• ३० वैशाख २०८२, मङ्गलबार

जिप दुर्घटना हुँदा ६ जना घाइते

blog

दुर्घटनाग्रस्त जिप । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, भदौ १६ गते । जिल्लाको तानसेन–१२ गाईघाटमा स्कार्पियो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार रुपन्देहीको सालझण्डीदेखि गुल्मीतर्फ आइरहेको बा १६ च  ४३७३ नम्बरको स्कार्पियो जिप ब्रेक फेल भई दुर्घटना हुँदा जिपमा सवार ६ जना घाइते भएको प्रहरीले जनाएको छ । 

घाइतेहरूको अहिले लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । स्कार्पियो जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

तीन दिनअघि पनि गाईघाट नजिकै जोर्तेमा स्कार्पियो जिपमाथि ढुङ्गासहितको पहिरो खस्दा तीन जनाको मृत्यु भएको थियो ।