प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले नेपाल विश्वकै सुन्दर मुलुकहरुको सूचिमा सबैभन्दा अगाडि हुने सम्भावना बोकेको देश भएको बताउनुभएको छ ।
नेकपा (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले चीनको सद्भावनापूर्ण भ्रमण गर्नेभएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अरनिको राजमार्ग विस्तारकोे लागि बजेट अभाव नहुने जानकारी दिनुभएको छ । सो सडक हाल छ लेनमा विस्तार भइरहेको छ ।
शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले नेपाल राष्ट्रिय पुस्तकालय निर्माण कार्यलाई निर्वाध ढङ्गले अगाडि बढाउन पहल थाल्ने बताउनुभएको छ ।
नेपाल विद्युत प्राधिकरणले शनिबार काठमाडौं र ललितपुरका विभिन्न स्थानमा दिनभर विद्युत अवरुद्ध हुने जनाएको छ ।
धादिङको धुनीबेंसी नगरपालिका–७ मा पर्ने गुर्दुम गाउँ मध्यबर्खाको समयमा पनि खानेपानीको समस्या छ । यो गाउँ धुनीबेंसी लेकको नामले पनि परिचित छ ।
नेपाल वायुसेवा निगमले अब भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतको बैंग्लोर उडान गर्ने भएको छ ।
सुनसरीको रामधुनी नगरपालिका –८ स्थित पौडेल चौकमा भदौ १२ गते ३५ वर्षीया केशीदेवी यादवमाथि सार्वजनिक बाटोमा निर्घात कुटपिट गरी घाइते भएकाले पीडितलाई नगरपालिकाले सहयोग गर्नेभएको छ ।
नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले चीनले जारी गरेको नयाँ नक्साका बारेमा कूटनीतिक माध्यमबाट कुरा गर्नुपर्ने बताउनुभएको छ ।
सिन्धुली जिल्लाको मरिण गाउँपालिकामा हालैको बाढी पहिरोबाट क्षतिग्रस्त बनेको विकासका पूर्वाधार जनश्रमदानबाटै मर्मत गर्न सुरु गरिएको छ ।
अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान होलेन आज काठमाडौं आइपुग्नु भएको छ ।
एटलान्टाको फुल्टन काउन्टीका एक न्यायाधीशले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँसँगै अभियोग लागेका अन्य १८ जनाकोे अदालती कारवाही टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिने बताएका छन् ।
नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिको सम्झनामा 'ताराली' (तायमचा) निकालेका छन् ।
कोशी प्रदेश सरकार गठनको विवादविरुद्धको मुद्दा सर्वोच्च अदालतले ‘हेर्न नमिल्ने’ सूचीमा राखेको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले उक्त मुद्दा हेर्न नमिल्ने सूचीमा राखेको हो ।
धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन् । उद्योगबाट निस्कने धुवाँ, धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन् ।