गंगास्नान गराएर पवित्र बनाइ पूजाआजा गरिएको छ ।
सरकारले बिपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको कार्यकारी निर्देशक पदमा डा. सनतकुमार शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ
जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सामाजिक सञ्जालमा चरित्रहत्याको दुष्प्रयास भएको भन्दै साइबर ब्युरोमा जाहेरी दिनुभएको छ ।
देशमा शान्ति स्थापना भएको १७ वर्ष बितिसक्दा पनि न्याय नपाएको द्वन्द्वपीडितहरूले गुनासो गरेका छन् । शान्ति स्थापनाका क्रममा बेपत्ता पारिएका व्यक्तिका विषयमा अहिलेसम्म पनि सरकार बेखबरजस्तो बनेको उनीहरूको आरोप छ ।