उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा नेकपा (एमाले) ले उठाएको उम्मेदवारले नै जित्ने दाबी गर्नुभएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सभापति देउवालाई भेट्न अध्यक्ष नेपाल धुम्बाराही पुग्नुभएको हो।
रुपन्देहीका दुई पालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण अभियान चलाएका छन् । सिद्धार्थनगर र तिलोत्तमा नगरपालिकाले सामुदायिक कुकुरहरुको बन्ध्याकरण गरेका हुन् ।
बैठकमा टेबल भएको नियमावली मस्यौदा प्रस्तावमा छलफलपछि सभाले पारित गरेसँगै लागू हुनेछ। मस्यौदा प्रस्तावमार्फत सांसदहरुले प्रतिनिधि सभा नियमावलीमा केही नयाँ प्रावधान ल्याएका हुन्। बुधबारको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा प्रस्ताव टेबल गरिएको हो।
सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधारमन्त्री प्रकाशबहादुर देउवाले आगामी बजेटमा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट विनियोजन गर्ने पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
लोकगायक एवम् सर्जक प्रकाश दूतराजले नयाँ गीत सार्वजनिक गर्नुभएको छ । कौडा भाकाको यो युगल गीतमा प्रकाश र गायिका मेलिना राईको स्वर छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियानलाई सफल बनाउन आग्रह गर्नुभएको छ ।
काठमाडौं, फागुन १० गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेश सरकारका मुख्यमन्त्री रोजकुमार यादवलाई पार्टीको तर्फबाट आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न पार्टीका कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा परामर्श समिति गठन गरेको छ। समितिको सदस्यमा गोविन्द चौधरी, दीपक कार्की, लालकिशोर साह हुनुहुन्छ। मुख्यमन्त्री सरोजकुमार यादवले समितिको सचिव भएर काम गर्नु हुनेछ।समितिले पार्टीको निर्देशन अनुसार मुख्यमन्त्रीलाई समय समयमा आवश्यक सल्लाह सुझाव र सहयोग गर्नुका साथै पार्टी र सरकारबीचको समन्वय गर्ने कार्य गर्नेछ। केन्द्रीय कार्यकारिणी समितिको बैठकले गरेका निर्णय कार्यान्वयनका लागि जसपाले मातहत समितिलाई बुधबार परिपत्र गरेको छ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका लागि राष्ट्रिय नारा ‘लैङ्गिक समानताको बलियो आधार : सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ सार्वजनिक गरेको छ ।
उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले अब यातायातको मुद्दा व्यवसायी र व्यक्ति विशेषको मात्रै नभएर सिङ्गो देशको मुद्दा भएको बताउनुभएको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार लघुवित्त वित्तीय संस्थाको समस्या समाधान गर्न गम्भीर भएर लागेको बताउनुभएको छ।
नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले मुलुकको गतिशील मार्गचित्र कोर्नका लागि तत्कालीन र दीर्घकालीन आर्थिक कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभएको छ ।
सर्वोच्च अदालतमा स्थानीय तहका उम्मेदवारहरूको जरिवाना रकम मिनाहा गर्ने निर्णयविरुद्ध रिट दर्ता भएको छ ।
नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कृषि अनुदानका लागि नक्कली किसान खडा गर्नेमाथि कारबाही गर्न सरकारसँग माग गर्नु भएको छ।