मिर्चैया नगरपालिकाको कार्यालयले अतिक्रमित जग्गा खाली गराएको छ। पालिकाको कार्यालय नजिकै रहेको जग्गा वर्षौंदेखि अतिक्रमणमा परेको थियो। २५६ नम्बर कित्ताको तीन बिघा बाह्र कट्ठा सत्र धुर जग्गा स्थानीय व्यापारीले कब्जा गरिरहेका थिए।
सर्लाही सदरमुकाम मलङ्गवामा बीच बजारबाट बसपार्क हटाइएपछि बजार क्षेत्र केही फराकिलो र व्यवस्थित देखिएको छ। मलङ्गवा नगरपालिका–२ स्थित बजारको बीचमा रहेको बसपार्क दुई साताअघि वडा नं. ९ स्थित व्यवस्थित ठाउँमा सारिएको थियो।
नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ, फागुन १५ गते । जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ । विभिन्न अवरोधका कारण लामो समयसम्म सो सडक योजना सम्पन्न हुन नसकेको थिएन । सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लागेको काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०÷६० मिटरमा स्थानीयवासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताउनुभयो । उहाँका अनुसार केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो । उहाँले भन्नुभयो, “त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ । समााधन हुनासाथ कालोपत्र गर्न सकिन्छ ।”सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताउनुभयो । बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको उहाँले जानकारी दिनुभयो । यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो रहेको छ ।”विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११÷११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो । लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो । यहाँ रहेका विद्युत्को पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो । सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए । रासस
आधुनिक फुटबलमा चर्चित स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले व्यावसायिक फुटबलको विश्राम एसियाली क्लबबाटै गर्ने लक्ष्य लिएको देखिन्छ । ३८ वर्ष लागेका रोनाल्डो साउदी
प्रदेश १ मा पूर्व–पश्चिम राजमार्गभन्दा दक्षिणतर्फ अत्यन्तै कम जङ्गल रहेको छ। मोरङको आमबारी–रङ्गेली–विराटनगर सडकभन्दा दक्षिणमा पनि सरकारी वन छ भन्दा धेरैलाई पत्यार लाग्दैन तर दक्षिणपूर्वी मोरङको रतुवामाई–१, बरडङ्गास्थित भल्खुवा जङ्गललाई नगरपालिकाले पर्यटन क्षेत्रका रूपमा विकास गर्न लागेको छ।
पछिल्लो समय उदयपुरमा सवारी दुर्घटना बढेको छ। छ महिनायता उदयपुरमा ११९ वटा सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा १९ जनाले ज्यान गुमाएको र १५४ पुरुष, ४३ महिला तथा २० बालबालिका गरी १९९ जना घाइते भएको प्रहरीले जनाएको छ।
नेपाली राजनीतिका शिखर व्यक्तित्व विश्वेश्वरप्रसाद कोइरालाको मृत्यु घाँटीको क्यान्सरले भएको थियो भन्ने कुरा धेरैलाई थाहा होला । बोलीचालीको भाषामा घाँटी भनिने गरे पनि ठ्याक्कै घाँटी कुन चाहिँलाई भन्ने स्पष्ट छैन । बाहिरबाट हेर्दा रुद्रघण्टी अथवा टाउको र छातीबीचको भागलाई पनि हामी घाँटी नै भनिरहेका हुन्छौँ ।
म्याग्दीका युवा आफ्नै परिवारको सक्रियतामा स्वरोजगार बन्न थालेका छन्। सिमलचौरका अशोक शर्मा, रत्नेचौरका हरिबहादुर खत्री र घुमाउनेतालका हरिबहादुर चन्दले स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्नुभएको हो। मङ्गला गाउँपालिका–२, सिमलचौरका खगराज पौडेल र डिलकुमारी पौडेलका सन्तान अशोक र जीवन शर्माले २०७२ फागुनदेखि आफ्नै व्यवसाय केडी कटेज सुरु गर्नुभयो। करिब १० लाख रुपियाँ लगानीमा सुरु गरिएको यो व्यवसायमा अहिले डेढ करोड रुपियाँभन्दा बढी लगानी भइसकेको छ।
नवलपरासीपूर्वमा कालिजपालन व्यवसाय गर्नेहरू बढेका छन् । कालिजपालन मासुका लागि उपयोगी भएकाले कतिपय युुवा यस व्यवसायतर्फ सक्रिय देखिएका हुन् । कालिजपालन व्यवसायसँगै यसको बजारमा भने समस्या देखिएको छ । युवा व्यवसायी राम थापा व्यवसाय त गरियो तर बजार पाउन गाह्रो भएको बताउनुहुन्छ ।
काठमाडौँको वसन्तपुर अगाडि विधिवत् रूपमा आज (सोमबार) बिहान चीर ठड्याएको छ । चीर ठड्याएसँगै सोमबारदेखि राजधानी लगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरु भएको मानिन्छ।
आसन्न राष्ट्रपति निर्वाचनका सन्दर्भलाई लिएर केही पहिलेदेखि नै नयाँ राजनीतिक अध्याय प्रारम्भ हुने अड्कलबाजी गरिँदै थियो । ठीक यही परिदृश्य राष्ट्रपति निर्वाचनको मनोनयनको अघिल्लो दिन देखियो । सोही दिन आठ दलको गठबन्धन तयार भएर नेपाली कांग्रेसलाई राष्ट्रपति पदमा सघाउने निर्णय पनि भयो । यससँगै नेपाली राजनीति नयाँ शिराबाट अगाडि बढ्ने निश्चित छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भनाइलाई आधार मान्ने हो भने आठ राजनीतिक दलबीचको यो सहकार्यको सहमतिसँगै नयाँ राजनीतिक अध्याय सुरु भएको छ । जनादेशअनुसार अब राजनीतिक कोर्स नयाँ दिशामा अगाडि बढ्नु स्वाभाविक हुनेछ ।
आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी पाएको छ । सत्तासीन पार्टी एमालेले सातमध्ये कुनै पनि दलको समर्थनबिना एक्लै उम्मेदवार बनाएको छ । अर्थात् मुलुक दुई फरक गठबन्धनका आधारमा अगाडि बढेको छ । राष्ट्रपति निर्वाचनका सन्दर्भमा सत्ता गठबन्धन कायम छैन । तर सरकारमा साविक गठबन्धन टुटेको छैन, यद्यपि सत्ता गठबन्धन रहेन भनेर बुझ्न कुनै राजनीतिक विश्लेषकको टिप्पणी पर्खिनु पर्ने अवस्था छैन । यो सत्य बुझेकाहरू सरकारबाट बाहिरिइसकेका छन्, नबुझेको स्वाङ गर्नेहरूलाई सत्ता छाड्न निकै पीडा भएको छ । राष्ट्रपतिको उम्मेदवारीमा देखापरेको राजनीतिक ध्रुवीकरणसँग सत्ता गठबन्धन टुटेको सन्देश आमनागरिकले पाएका छन् ।
राजनीति विचार, सङ्गठन, आदर्श र मूल्यमान्यताबाट प्रेरित हुनुपर्ने हो तर नेपालको राजनीतिमा बेइमानी, धोका र सर्वसत्तावादी चिन्तनबाट ग्रसित रहेको छ । राजनीतिमा मेकियाबेलीको सिद्धान्त ‘जसरी पनि सत्ता प्राप्त गर, सत्तामा गएर प्राप्त हुने शक्तिको प्रयोगबाट हजारौँ अपराध क्षम्य हुन्छन्’ भन्ने सिद्धान्तलाई आत्मसात् गरिँदै आएको छ । पछिल्लो समय नेपाली राजनीतिमा नयाँ नयाँ खालका सीमकरण बन्ने र भत्किने खेलको सुरुवात भएको छ र यसले नेपालको संविधानले परिकल्पना गरेको राजनीतिक शुद्धता र स्थिरतामाथि निरन्तर प्रहार गरिरहेको छ ।