एसिया कप क्रिकेटमा बहुचर्चित प्रतिद्वन्द्वी चारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुँदैछ । श्रीलङ्काको कालेकेले इन्टरनेशनल क्रिकेट स्टेडियममा ३:१५ बजे सुरु हुने खेलमा दुवै टोली जितका लागि तयार छन् ।
कपिलवस्तुको जगदीशपुर तालमा जल उद्धार नमुना अभ्यास (सेमुलेशन) सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ ।
ललितपुर महानगरले कुस्तीस्थित चक्रपथमा लिफ्ट र शौचालयसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त आकाशे पुल अपाङ्गतामैत्री हुनेछ ।
बाँकेको राप्तीसोनारी–१ कुसुमस्थित सौरी गाउँमा नमुना सौरी डिपट्युवेल सिँचाइ योजना सम्पन्न भएपछि खेतीका लागि सो गाउँका बासिन्दाले आकाशे पानीको भर पर्नुपर्ने बाध्यता अन्त भएको छ । पानी पाउने भएपछि कृषक खुसी भएका छन् ।
जिल्लाको तानसेन–१२ गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
केही वर्ष पहिलेसम्म तनहुँको अधिकांश पाखोबारीमा लगाइने घैया धान लोप हुने अवस्थामा पुगेको छ । घैया धानको खेती कृषकले गर्न छोडेपछि बीउ नै मासिएर लोप हुन लागेको हो ।
जापानमा सन् १९२३ मा भएको महाकान्टो भूकम्पमा ज्यान गुमाएकाको सम्झना टोकियोमा स्मृति सभा आयोजना गरिएको छ ।
काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले कामनपाले चलचित्र क्षेत्रलाई प्राथमिकतामा राखेर योजना बनाएको बताउनुभएको छ ।
वासस्थानको अभावमा प्रकृतिको कुचीकार मानिने गिद्ध सङ्कटमा पर्दै गएको छ । पछिल्ला दशकमा मानवीय अतिक्रमणका कारण पोखरा र आसपासमा रहेका गिद्धका प्रमुख वासस्थान सङ्कटमा पर्दै गएका छन् ।
संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले शुक्रबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।
महेन्द्र पुस्तकालय नेपालगन्जको १८ औँ साधारण सभाको अवसरमा नेपालगञ्जमा साहित्यकारहरूलाई सम्मानित, पुरस्कृत र पुस्तक लोकार्पण गरिएको छ ।
सभामुख देवराज घिमिरेले एमसिसी र बीआरआईबाट नेपालले देशको हीत हुनेगरी लाभ लिन सक्नुपर्ने बताउनुभएको छ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हजारौँ सहिदको बलिदानकै कारण नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको बताउनुभएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वी सुर्खेतको धुलियाविट–भेडाबारी सडक खण्डको काम समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ ।
झापामा केही समयता डेंगुको सङ्क्रमणदर बढ्दो अवस्थामा रहेको बताइएको छ । साउन महिनायता झापामा डेंगुका कारणले चार जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।