गृह मन्त्रालयले विभिन्न सामाजिक सञ्जालहरुमा वक्तव्यबाजी नगर्न र नगराउन आग्रह गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती कर्मचारी ऐनलाई मङ्गलबारको मन्त्रिपरिषद् बैठकले पारित गरेर संसदमा पठाउने बताउनुभएको छ ।
नेपाली कांग्रेसले एक सय १० औं बीपी जयन्तीको अवसरमा आयोजना हुन गइरहेको बिपी साहित्य महोत्सव २०८० मा कविता, गजल साभ्mदेखि चित्रकला प्रदर्शनी हुने भएको छ ।
नेपाली कांग्रेसले भदौ २४, २५ र २६ गते सम्पन्न हुने बीपी सहित्य महोत्सवका लागि ३७ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
एसिया कप क्रिकेटको भारतविरुद्धको खेलमा नेपालले पहिले ब्याटिङ् गरिरहेको छ । भारतले टस जितेर पहिले फिल्डिङ् गर्ने निर्णय गरेको हो ।
ड्राइभिङ स्कुलका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ ।
मुस्ताङको पर्यटकीयस्थल ठिनीका स्थानीयहरु मौलिक संस्कृति जोगाउन जुटेका छन् । ठिनी होमस्टे गाउँका रुपमा परिचित छ । ठिनीमा थकाली समुदायको मुख्य बसोबास छ ।
सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गिरिबन्धु टी स्टेट प्रकरणबारे तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ ।
अभिनेत्री मनिषा कोइराला नेपाली चलचित्रमा नदेखिनुभएको लामो समय भइसकेको छ । नेपाली चलचित्र ‘धर्मा’ मा अभिनय गर्नुभएकी अभिनेत्री कोइराला भारतीय चलचित्र र शृङ्खलामै व्यस्त हुनुहुन्छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल नेतृत्वको टोली आज बिहान जनवादी गणतन्त्र चीनको मुख्य शहर छोङछिङमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको स्कुलमा आयोजित विचार आदनप्रदान र अन्तरक्रिया कार्यक्रममा सहभागी बन्नु भएको छ ।
चितवनबाट लामो दूरीमा विद्युतीय सार्वजनिक सवारी सञ्चालनमा आएका छन् । जिल्लाका भरतपुर महानगर, चितवन छाहारी, त्रिनेत्र र चौतारी यातायात सेवा प्रालीले लामो दूरीमा चल्ने विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान बमोजिम बन्न बाँकी रहेका कानुनहरूको निर्माण कार्यलाई सरकारले प्राथमिकतासहित अगाडि बढाइरहेको बताउनुभएको छ ।
पूर्वी नवलपरासीमा भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरणको काम अघि बढाइएकोे छ । अहिलेसम्म जिल्लामा १०६ जनाले लालपूर्जा पाइसकेका छन् ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा(माओवादी केन्द्र)का सांसद सुरेशकुमार आलेमगरले संविधान अनुसार बन्न बाँकी १८१ वटा कानुनहरु तदारुकताका साथ निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको छ ।