स्याङ्जा जिल्लामा भित्रिने फलफूल तथा तरकारीको विषादी परीक्षण गरिने खबर सुनेर उत्साहित भएका उपभोक्ता निराश हुँदै गएका छन् । गल्याङ नगरपालिका–१, मालुङ्गामा स्थापना गरिएको विषादी प्रयोगशाला प्रयोगमा आउन सकेको छैन ।
लोडसेडिङ कालमा विशेष सुविधाका रूपमा डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् आपूर्ति लिएका औद्योगिक र व्यापारिक ग्राहकलाई विद्युत महसुल बक्यौता तिर्न नेपाल विद्युत् प्राधिकरणले सक्रियता देखाएको छ ।
वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुुमति प्रणाली (इपिएस) कोरिया शाखाले दक्षिण कोरियामा पानीजहाज कम्पनी अर्थात् ‘सिप बिल्डिङ’ मा जान आवेदन दिएकाहरूको भाषा परीक्षा आउँदो असोज १ गतेदेखि गरिने भएको छ ।
दोलखाको वैतेश्वर गाउँपालिका–७, मार्बुवासीले गाउँमा तीनमहिने सामाजिक काम सुरु गरेका छन् । सामाजिक काम अन्तर्गत यातायात सहज बनाउन सडक मर्मतसम्भार सुरु गरिएको वडाध्यक्ष मीनकुमार शिवाकोटीले जानकारी दिनुभयो ।
सल्यान जिल्लाको सुन्तलामा देखिएको पिङ्क डिजिज रोगको अध्ययनका लागि कृषिविज्ञको समूह किसानको बिचमा पुगेका छन् । केही समयअघि जिल्लाको बागचौर नगरपालिका–८ र ९ का सुन्तला बगैँ
सुदूरपश्चिम प्रदेश सभाको कामकारबाही सुस्त बनेको छ । सरकारले बिजनेस दिन नसक्दा प्रदेश सभा सुस्त बनेको हो । प्रदेश सरकार गठन भएको यतिका महिना बित्दा पनि प्रदेश सभाले नयाँ विधेयक पाएको छैन ।
परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले छिमेकी देशसँगको सीमा विवाद कूटनीतिक संवादको माध्यमबाट सुल्झाउने बताउनुभएको छ । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले अनधिकृतरूपमा सञ्चालनमा रहेका औषधि पसललाई कानूनी दायरामा ल्याउने भएको छ ।
चुरे विनाशका कारण तराई मधेशमा दीर्घकालीन सामाजिक तथा आर्थिक क्षति पुग्ने भएकाले चुरे विनाश रोक्न र यसको संरक्षणमा सबै तहका सरकारले तीव्र रूपमा कार्य गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
बेलका नगरपालिका उदयपुर जिल्लाको प्रमुख पर्यटकीय क्षेत्र भएको नगरपालिका हो । चुरे, भित्री मधेश र पहाड गरी तीन किसिमको भौगोलिक बनावट रहेको यो नगरपालिका ३४४.७३ वर्ग किलोमिटरमा फैलिएको छ ।
वर्षायाममा समेत पानीको हाहाकार हुने सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मा खानेपानीको धारा पुगेको छ । थारथङ खोला करङ्गैरा कोले लिफ्टिङ खानेपानी आयोजनाको प्रतिनिधि सभा सदस्य माधव सापकोटा र नेपालका लागि जापानका राजदूत किकुता युताकाले उद्घाटन गर्नुभयो ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र ऊर्जा तथा सिँचाइ मन्त्रालयले कृषिमा देखिएको सिँचाइको समस्या समाधान गर्न दुवै मन्त्रालय मिलेर कार्य गर्ने निर्णय गरेका छन्
सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत्गृह क्षेत्रको प्रवेश मार्ग स्थानीयले बन्द गरिदिएका छन् । प्रवेश मार्ग (सडक) निर्माण गर्दा जग्गाधनीले पाउनुपर्ने मुआब्जा नपाएको भन्दै स्थानीयले शनिबारदेखि सडक बन्द गरेका हुन् ।
नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले जनगुनासो आउने ठाउँमा बिजुली दिएर उद्योग क्षेत्रमा लोडसेडिङ गरिरहेको बताउनुभएको छ ।
उत्तरी मकवानपुरको थाहा नगरपालिका–९ को चित्लाङमा लागेको यो वर्ष हिले जात्रा हर्षोल्लाससहित सकिएको छ।