काठमाडौँको फोहोर बिसर्जन हुँदै आएको बन्चरेडाँडा ल्यान्डफिल साइट क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान गर्न मागसहित त्यहाँका जनप्रतिनिधि र स्थानीयवासीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को ध्यानाकर्षण गराएका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले हवाई सेवा सञ्चालन ‘सर्टिफिकेट गाइडलाइन्स’को दशौँ संशोधन गर्दै नयाँ मापदण्ड तयार गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल शक्ति राष्ट्रहरुको प्रतिस्पर्धास्थल बनेको बताउनुभएको छ । नविन राप्रपा अन्तरक्रिया तथा बृहत पार्टी प्रबेश कार्यक्रममा उहाँले आज सो कुरा बताउनुभएको हो ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले ‘जनतासँग माओवादी विशेष रुपान्तरण’ तीनमहिने अभियानमा पार्टीको त्याग र बलिदानसहित पार्टीले जनताको पक्षमा गरेका कामबारे जनतालाई बुझाउने बताउनुभएको छ ।
नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालले गैर पत्रकारलाई पत्रकार महासंघको सदस्यता वितरण गर्ने काम भएको भन्दै नेपाल पत्रकार महासंघप्रति रोश प्रकट गर्नुभएको छ ।
मकवानपुरको मकवानपुरगढी दरवार परिसरमा लाग्ने मेलाको तयारी थालिएको छ । मकवानपुरगढी दरवार परिसरमा कृष्ण जन्माष्टमी, ठूलो एकादशी, तीज, फागू पूर्णिमा लगायतका पर्वमा जात्रा लाग्दै आए पनि कृष्ण जन्माष्टमीमा मेला भर्न आउने भक्तजनको भिड लाग्नेगरेको छ ।
सुदूरपश्चिमको विकट पहाडी जिल्ला बाजुराको बडीमालिका मन्दिर क्षेत्र चार हजार दुई सय मिटर उचाइमा अवस्थित छ। मन्दिर पुग्दासम्म बाटोमा पर्ने विशाल फाँटहरु, आँखाले नियाल्न नसकिने आकर्षक खेत छन्।
नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्न पार्टीलाई सशक्त रुपमा अघि बढाउने बताउनु भएको छ । आगामी निर्वाचन २०८४ पछि एमाले एक्लै बहुमतको सरकार बनाएर जनताको आकांक्षा पूरा गर्ने उहाँको भनाइ छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता हुने क्रममा नेपाली खेलाडीमा डोपिङलगायत अन्य व्यवहारिक पक्षमा पूर्ण जानकारी नहुँदा समस्या हुने गरेको छ ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू पार्टीको इतिहास र राजनीतिक एजेण्डाको तागतमा पछिल्लो पटक प्रधानमन्त्री बन्न सफल भएको बताउनुभएको छ।
नेपालको पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा पाइने चराका बारेमा पुस्तक प्रकाशन भएको छ । लामो समय घोडाघोडी सिमसार क्षेत्रमा पाइने चराहरूको अध्ययन अनुसन्धान गरेका तीन जना चरा संरक्षणकर्मीले पुस्तक प्रकाशन गर्नुभएको हो ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का स्थायी समिति सदस्य कुलबहादुर केसीले माओवादीको तीन महिने रूपान्तरण अभियानले पार्टी जनजनको मनमा स्थापित हुने बताउनुभयो।
गोरखा नगरपालिका–८ स्थित कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शङ्कास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको छ ।
चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ सफलतापूर्वक अवतरण गरेको एक सातापछि भारतले सूर्यको अध्ययन गर्न आज (शनिबार) आदित्य एल–१ अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ मुख्य नारासहित शनिबारबाट सुरु हुने नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ को पहिलो दिन अर्घाखाँचीका छ पालिकाका ६१ वडामा अभियान सुरुभएको छ ।