लमही नगरपालिका–७, हस्नापुर निवासी मधु गिरीले एक बिघा धान खेती गर्ने जग्गामा व्यावसायिक कागती खेती सुरु गर्नुभएको छ । दुई वर्षअघि धान खेती गर्न छोडेर कागती खेतीमा लाग्नुभएका गिरीले अहिले कागती खेतीबाट राम्रो आम्दानीसमेत लिँदै आउनुभएको छ । धान खेतीका सधैँजसो मलको समस्या हुने र सिँचाइका लागि सुविधासमेत नहुँदा भने जस्तो धान उत्पादन नहुने भएपछि व्यावसायिक कागती खेती गर्न थालेको गिरी बताउनुहुन्छ ।
वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा काम गर्न जाने श्रमिकका लागि तालिम दिन चाहने संस्थासँग निवेदन माग गरेको छ । विभागले केयर गिभर तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक संस्थाका लागि विभागले अनुमति लिन १५ दिनको समय दिएर निवेदन माग गरेको हो । जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनुपर्ने सर्त राखिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्युचर इनोभेसन ल्याबले संयुक्त रूपमा सो परियोजना सञ्चालन गर्ने भएको छ । नार्कले शुक्रबार एक कार्यक्रमको आयोजना गरी ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ परियोजनाका बारेमा जानकारी गराएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ। १६ औँ पुस्तकालय दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पुस्तकालय भवन निर्माणमा देखिएको अड्चनलाई हटाएर निर्माण कार्यलाई अगाडि बढाइने बताउनुभयो। सरकारले दुई वर्षअघि नै राष्ट्रिय पुस्तकालय भवन जमलमा निर्माण गर्ने घोषणा गर्दै त्यसको डिजाइन र टेन्डरसमेत आह्वान गरिसकेको थियो। डिजाइनमा सामान्य त्रुटि देखिएको र ठेकेदारसँगको मिलेमतो भएको जनाउँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अन्तिममा आएर टेन्डर रद्द गरेको थियो।
नेकपा (एमाले) प्रतिनिधि सभा सचेतक महेशकुमार बर्तौलाले संसदमा सांसदहरुले उठाएका विषयमा सरकारले सुनुवाई नगर्ने प्रवृत्ति बढ्दैगएको बताउनुभएको छ ।
कालीकोटको रास्कोट नगरपालिकाले एक करोड लगानीमा निर्माण गर्दैगरेको थोपा सिंचाइँ आयोजना अलपत्र परेको छ । वडा ९ को ताम्ती, वालुखेत र फुकोट वस्तीको ४२ हेक्टर जमिनलाई सिंचाइँ दिने उद्देश्यका साथ स्थानीय सरकारले निर्माण कार्य सुरु गरेको थोपा सिंचाइँ आयोजना अलपत्र पारिएको हो ।
बागमती प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयले प्रकाशित गरेको पुस्तक शुक्रबार सार्वजनिक भएको हो। बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री मन्त्री गङ्गानारायण श्रेष्ठ, सचिव ध्रुव गैडा, सञ्चार रजिष्टार रेवती सापकोटा र वरिष्ठ पत्रकार रामकृष्ण रेग्मीले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभएको हो।
तनहुँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । घिरिङ गाउँपालिका –३ ग्याजामा सोही ठाउँ बस्ने बर्ष ६८ को पदमबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
गाईजात्राको भोलिपल्ट मनाइने रोपाइँ जात्रा धनकुटामा धुमधानसँग मनाइएको छ । असार र साउनको रोपाइँ गरेर अब त बाँचियो भनेर मनोरञ्जनका लागि कृत्रिम रोपाइँ मनाउने चलन रहेको नेवा दे दबु धनकुटाका नगर अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो ।
कपिलबस्तु जिल्ला प्रशासन कार्यलयले तीजलाई लक्षित गर्दै तडकभडकपूर्ण कार्यक्रम नगर्न अनुरोध गरेको छ । शुक्रबार सूचना जारी गर्दै प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शंकरहरि आचार्यले तीजमा परम्परा, सामाजिक रीतिरिवाजलाई निरन्तरता दिने तथा सम्बद्र्धन गर्ने बाहेकका कार्यक्रम नगर्न अनुरोध गर्नुभएको हो ।
विपिन कार्की अभिनित फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ
गोरखापत्रकर्मी विश्वास रेग्मी नेपाल आर्थिक पत्रकार समाज (सेजन) को महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ । रेग्मी सेजनको २५ औँ साधारणसभाबाट निर्विरोध निर्वाचित हुनुभएको हो ।
एक महिना अघिसम्म मूल्य नपाएको गुनासो गर्दैआएका मकवानपुरको थाहा नगरपालिका ७ र ८ का किसानले अहिले मुलामा राम्रो मूल्य पाएपछि दंग परेका छन् ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा नं. ९ को चित्लाङमा यो वर्ष हिले जात्रा आयोजना गरिएको छ ।