हरिप्रसाद वैद्यको नाम र कामसँग नेपाली समाज विरलै परिचित होलान् । भाइलेन वादनका एक नामुद कलाकारको परिचय चित्रकलामा पनि उत्तिकै गहकिलो रहेको छ । कलामा उहाँले उहिल्यै अनेकौँ काम गर्नुभयो तर उहाँको कामलाई अहिले हेर्नुपर्ने अवस्था आयो । चर्चा नखोज्ने काममै तल्लीन भइरहने अधिकांश नेपाली कलाकारको नियति–दोष नै यही हो ।
मिडियाप्रतिको आक्रोश, आलोचना र आक्रमण निरन्तर चलिरहन्छ । मिडियामा आउने विषय तत्काल सार्वजनिक हुन्छन्, त्यसकारण ती विषयमाथि र विषयका आधारमा मिडियाकर्मी र संस्थाप्रति टिप्पणी हुनु स्वाभाविक हो । यस्तो टिप्पणीले सञ्चार क्षेत्रलाई अन्तक्र्रियात्मक बनाउँछ । अन्तक्र्रियात्मक सञ्चार नै प्रभावकारी हुन्छ । यही अन्तक्र्रियाका क्रममा मिडियाको आलोचना पनि हुन्छ । अन्तक्र्रियामा विश्वास गर्ने क्षेत्र भएका कारण यो क्षेत्रले यस्तो आलोचनालाई पनि स्वाभाविक रूपमा नै ग्रहण गर्छ र गर्नु पनि पर्छ । योभन्दा पनि अगाडि बढेर मुख नै बन्द गर्ने अभिप्रायका साथ अस्वस्थ्य ढङ्गले आक्रमणसमेत सहन सञ्चार क्षेत्र बाध्य हुँदै आएको छ । त्यस्तो आक्रमण सैह्य हुँदैन । यस्तो आक्रमणले अन्ततः प्रेस स्वतन्त्रतालाई कमजोर बनाउँछ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा अहिले बिहान ८ः३० बजे बस्ने बैठकले पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवारबारे निर्णय गर्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा पार्टीका तर्फबाट राष्ट्रपति पदको उम्मेदवार चयन, चितवनमा हुने उपनिर्वाचनका लागि दत दर्तालगायत विषयमा निर्णय हुने उहाँले बताउनुभयो ।
लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत सङ्कलित विदेशी मुद्रा अब सटही हुने भएको छ । लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले बिहीबार राष्ट्र बैक सिद्धार्थनगर रुपन्देहीका निर्देशक थानेश्वर आचार्यलाई ध्यानाकर्षण पत्र बुझाएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही गर्ने सहमति भएको हो ।
नेपाली श्रम बजारमा बर्सेनि लाखौँ युवा प्रवेश गरिरहेका हुन्छन् । तथ्याङ्कले शिक्षित युवाको सङ्ख्या धेरै मात्रामा रहेको देखिन्छ । सरकारले अनिवार्य र निःशुल्क शिक्षाको व्यवस्था गरेपछि विद्यालय तहमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या क्रमशः उकालो लाग्दै गएको छ । विडम्बना हाम्रो शिक्षा प्रणालीको त्रुटिका कारण श्रम बजारमा पुगेका युवा के गर्ने भन्ने अलमल परिराखेको देखिन्छ । यही अलमलका बीचमा लाखौँ युवाले वैदेशिक यात्रालाई उज्यालो भविष्यको गतिलो गन्तव्यका रूपमा देख्न थालेका छन् । युवा पलायनको पछिल्लो अवस्था डरलाग्दो मात्रै होइन भयावह नै छ । ‘नेपालमा बसेर के गर्नु रोजगार नै पाइँदैन’ हरेक युवाका लागि यो नै मानक बोली बन्दै गएको देखिन्छ । जुन नेपालको भविष्यका लागि घातक सिद्ध हुने देखिन्छ ।
बितेको वर्ष सन् २०२२ मा महासागरीय तापमान मानव इतिहासमै सबैभन्दा उच्च बिन्दुमा पुगेको ‘एडभान्सेस इन एटमोस्फेरिक साइन्सेस’ नामक जर्नलमा प्रकाशित एक अनुसन्धान प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनका अनुसार हरितगृह ग्यासका कारण सिर्जित अतिरिक्त तापमध्ये महासागर तथा समुद्रहरूले ९० प्रतिशत ताप शोषण गर्ने हुनाले त्यसरी अवशोषित तापका कारण महासागरीय तापक्रम निरन्तर बढिरहेको छ । समुद्रमा बढेको तातोपनले विशाल तथा दीर्घकालीन प्रकृतिका सामुद्रिक तापजन्य ज्वारभाटा सिर्जना हुने गरेको त्यसबाट सामुद्रिक पर्यावरणमा विनाशकारी असर निम्तिरहेको निष्कर्ष शोधकर्ताहरूको छ ।
भनिन्छ, लोकतन्त्रमा प्रत्येक सरकार आफ्ना नागरिकप्रति जिम्मेवारी हुनुपर्दछ । सरकार नागरिकको संरक्षक हो । अझै पछाडि पारिएकाका लागि त थप संरक्षक नै हो । सरकारको औचित्यता त्यति बेला मात्र पुष्टि हुन्छ, जति बेला उसले नागरिकको संरक्षकत्व ग्रहण गर्दछ । व्यक्तिहरूले व्यक्तिगत रूपमा विभिन्न कारणले आफ्ना लागि प्राप्त गर्न नसक्ने वस्तु र सेवा प्रदायकका रूपमा सरकारले भूमिका निर्वाह गर्नुपर्दछ । सरकार नागरिकको सेवा प्रदायक उच्च र विशिष्ट संस्था हो
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सरकार योजना तर्जुमादेखि बजेट बनाउनेसम्मको सबै काममा स्थानीय तह सँग समन्वय गरी अघि बढने बताउनु भएको छ ।
राष्ट्रिय जैविक विविधता संरक्षण योजना तर्जुमाका लागि परामर्श गोष्ठी आयोजना गरिएको छ। विश्व जैविक विविधता संरक्षण लक्ष्य तीनअनुसार नेपालको जैविक विविधता संरक्षणको राष्ट्रिय योजना तयारी प्रक्रियाका लागि छलफल तथा सुझाव सङ्कलन गर्न गोष्ठी आयोजना गरिएको हो।
सुर्खेतका वरिष्ठ कलाकार प्रेमदेव गिरी र कमला श्रेष्ठले ३० को दशकमा गाएको यो गीतले ‘बुलबुल ताल’लाई राष्ट्रिय रूपमा नै परिचित बनायो। बुलबुल ताल जनजनको मनमा यति गढेको छ कि सुर्खेत झर्ने जो कोही पर्यटकले सबैभन्दा पहिले सोध्छन्, “बुलबुल ताल कता छ ?” पर्यटक जब बुलबुल तालको नजिकै पुग्छन्, त्यसपछि फेरि पनि सोध्छन्, “बुलबुल ताल चाहिँ कता छ ?” ताललाई घाँसे मैदान र लेउले भरिएपछि बुलबुल तालले आफ्नो स्वरूप गुमाउन पुगेको छ। प्लास्टिकका बोतल र फोहोरले ताल कुरूप बनेको छ। यद्यपि बुलबुल तालको संरक्षणको जिम्मा लिने निकाय तालको अवस्थाबारे बेखबर छ।
नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) मधेस प्रदेश कार्य समितिले आज जनकपुरमा मधेस प्रदेश सभामा प्रतिनिधित्व गर्ने आदिवासी जनजाति सांसदहरूलाई सम्मान गर्ने भएको छ ।
भूकम्पले घर भत्काएपछि हिमाली गाउँपालिका–७ का विष्णुप्रसाद तिमिल्सेना त्रिपालकै सहारामा रात कटाउँदै आउनुभएको छ। माघ १० गतेको भूकम्पले घर भत्किँदा खाद्यान्न, भाँडाकुडा, लत्ताकपडा सबै पुरिएपछि तिमिल्सेना पालमा बस्दै आउनुभएको छ। तिमिल्सेनाले ऋण गरेर सानो घर बनाउनुभएको थियो। त्यही घरसमेत भूकम्पले भत्किएपछि अर्को घर कसरी बनाउने भन्ने चिन्ता उहाँमा छ। अहिले यताका अधिकांश स्थानीय भूकम्पको डरले सबै खुला आकाशमा त्रिपालको बासमा रहेको तिमिल्सेनाले बताउनुभयो।
चिटिक्क सिँगारिएको डोला थियो। त्यसभित्र गलाभरि पैसाको माला लगाउनुभएका ‘दुल्हेराजा’ । डोलाको पछिपछि परम्परागत वेशभूषामा सजिएका महिला, युवकयुवतीसहित बालबालिका पनि बाजागाजाको तालमा नाचिरहेका थिए। सुदूरपश्चिम प्रदेशको तराईवासी, आदिवासी, जनजाति र रानाथारू समुदायको विवाहमा देखिएको दृश्य हो, यो। विवाहमा बेहुला (दुलहा)लाई डोला र बेहुली (दुलही)लाई डोलीमा बोक्ने रानाथारू समुदायको पुरानो चलन हो। डङ्गौरा, देउखरिया थारूले डोलाडोलीमा बेहुलाबेहुली बोक्ने चलनलाई मास्दै गएका बेला रानाथारू समुदायले भने आफ्नो पुरानो परम्परालाई जोगाएर राखेको छ।
मुलुककै जेठो मध्येको एक धनकुटाको उत्तर पानीस्थित उत्तर पानी प्राविधिक शिक्षालयले विभिन्न कार्यक्रम गरी आफ्नो ३५ औ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न तथा विद्यार्थीको आकर्षण बढाउन तनहुँको एक पालिकाले विद्यालयहरूलाई बस सुविधा दिने भएको छ । यस्तो व्यवस्था गर्नेमा आँबुखैरेनी गाउँपालिका पहिलो बनेको छ। आगामी शैक्षिक सत्र २०८० देखि गाउँपालिकाका जनप्रतिनिधिका छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गराउने निर्णय गरेर प्रशंसा कमाएको पालिकाले सहज रूपमा विद्यार्थीलाई शिक्षा उपलब्ध गराउन बसको व्यवस्था गर्ने निर्णय गरेको हो।