परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले कूटनीतिक संवादको माध्यमबाट सरकारले छिमेकी देशसँगको सीमा विवाद सुल्झाउने बताउनुभएको छ ।
नेपालगन्जमा दमकल मोटरसाइकल सेवा सुरु गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले काठमाडौँ उपत्यका बाहिर पहिलो पटक दमकल मोटरसाइकल सेवा यहाँ सुरु गरिएको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको ‘विश्वासको मत’विरुद्ध दायर गरेको रिटको सुनुवाइ सर्वोच्च अदालतको पूर्ण इजलासमा हुने भएको छ।
नेकपा (एमाले) महासचिव शङ्कर पोखरेलसहितको २२ सदस्यीय टोली चीन प्रस्थान गरेको छ । एमाले परराष्ट्र मामिला विभागका सदस्य डा. अन्जान शाक्यले शनिबार राति पोखरेलको टोली चीन प्रस्थान गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको जनतासँग तीन महिने अभियान शनिबारदेखि सुरु गर्नुभयो ।
गुल्मीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
करिब सात वर्षअघि यहाँका कृषकले उत्पादन गर्दै आएका रैथाने बालीका साथै जिल्लाका ग्रामीण भेगमा पाइने वनस्पति अहिले लोप हुने अवस्थामा पुगेका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।
सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बताउनुभएको छ ।
राज्यको जगतसिंहपुर, ढेनकनाल, अङ्गुल र बौद्ध जिल्लामा एक–एक, बोलाङ्गिरमा दुई र खोर्दा जिल्लामा चारजनाले ज्यान गुमाएका राज्य प्रकोप व्यवस्थापन आयुक्तको कार्यालयले जनाएको छ ।
सिंहदरबारमा रहेको ‘हेलो सरकार’ अब २४ घण्टै सञ्चालन हुने भएको छ ।
सल्यानमा आइतबार बिहान भएको बस दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।
दार्चुलामा डेङ्गु सङ्क्रमित एक किशोरीको मृत्यु भएको छ ।
विपद्का घटनाबाट क्षति बेहोरेका परिवारले निजी आवास निर्माण गर्न अनुदान पाउने भएका छन् ।
म्याग्दे र आँबुखैरेनी गाउँपालिकाले व्यावसायिक रुपमा सयपत्री फूलखेती सुरु गरेका छन् । विदेशबाट आयत हुने पुष्पलाई प्रतिस्थापन गरी गाउँपािलकालाई फूलमा आत्मिनर्भर बनाउन पुष्पखेतीलाई प्रवद्र्धन गरिएको हो । आँबुखैरेनी–१ प्रसिद्ध धार्मिकस्थल आँधीमूल क्षेत्रमा बीस हजार बढी सयपत्री फूलका बिरुवा रोपिएका छन् ।
पूर्व पश्चिम लोकमार्गको करिब पाँच सय मिटरमाथि रहेको दक्षिणी इलामको चुलाचुली गाउँपालिकामा पूर्वाधार विकासले फड्को मार्न सुरु गरेको छ ।