ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले कर्मचारीलाई बजेटको प्रभावकारी कार्यान्वयनको लागि प्रतिबद्ध भई कार्य सम्पादन गर्न निर्देशन दिनुभएको छ ।
चिया श्रमिकहरुले भदौ १८ गतेदेखि सम्पूर्ण चिया बगान र कारखाना बन्द गर्ने भएका छन् ।
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते आयोजना हुने बिपी साहित्य महोत्सवको तयारी सम्बन्धमा सोमबार दिउँसो ३ बजे केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्ने भएको छ।
नेपालगन्जमा कचहरी नाटक सम्बन्धी ७ दिने तालिम सुरु भएको छ । युनिसेफ नेपालको सहयोगमा बास नेपालद्वारा सञ्चालित सामुदायिक संलग्नता र मानव केन्द्रित दृष्टिकोणमार्फत सामाजिक र व्यवहार परिवर्तन कार्यक्रम अन्तरगत तालिम सुरु भएको हो ।
पोर्चुगलमा वैदेशिक रोजगारीमा पठाउने भन्दै तीन लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका २८ वर्षीय नवराज खड्कालाई प्रहरीले पक्राउ गरेको छ।
व्यवसायीलाई घरेलु तथा साना उद्योग कार्यालय र करदाता सेवा कार्यालयले शिविरमार्फत सेवा प्रदान गरेको छ । दुई दिने एकीकृत व्यवसाय दर्ता शिविरमार्फत सेवा दिएको हो ।
छतबाट लडेर घाइते महिला मजदुरको शनिबार हेटौँडामा मृत्यु भएको छ । हेटौँडा–३, बसामाडीमा निर्माणाधीन घरमा काम गर्दै आउनुभएकी मजदुरको छतबाट लडेर मृत्यु भएको बागमती प्रदेश प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले राजस्व संङ्कनमा ९४.२९ प्रतिशत वित्तीय प्रगति गरेको छ । गत आर्थिक वर्ष २०७९–८० मा सात करोड २४ लाख १४ हजार २९५ रुपियाँ राजस्व संङ्कननगरी सोचेभन्दा बढी वित्तीय प्रगति गरेको हो ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले म्यानमारसँग सेप्टेम्बर ८ र ११ तारिख हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउन सक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताउनुभएको छ।
सोलुखुम्बुको खिुपिके गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष रमेशकुमार बस्नेतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अङ्कले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९ दशमलव ८१ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६० दशमलव ७८ मा सीमित भएको छ।
संयुक्त राज्य अमेरिकी सिनेटको परराष्ट्रसम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य–सञ्चालनसम्बन्धी विनियोजन उपसमिति सदस्य सिनेटर क्रिस भान होलेन तीन दिने नेपाल भ्रमण सम्पन्न गरी आज फर्कँदै हुनुहुन्छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाबाट प्रहरीले ३० किलो जङ्गली चित्तलको मासुसहित एक जनालाई पक्राउ गरेको छ ।
नेपाली महिला दिदीबहिनीको महान् पर्व तीजको अवसरमा महिला सृजनशील केन्द्रले सृजनशील तीज मेला आयोजना गरेको छ । मेलामा तीजको सामानको आकर्षण बढ्दो छ ।