पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि पशुपतिनाथ आएका साधुसन्तलाई वरिष्ठताका आधारमा रुद्राक्षको मालासहति पाँच सयदेखि आठ हराजसम्म दक्षिणा दिएर बिदाइ गरिएको हो ।
भारत सरकारले नेपाल सरकारलाई मिर्गौला डायलाइसिस मेसिन सहयोग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहबीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गर्नुभएको हो ।
पोखरा विश्वविद्यालयको अठारौं दीक्षान्त समारोह सुरु भएको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा सोमबार मध्याह्नदेखि दीक्षान्त समारोह सुरु भएको हो ।
‘हामीले स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ ?’ १२ वर्षदेखि यस्तै प्रश्न गरिरहेका छन् सिद्धिचरण राजमार्ग मिर्चैया–कटारी–घुर्मी सडकखण्डका नागरिक । उदयपुरको कटारी नगरपालिका–८ निवासी लक्ष्मी तामाङले पनि त्यही प्रश्न दोहो¥याउनुभयो, “स्वच्छ श्वास फेर्न कहिले पाउँछौँ रु उहाँले गुनासो गर्दै भन्नुभयो, “आँगनका कपडा, भान्साको खाना धुवाँ धुलोबाट जोगाउनै मुस्किल छ ।”
लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गर्नुभएको छ । मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गर्नुभएका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज (सोमबार) प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनुभएको हो ।
तनहुँका सात वटा पालिकामा हालै मात्र राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न भयो । राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताअन्तर्गत भलिबल, हाइजम्प, लङजम्प, दौडलगायतका विधामा खेलाडीले सहभागिता जनाए ।
कर्णाली प्रदेशमा सन् २०२२ मा ४९६ वटा मानवअधिकार उल्लङ्घनका घटना भएका छन् । मानवअधिकार संस्था इन्सेकको तथ्याङ्क अनुसार देशभर मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा सात हजार ३७६ जना पीडित भएकोमा कर्णालीमा ४९६ जना पीडित भएका छन् ।
ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ।
महाशिवरात्रि पर्व २०७९ का लागि पशुपतिनाथ आएका साधुसन्तको आज बिदाइ गरिने कार्यक्रम तय गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।
ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।
सोमबार औँ;L परेका दिन बिहान उठेर नबोलीकन स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई वर्षमा दुईदेखि तीनपटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ ।
सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा राष्ट्रपति निर्वाचन सम्बन्धमा छलफल हुदैछ ।
प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पूर्ण बहुमत कसैको नभए पनि प्रदेश सरकार पाँच वर्ष टिक्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउनु भएको छ ।