शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
नौरते नेपाली
सिँजा (जुम्ला), वैशाख २४ गते । जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडाध्यक्ष दत्तबहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डिएसपी रविनबाबु रेग्मीका अनुसार बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो । घटना सम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको उहाँको भनाइ छ ।
प्रहरीका अनुसार पीडित भनिएकी महिलाको पहिचान गोप्य राखिएको छ । बुढाले पटक–पटक धम्क्याउँदै आफुलाई जबर्जस्ती करणी गरेको उजुरी दिनु भएको छ ।
घटनाबारे आवश्यक अनुसन्धान प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । पीडित महिलाले वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा उजुरी दिएपछि प्रहरीले घटनाका आरोपितलाई पक्राउ गरेको हो ।