साउन सकिनै लागेको बेला लगातार तीन दिन झरी पर्यो । मसान्तको दिन पनि पानीले आँखा उघारेकै थिएन । मध्याह्न १२ बजेतिर ‘लियो बाबु’ स्याहार्दै हुनुहुन्थ्यो कल्पना नेपाली । लियो भने घरी दौडिँदै कुनामा पुग्थ्यो, घरी एकै सासमा छेउमा आइपुग्थ्यो । बच्चाले आमाको औँला चुसे झैँ कल्पनाको औँला लियोले चुस्थ्यो । कल्पनाका श्रीमान् प्रकाश नेपाली लियोको खाना लिएर आइपुग्नुभयो, खान पाएपछि लियो कुनातिर दौडियो । ‘लियो बाबु’ आठमहिने चितुवा हो । यसलाई नवलपरासीबाट गत साउन १६ गते कास्कीको पचभैया प्राणी उद्यान केन्द्रमा ल्याइएको थियो । लियोलाई आफ्नै बच्चा जस्तै माया गर्नुहुन्छ कल्पना । लियो प
स्थानीय तहको दोस्रो निर्वाचन भएको १५ महिना पूरा भएको छ । यस अवधिमा काठमाडौँको तारकेश्वर नगरपालिकामा विकास निर्माणका साथै व्यवस्थित र प्रविधिमैत्री सेवा प्रवाहको थालनी भएको छ ।
मन र मस्तिष्कबाट नै हरेक मानिसको स्वभाव, कर्म र जीवनशैली निर्देशित हुन्छ । मनले खराब विचार, असल विचार के गर्ने हो, त्यसका लागि मस्तिष्कलाई घच्घच्याउँछ । विज्ञान र अध्यात्म दुवैले विविध प्रकारका मनको चर्चा गरेका छन् । विज्ञानले चेतन, अचेतन, अर्धचेतन मनको चर्चा गरेको छ । शास्त्र अर्थात् अध्यात्मले पनि विविध प्रकारका मनको चर्चा गरेको छ । पूर्वीय शास्त्रले मनलाई उच्च प्राथमिकता दिएको छ । मनको सक्रियताबिना मानव चल्नै नसक्ने बताएको छ । हुन पनि मनलाई मुटुसँग जोडेर हेर्ने हो भने मुटु नचले मानिस पनि चल्दैन । मानिसको शरीर एउटा मुढो बराबर हुन्छ ।
गिद्ध भन्नेबित्तिकै हामी फोहोरी, घिनलाग्दो, भद्दा र अपशकुन चरा हो भन्ने बुझ्छौँ । अझ गिद्धलाई छुनु हुँदैन, यदि गिद्धले छोयो अथवा नजिकबाट नाघ्यो भने स्वस्तिशान्ति गर्नु पर्छ भन्ने खालका मान्यताहरू दशक अघिसम्म व्यापक रूपमा थिए । ‘गिद्धे दृष्टि’ भनेर खराब र हिंस्रक नजरलाई इङ्गित गर्छ । यी सबै एक निर्दोष प्राणीमाथि हामीले थोपरेको दोष र गलत सोच मात्र हो । गिद्धले बरु मरेका जनावरको सिनो र फालेको मासुजन्य फोहोर पदार्थ खाई हाम्रो वरपरको वातावरणलाई प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाएर मानव समुदायलाई नै सहयोग गरिरहेको हुन्छ । गिद्ध त यस धर्तीलाई सफासुग्घर राख्ने ‘प्रकृतिको कुचिकार’ हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा डायलासिस सेवा सुरु गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ वटा डायलासिस मेसिन उपलब्ध गराएको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले डायलासिस सेवा शुभारम्भ गर्दै प्राथमिकताका आधारमा अस्पताललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैतडीको सतबाँझस्थित सुक्खा फलफूल विकास केन्द्रको नर्सरीमा बिउका लागि ४५ हजार ओखरको दाना रोपिएका छन्। ओखरको बिजु बिरुवा उत्पादनका लागि दाना राख्ने कार्य सुरु भएको हो। विसं २०१९ मा स्थापना भएको सतबाँझ बागवानी कुनै बेला रेड डेलिसियस नामको स्याउका लागि प्रसिद्ध थियो। जलवायु परिवर्तनलगायतका कारणले रेड डेलिसियस स्याउ फल्न छाडेपछि बागवानीको नाम फेरी सुक्खा फलफूल विकास केन्द्र राखिएको जनाइएको छ। अहिले यहाँ हिउँदे फलफूलका बिरुवाको नर्सरी स्थापना गरिएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश प्रहरी ऐन बनाएको एक वर्ष बितेको छ। २०७९ साल भदौमा बनेको सो ऐन कार्यान्वयनमा नआउँदा कानुनी रूपमा प्रदेश सरकारसँग प्रहरी नै छैन। आफूमातहत प्रहरी नहुँदा केन्द्र सरकारको सुरक्षा संयन्त्र अवलम्बन गर्नुपर्ने बाध्यता छ। सो ऐनको परिच्छेद १ को खण्ड १ को (२) मा लेखिएको छ, “यो ऐन प्रदेशभर तुरुन्त प्रारम्भ हुने छ।” त्यस्तै प्रदेश निजामती सेवा ऐन बनेको पनि एक वर्ष बितिसक्यो। तुरुन्त प्रारम्भ हुने लेखिएको यो ऐन पनि कागजी खोस्टोका रूपमा मात्रै छ।
कोशी गाउँपालिका–३, सरदार बस्तीका कमली सरदारले कोशीटप्पु सिमसारको पटेरबाट गुन्द्री बनाएर जीविकोपार्जन गर्दै आउनुभएको छ । आधुनिक बजारमा सजिलै पाइने प्लास्टिकका गुन्द्री र म्याट
पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ। च्याउ खेती गर्ने कृषक मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्। कावासोती नगरपालिका–८ मा रहेको पर्वत सेन ठकुरी कृषि फार्मका सञ्चालक ६० वर्षीय टीकाप्रताप सेन ठकुरी विगत तीन वर्षदेखि च्याउ खेतीमा नै रमाउनुभएको छ। उहाँको दैनिकी च्याउ बिक्रीवितरणमा बित्ने गरेको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले स्रोत सुनिश्चित नगरी विकास निर्माणका कामको ठेक्का लगाउँदा थुप्रै योजना अलपत्र अवस्थामा पुगेको बताउनुभएको छ । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकको सातौँ जिल्ला अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले स्रोत सुनिश्चित नभई ठेक्का लागेका र बिचैमा काम अलपत्र पर्ने कुरालाई निराकरणका लागि योजनाको प्राथमिकीकरण गरी योजनाहरूको काम अघि बढाउनुपर्नेमा जोड दिनुभयो । “योजनाको प्राथमिकीकरण नगरी कतिपय कार्यक्रमहरू सञ्चालन गर्दा पहिलो वर्ष काम हुने, अर्को वर्षका लागि बजेट सुनिश्चित नहुँदा योजना अलपत्र पर्ने क्रम बढेको छ, यसलाई निराकरण गर्नका लागि तीनै तहको
नेपाल बैङ्क लिमिटेडले एसियाली विकास बैङ्कसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । बैङ्कले एसियाली विकास बैङ्क (एडिबी) सँगको ट्रेड एन्ड सप्लाई चेन फाइनान्स कार्यक्रम अन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीय आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पु-याउने अपेक्षा गरिएको छ । २०२२ मा एडिबी टिएससिएफपीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारमार्फत ७.७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू रहेको बताइएको छ ।
‘२० औँ डाबर वाटिका तिज फेस्टिभल सिर्जनशील महिला उद्यमी मेला २०८०’ सुरु भएको छ । महिला सिर्जनशील केन्द्रको आयोजनामा नजिकिँदै गरेको तिजलाई लक्षित गरेर दरबारमार्ग स्थित होटेल अन्नपूर्ण होटलमा महिला उद्यमी मेला सुरु भएको हो । शुक्रबारदेखि सुरु भएको मेलामा बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार र माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले संयुक्त रूपमा मेलाको उद्घाटन गर्नुभएको थियो ।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लहानस्थित प्रादेशिक अस्पतालको नामकरणमा दाता परिवारको नाम जोडिने र सय श-याको अस्पतालमा स्तरोन्नति गरिने बताउनुभएको छ । लहान नगरपालिकाका नाग
सडक विस्तारको काम भइरहेको पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा–मुग्लिन सडकखण्डमा ट्रकका लागि छुट्टै लेन निर्माण गरिने भएको छ । गह्रौँ मालसामान बोकेका ट्रक छिटो गुड्न नसक्ने र अन्य सवारीसाधन तिनलाई उछिनेर जान समस्या हुने भएपछि ट्रकका ला
यस वर्षको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा. अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ। महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी डा. उप्रेतीले नेपाली रैथाने खानाको प्रवर्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्ने कुरामा समेत नागरिक चेतना जगाउँदै आउनुभएको छ। नेपानको २९ औँ वार्षिक साधारण सभाको अवसर पारेर भदौ २३ गते शनिबार काठमाडौँमा उहाँलाई उक्त पुरस्कार अर्पण गरिने नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीले बताउनुभयो। पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ।