तराई मधेशका जिल्लामा फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ। जिल्ला स्वास्थ्य कार्यालय धनुषाले मंगलबार पत्रकारसँग अन्तरक्रिया गर्दै औषधि खुवाइने अभियानबारे जानकारी दिएको हो।
नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवम् पूर्वमन्त्री पम्फा भुसालले जनतालाई सरल र सहजरूपमा सेवा प्रवाहमा नेपाल राष्ट्रिय कर्मचारी सङ्गठनले उत्कृष्ट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गोरखापत्रले आफ्ना प्रकाशनहरूलाई थप परिष्कृत र पठनीय बनाउँदै लैजानुपर्ने बताउनुभयो।
राष्ट्रपति पदका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गरेको छ।
झापाको बिर्तामोडमा मङ्गलवार एक युवकले आत्मदाहको प्रयास गरेका छन् । बिर्तामोड नगरपालिका–७ का ३४ वर्षीय विजय चौधरीले दिउँसो साढे ४ बजे आफैँ शरीरमा पेट्रोल छर्केर आत्मदहको प्रयास गरेका हुन् ।
नेपाल टेलिकमले सह–प्रवक्ता पदमा उपप्रबन्धक परमात्मा भट्टराईलाई तोकेको छ । कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उपप्रबन्धक भट्टराईलाई कम्पनीको सह–प्रवक्ता तोकिएको प्रवक्ता शोभन अधिकारीले आज (मङ्गलबार) जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारी बागलुङमा धार्मिक भ्रमणका लागि आउनुहुने कार्यक्रम तयार भएको छ । राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिर दर्शनका लागि भोलि (बुधबार) बागलुङ आउनुहुने क्रम तय भएको हो ।
सुर्खेतको भेरीगंगा नगरपालिका १३ गाईघाट र लेकवेशी नगरपालिका ७ कुइनेलाई जोड्ने भेरी नदी झोलुङ्गे पुलको औपचारिक उद्घाटन गरिएको छ। सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले मंगलबार पुलको उद्घाटन गर्नुभएको हो।
साझा प्रकाशन सहकारी संस्था लिमिटेडको सञ्चालक समितिले महाप्रबन्धक प्रह्लाद पोखरेलको राजीनामा स्वीकृत गरेको छ । दुईवर्षे कार्यकालका लागि नियुक्त पोखरेलले छ महिना समय बाँकी हुँदा तीन साताअघि पदबाट राजीनामा दिनुभएको थियो ।
‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९’ अघिल्लो हप्ता संसद्मा दर्ता भएको छ । प्रतिनिधि सभामा दर्ता भएको यो विधेयकमार्फत विभिन्न २० वटा कानुन संशोधन गर्न लागिएको छ ।
विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घाको काखमा रहेको ताप्लेजुङको दुर्गम गाउँ घुन्सामा पहिलो पटक निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ। फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सामा सोमबार आँखा शिविर सञ्चालन गरिएको हो।
महानायक राजेश हमालले नेपाली चलचित्रमा मौलिकतालाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ। चलचित्र पत्रकार सङ्घ नेपाल दाङ शाखाले घोराहीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली चलचित्रमा मौलिक कथावस्तुको अभाव देखिएको भन्दै मौलिकतासहित प्रविधिको विकासमा ध्यान दिन सके विश्व बजारमै स्थान पाउने सक्ने चलचित्र नेपालमै बन्न सक्ने बताउनुभएको हो।
नेकपा (एमाले) का सचिव योगेश भट्टराईले सत्ता गठबन्धन टुटाउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । मङ्गलवार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले एमाले गठबन्धन तोड्ने बिजनेस नगर्ने बताउनुभएको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले महानगर भित्र सञ्चालनमा रहेका उद्योग व्यवसायलाई प्रोत्साहन गर्ने नीति लिएको बताउनुभएको छ ।
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप ट्रफी सार्वजनिक गरिएको छ । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा फागुन ११ गतेबाट १७ गतेसम्म आयोजना हुन लागेको च्याम्पियनसिपको ट्रफी मंगलबार सार्वजनिक गरिएको हो ।