• १ जेठ २०८२, बिहिबार

सरकारी जग्गा अतिक्रमण

पैँतीस दिनभित्र खाली गर्न निर्देशन

blog

मकवानपुर समाचारदाता

हेटौँडा, भदौ १७ गते । सङ्घीय सरकार अन्तर्गतको प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्र, हेटौँडाको नाममा हेटौँडा उपमहानगरपालिका–५ मा रहेको जग्गा अतिक्रमणमा परेको छ । स्थानीय क्लब र केही व्यक्तिले केन्द्रको नाममा रहेको सरकारी जग्गा वर्षौंदेखि अतिक्र गरी भोगचलन गर्दै आएको पाइएपछि हटाउने प्रक्रिया थालेको छ । अतिक्रण गरी बनाएका घरटहरालगायतका संरचना हटाउने गरी केन्द्रले प्रक्रिया सुरु गरेको हो । केन्द्रको जग्गा छ जनाले अतिक्रमण गरी बसेको पाइएको छ ।

केन्द्र ३५ दिनभित्र जग्गा खाली गर्न भन्दै शनिबार सूचना जारी गरेको छ । केन्द्रका प्रमुख सरोजकुमार यादवले केन्द्रको जग्गा अतिक्रण गरी बनाइएका घरटहरालगायतका संरचना ३५ दिनभित्रमा हटाउन सूचना जारी गरिएको जानकारी दिनुभयो । साथै केन्द्रको एउटा भवनमा बसेकालाई हटाइ तत्काल भवन खाली गर्नसमेत सूचनामा भनिएको छ । केन्द्रका प्रमुख यादवका सरकार भवनमा केन्द्रकै कर्मचारी प्रेमबहादुर परियार बस्दै आएको र उहाँ बनेको भवनसमेत तत्काल खाली गर्नुपर्नेछ । 

यसअघि क्लब र नौ जना व्यक्तिले गरी नौ बिघा सात कट्ठा १३ धुर जग्गा अतिक्रमण गरिएको केन्द्रको प्रारम्भिक अनुमान थियो । केन्द्रको नामको जग्गा खोजी गर्ने क्रममा केन्द्रको जग्गा क्लब र व्यक्तिले अतिक्रमण परेको पाइएको थियो । अतिक्रमण गरी बनाइएका टहरा र पक्की घर भाडामा दिँदै आएको पाइएको छ ।

केन्द्रका प्रमुख यादवले नापी कार्यालयबाट केन्द्रको जग्गा नापजाँच गराउँदा कित्ता नंं. ९६ को जग्गा अतिक्रमणमा परेको जानकारी दिँदै पिप्ले युवा क्लबले प्रयोग गर्दै आएको जग्गाबारे मन्त्रालयस्तरमा कसरी व्यवस्थापन गर्ने भन्नेबारेमा छलफल चलिरहेको बताउनुभयो । 

क्लबले खेल मैदानका रूपमा प्रयोगमा ल्याएको केन्द्रको जग्गामा बागमती प्रदेश सरकार, स्थानीय सरकारलगायत सार्वजनिक, निजी क्षेत्रको ठुलो लगानी छ । उहाँले भन्नुभयो, “त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे मन्त्रालय स्तरमा छलफल भइरहेकाले छिट्टै टुङ्गो लाग्नेछ ।”

सबभन्दा बढी जग्गा क्लबले पिप्ले क्याम्पा रङ्गशाला र हेल्थ पोस्टले प्रयोगमा ल्याएको पाइएको केन्द्रले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा पठाएको आफ्नो जग्गाको विवरणमा उल्लेख छ । पिप्ले युवा क्लबले रङ्गशाला निर्माणका लागि आठ बिघा १३ कट्ठा १८ धुर जग्गा अतिक्रमण गरेको पाइएको छ । 

केन्द्र प्रमुख यादवले अतिक्रमण गरेको बारीबाट भने अतिक्रमण गर्नेलाई हटाइएको बताउनुभयो । २०२४ सालमा मत्स्य विकासको क्षेत्रमा योगदान पु-याउने उद्देश्यसहित स्थापना भएको केन्द्रको नाममा ४९ हेक्टर क्षेत्रफल जग्गा  छ ।