बजेट अभावका कारण आवश्यक भौतिक संरचना र पूर्वाधार निर्माण हुन सकेको छैन ।
सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ ।
सुर्खेतमा शिवशिखर सहकारी संस्थाबाट ठगिएका पीडित नागरिकहरू प्रहरी कार्यालय धाउन थालेका छन् । सहकारीमा पैसा बचत गरेका नागरिकहरू अहिले लामो समयदेखि सहकारी बन्द भएपछि निरास छन् । सहकारी सञ्चालकहरु फरार रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार बिहानैदेखि मौसम खुल्न नसकेका कारण विमान दुई घण्टा काठमाडौंमै होल्ड गरेको तर मौसम सुधारमा सम्भावना नदेखिएकाले उडान रोकिएको हो ।
तनहुँमा विभिन्न बीमा कम्पनीमार्फत पशुधन सुरक्षण (बीमा) को सुविधा प्रदान गरेसँगै कृषकको यसतर्फ आकर्षण बढेको छ । भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत जिल्लामा रू १३ करोड १८ लाख ८५ हजार मूल्य बराबरका पशुको बीमा गरिएको छ ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलले प्रदेशमा बाल सुधार गृहको अभाव खड्किएको बताउनुभएको छ ।
नेपाल–चीन सीमास्थित तातोपानी नाकामा आठ वर्षपछि मानिसकाे आवतजावत सुरु भएको छ । आज लिपिङस्थित मितेरी पुलबाट नेपाली अध्यागमन कार्यालयको पास लिएका सिन्धुपाल्चोकका बासिन्दा चिनियाँ सुरक्षाकर्मीलाई जाँच गराएर चीनतर्फ प्रस्थान गरेका छन् ।
“पुस्तकालयको खोजी गर्नुभन्दा रमाइलो केही छैन ।” बेलायती कवि वाल्टर सभेज ल्याण्डरले भने झैँ आफूले पढ्न चाहेको पुस्तकको प्यास मेट्नका लागि पुस्तकालयमा धाउनुको बेग्लै आनन्द हुन्छ ।
भक्तपुरको पर्यकीय स्थल नपुखु पोखरीमा वाटर साइकलमा रमाउँदै आन्तरिक पर्यटक
सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. तीन सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु एक लाख १२ हजार आठ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु एक लाख १२ हजार पाँच सय निर्धारण गरिएको छ ।
पर्वतको मोदी गाउँपालिका–७ राम्जादेउरालीमा चितुवा मृत भेटिएको छ । राम्जादेउरालीस्थित गौतम कूल मन्दिर नजिकै धानखेतमा आज चितुवा मृत फेला परेको हो ।
प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व सापारु (गाईजात्रा) आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।
जिल्ला भेटेरेनरी पशुसेवा कार्यालय उदयपुरका प्रमुख रामनारायण साहका अनुसार जिल्लाका आठ पालिकामा हालसम्म लम्पी स्किनविरुद्ध १५ हजार डोज औषधि १५ हजार पशुलाई लगाइसकिएको र सोमध्ये ९५ प्रतिशत गाईगोरुमा तथा बाँकी पाँच प्रतिश भैँसीमा खोप लगाइएको हो ।
कङ्गोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डिआरसी) मा बुधवार संयुक्त राष्ट्रसङ्घ विरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ५० जनाको मृत्यु भएको बताइएको छ ।
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बिहीबार घरेलु टिम मलेसियालाई नाटकीय रूपमा पाँच रनले हराएर विजयी सुरुवात गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा ८४ रन मात्र बनाएको थियो । मलेसियाले लक्ष्य पछ्याउने क्रममा २० ओभरमा नौ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो । नेपालले गत हप्ता चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा मलेसियासँग हार बेहोरेको थियो । त्यसैले यो जित बदला पनि भएको छ ।