सन्तान उत्पादन गर्नु सबै जीवको प्रमुख प्राकृतिक कार्य हो, जसलाई प्रजनन क्रिया भनिन्छ । जीवहरूमा दुई प्रकारका प्रजनन क्रिया पाइन्छ, भालेको शुक्राणु र पोथीको डिम्ब निषेचनपश्चात् बन्ने जाइगोटको वृद्धिबाट हुने मैथुनिक प्रजनन क्रिया र दुई प्रकारको कोषहरूको संयोजनबिना नै हुने अमैथुनिक प्रजनन क्रिया । मैथुनिक प्रजनन क्रियाका लागि दुई विपरीत लिङ्गको आवश्यक पर्छ भने अमैथुनिक प्रजनन क्रिया एक प्रकारको लिङ्गबाट नै सम्भव हुन्छ । साधारण निम्न जातिका जीव अमैथुनिक प्रजनन
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार ४८ जना प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। कार्यालयले सरुवाको सूचि सहितको सूचना सार्वजनिक गर्दै सरुवा भएको जानकारी गराएको हो ।
सबै च्याउ खानयोग्य हुँदैनन् । सञ्चार माध्यममा विषालु च्याउबाट मानिस बिरामी परेका र मृत्यु नै भएका समाचारले प्राथमिकताका साथ स्थान पाइरहेका छन् । पछिल्लो समयमा पाल्पा, मकवानपुर, रुकुम, दाङलगायत पहाडी जिल्लामा जङ्गली च्याउ सेवनबाट मानिस बिरामी मात्र होइन कि मृत्युसमेत भएका समाचार आइरहेका छन् । यसर्थ च्याउसम्बन्धी सचेतना फैलाउनु अपरिहार्य देखिन्छ ।
नेपाल विद्युत् प्राधिकरणले आज (शनिबार) दिनभर काठमाडौँ उपत्यकाका यी क्षेत्रमा दिनभर विद्युत् अवरुद्ध हुने जानकारी दिएको छ ।
१९०३ को कोत पर्वपछि नेपालमा राणाहरूको औपचारिक रूपमा सुरु भएको राणा शासनका बारेमा केवल खराब, नकारात्मक र क्रूर तथा तानासाही शासक भनेर पढाइयो । राणा र शाहहरूको आपसी टकरावले पनि पाठ्यक्रममा राणा शासनका पालाका नकारात्मक कार्य र परिणामहरू मात्र उल्लेख गरेको हुन सक्छ । शाहवंशीय राजपरिवारसँग पा
नेकपा (माओवादी केन्द्र) ले पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले आजदेखि देशभर ‘जनतासँग माओवादी’ विशेष रूपान्तरण अभियान सञ्चालन गर्दैछ ।
के दर्शनको बहस र चिन्तन पुरानै परिवेशभित्र मात्रै गरिने विषय हुन् भनेर विचार गर्दा नयाँ परिवेश र विषय पनि बहस र चिन्तनका लागि अपरिहार्य बन्ने गर्छन् तर हामी नवीन परम्परा प्रारम्भ गर्ने मानसिकतामा नहुनु चिन्ताको विषय हो । शासकीय दर्शनका रूपमा स्वराज्य, तìव चिन्तनका रूपमा द्वैतवाद तथा नयाँ परिवेशका रूपमा शान्ति दर्शन आज बहस र चिन्तनको आधारभूमि बन्न सक्दछन् ।
नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रवार एक सय २० जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरूको सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आज सरुवाको निर्णय सहित नामावली प्रकाशन गरेको हो ।
वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तनको असर कम गर्ने मुद्दामा सबैको सहकार्य जरुरी रहेको बताउनुभएको छ । राजधानीमा साथसाथै संस्थाले शुक्रबार आयोजना गरेको जलवायु परिवर्तनका चुनौती लैङ्गिक उत्तरदायी कार्यका लागि कुनै कार्ययोजना छ ? कार्यक्रममा बोल्दै मन्त्री महतोले पछिल्लो समय युवापुस्ताले जलवायु परिवर्तनका क्षेत्रमा देखाएको चासोको सराहना गर्नुभयो । उहाँले भन्नुभयो, “हामी रहौँला, नरहौँला तर जलवायु परिवर्तनका विषय हाम्रा सन्ततीका लागि चाहिने चिज हो ।”
नेपाल वायु सेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै बेङ्लुरू उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको निगमले गत मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर गन्तव्यमा पु-याउने सुविधा सुरु गरेको छ । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार भैरहवाबाट काठमाडौँसम्म यात्रुलाई निःशुल्क रूपमा उडाएर काठमाडौँ–बेङ्लुरूकै भाडादरमा उडान सुरु गर्न लागिएको हो ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित सुनुवार भाषा
लमही नगरपालिका–७, हस्नापुर निवासी मधु गिरीले एक बिघा धान खेती गर्ने जग्गामा व्यावसायिक कागती खेती सुरु गर्नुभएको छ । दुई वर्षअघि धान खेती गर्न छोडेर कागती खेतीमा लाग्नुभएका गिरीले अहिले कागती खेतीबाट राम्रो आम्दानीसमेत लिँदै आउनुभएको छ । धान खेतीका सधैँजसो मलको समस्या हुने र सिँचाइका लागि सुविधासमेत नहुँदा भने जस्तो धान उत्पादन नहुने भएपछि व्यावसायिक कागती खेती गर्न थालेको गिरी बताउनुहुन्छ ।
वैदेशिक रोजगार विभागले इजरायलमा केयर गिभरमा काम गर्न जाने श्रमिकका लागि तालिम दिन चाहने संस्थासँग निवेदन माग गरेको छ । विभागले केयर गिभर तालिमसम्बन्धी कार्यविधि २०७२ अनुसार यस्तो तालिम सञ्चालन गर्न इच्छुक संस्थाका लागि विभागले अनुमति लिन १५ दिनको समय दिएर निवेदन माग गरेको हो । जसमा केयर गिभरको तालिमका लागि आवेदन दिने संस्थाले अन्य तालिम प्रदान गरिरहेको भए नयाँ प्रयोजनका लागि भौतिक सामग्री र अन्य मापदण्डको अलग्गै व्यवस्था गरी विवरण खुलाउनुपर्ने सर्त राखिएको छ ।
समावेशीकरणको दिशामा एउटा फड्को : गोरखापत्रद्वारा प्रकाशित थामी भाषा
माटोमा लागेको विभिन्न रोगका कारण खाद्य सुरक्षामा चुनौती देखिएको भन्दै नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले माटोको सुरक्षाका लागि परियोजना सञ्चालन गरेको छ । नार्क अन्तर्गतको राष्ट्रिय बाली रोग अनुसन्धान केन्द्र र फिड दी फ्युचर इनोभेसन ल्याबले संयुक्त रूपमा सो परियोजना सञ्चालन गर्ने भएको छ । नार्कले शुक्रबार एक कार्यक्रमको आयोजना गरी ‘नेपालमा साना किसानहरूको जीविकोपार्जन र खाद्य सुरक्षा सुधार गर्न माटोबाट हुने रोगहरू न्यूनीकरण’ परियोजनाका बारेमा जानकारी गराएको छ ।