नेपालकी चर्चित एथलेटिक्स धाविका सन्तोषी श्रेष्ठले इथोपियामा एथलेटिक्स प्रशिक्षणको अवसर पाउनुभएको छ । सन्तोषीलाई ग्लोबल स्पोर्ट्स कम्युनिकेसनले ३५ दिने प्रशिक्षणको छात्रवृत्ति प्रदान गरेको हो ।
कृषि जैविक विविधतालाई सन्तुलन राख्न किराहरुको महत्वपूर्ण भूमिका रहने भन्दै बाँकेमा किरासंरक्षण अभियानका लागि जिन बैंक सञ्चालनमा ल्याइएको छ । बाँकेको कोहलपुर नजिक गाभर सामुदायिक होमस्टेमा सामुदायिक जिन बैंक सञ्चालनमा आएपछि हराउदै गएका किराहरु देखिन थालेका छन् ।
हेटौँडा अस्पतालको नवनिर्मित भवनको राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्नुहुने भएको छ । सङ्घीय सरकारको बजेटमा निर्माण भएको ७० शैयाको नयाँ भवनको मङ्गलबार राष्ट्रपति भण्डारीले उदघाटन गर्ने कार्यक्रम तय भएको अस्पातल व्यवस्थापन तथा सञ्चालन समितिले जनाएकोछ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ ।
लिनिङ्ग १२औँ पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगितामा पुरुष एकलतर्फको उपाधि नेपाल पुलिस क्लबका प्रिन्स दाहालले जित्नुभएको छ ।
कपिलवस्तुमा ७३ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरसफाइ तथा वृक्षारोपण गरिएको छ । जिल्ला प्रहरी कार्यालयको अगुवाइमा जिल्ला प्रहरी कार्यालय हाताभित्र विभिन्न प्रजातिको बिरुवाको वृक्षारोपण गरिएको हो ।
पोखराको लेखनाथस्थित डाँडाकोनाक प्रहरी चौकी अगाडि बस दुर्घटना भएको छ। आइतबार दिउँसो भएको दुर्घटनामा चालकसहित ४९ जना घाइते भएका छन्। पोखरा विश्वविद्यालयबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ६७४७ नम्बरको लेखनाथ मिनी माइक्रो बस दुर्घटनामा परेको हो।
विभिन्न जातीय परिकार बनाउने र परम्परागत भान्सामा पाक्ने पकवान बनाउन जान्नेको अभाव खड्कन थालेको छ। आधुनिक खानाका परिकारमात्र होटल तथा रेष्टुरेन्टमा पाइने गरेकाले पछिल्लो समयमा परम्परागत खाद्यान्नका परिकार हराउँदै गएको पाइएको छ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले प्रा.डा. सूर्यराज आचार्यको संयोजकत्वमा पूर्वाधार तथा प्रशासनिक विज्ञहरू सम्मिलित पूर्वाधार विकास प्रणाली सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ ।
ताप्लेजुङमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध तीनवटा संस्थाको एकसाथ समिति गठन गरिएको छ। पेसागत महासङ्घ नेपाल, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपालको नयाँ समिति गठन गरिएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक लाखभन्दा बढी कतारी रियालसहित टर्कीस् नागरिक पक्राउ परेका छन् ।
सभामुख देवराज घिमिरेले संसद्को ध्यान ऐन, कानुन बनाउनेतर्फ जान नसकेको बताउनुभएको छ ।
राष्ट्रिय समाचार समिति (रासस) ले गोरखापत्र संस्थानलाई उत्कृष्ट सेवाग्राही सम्मान प्रदान गरेको छ।
इजरायलले आज बिहान यहाँ गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ भने एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुघनप्रसाद सिंहले देश र जनताको हितका लागि पत्रकारले कलम चलाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय समाचार समिति मधेश प्रदेशले आफ्नो ६२ औँ वार्षिकोत्सवको अवसरमा आइतबार जनकपुरधाममा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।