अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा आवश्यक पर्ने रासायनिक मल खरिदका लागि थप ७ अर्ब ५० करोड रुपियाँको स्रोत सुनिश्चित गरेको छ । रासायनिक मल खरिदका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयले गरेको प्रस्तावमा अर्थ मन्त्रालयले सो स्रोतमा सहमति दिएको हो ।
बाँकेको पर्यटन कार्यालयका तत्कालीन कार्यकारी निर्देशक दीपकबहादुर बुढाथोकीसहित ६ जनाविरुद्ध एक लाख ५६ हजार ५५३ रुपियाँ भ्रष्टाचार आरोपको मुद्दा दायर भएको छ ।
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब कांग्रेस नवीनतम तरिकाले अघि बढ्नुपर्ने बताउनुभएको छ । सोमबार पश्चिम सुर्खेतको पञ्चपुरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो पटक सबैभन्दा ठूलो पार्टी भएर पनि सत्तामा आफ्नै कमजोरीका कारण पुग्न नसकेको उहाँले बताउनुभयो ।
गुल्मीको मदाने गाउँपालिकाद्वारा सञ्चालित अध्यक्ष कप भलिबलको उपाधि पुरुषतर्फ वडा नं. १, अग्लुङ्ग र महिलातर्फ पुर्कोटदहले वडा नं. ६ ले जितेको छ ।
वर्षाका बेला बाढीले सवारी साधन र मानिस बगाउने कोइली नदीमा पुल निर्माणको काम तीव्ररुपले भइरहेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका –७ र ९ जोड्ने कोइली नदीमा पुल नहुँदा धेरैको ज्यान गइसकेको छ ।
चर्च ब्वाइज युनाइटेड झापाको चन्द्रगडीमा जारी प्रथम भद्रपुर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार भएको खेलमा चर्च ब्वाइ नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो ।
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राईले सहकारीका माध्यमबाट नागरिकको गरिबी घटाउन सकिने बताउनुभएको छ । सहकारीको माध्यमबाट सदस्यलाई आर्थिक उपार्जनमा लगाएर आर्थिक स्रोतमार्फत गरिबी हटाउन सकिने उहाँले बताउनुभएको हो ।
ललितपुर महानगरले महानगरभित्र रहेका आर्थिक, धार्मिक र पौराणिक दृष्टिले महत्त्वपूर्ण वनस्पतिहरूको व्याख्या गरिएको पुस्तक प्रकाशित गरेको छ ।
इलामको रोङ गाउँपालिकाको हासपोखरी–कुट्टीडाँडामा अवस्थित बहिनी पाथीभरा मन्दिरमाको संरक्षण र प्रवर्धनको जिम्मा नयाँ समितिलाई दिइएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कर्मचारीहरू काममा भन्दा बढी राजनीतिक गतिविधिमा क्रियाशील भएको पाइए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले देशको आर्थिक समृद्धिको ठूलो खम्बा पर्यटन क्षेत्र भएकाले यसको प्रवर्द्धन र विकासमा सबै सक्रिय भएर लाग्नुपर्ने बताउनुभएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २३ दशमलव ६० अङ्कले ओरालो लागेर दुई हजार ४६ दशमलव ८१ मा सीमित भएको छ ।
नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक केन्द्रीय कार्यालयमा जारी रहेको छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले पदाधिकारी बैठक जारी रहेको जानकारी दिनुभयो ।
नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक रेवती नेपालले राष्ट्र बैङ्कले लघुवित्तबाट एउटै व्यक्तिले धेरै ऋण लिन नपाउने प्रावधान ल्याउन लागेको बताउनुभएको छ ।
बङ्गलादेशले प्रमुख प्रतिपक्षी दलको पत्रिका बन्द गरेको छ । बङ्गाली भाषामा छापिने ठूलो आकारको दैनिक दिनकल पत्रिकामाथि सरकारले निलम्बनको आदेश दिएपछि प्रकाशन बन्द भएको हो । सरकारको यो कदमबाट बङ्गलादेशमा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लागेको छ ।