नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अङ्कको गिरावट देखिएको छ । आज (सोमबार) नेप्से परिसूचक तीन दशमलव ६५ अङ्कले घटेर दुई हजार २३ दशमलव ५४ को बिन्दुमा कायम भएको हो ।
युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ ।
राष्ट्रपति निर्वाचनको सन्दर्भमा सङ्घमा भएको सत्ता समीकरण फेरबदलको असर लुम्बिनी प्रदेश सरकारमा पनि पर्न थालेको छ । लुम्बिनी प्रदेशमा एमालेका पोलिटब्युरो सदस्य लीला गिरी तत्कालीन माओवादीसहितको गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्नुभएको थियो ।
नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो ।
अभिनेत्री सुरक्षा पन्त अभिनीत फिल्म 'बहाव' को ट्रेलर सार्वजनिक भएको छ ।
पूर्वी नवलपरासीमा मौरीपालन व्यवसायमा युवाहरुको सङ्ख्या बढ्दैगएको छ । तर माहुरीको चरन क्षेत्र अभावले मह उत्पादनमा ह्रास आएको छ । नेपाल मौरीपलक संघ नवलपुरका अनुसार अहिले जिल्लामा ३० टनभन्दा बढी मह उत्पादन हुनेगरेको छ । उत्पादनअनुसार महले बजार नपाउँदा किसानहरु चिन्तित छन् ।
नेपाल–चीन जोड्ने काठमाडौं–केरुङ रेलमार्गको गहन अध्ययनको काम आगामी महिना सुरु हुने भएको छ । विज्ञ जनशक्ति थप गरेर मार्चदेखि गहन अध्ययन गरिने गरी चिनियाँ पक्षले तयारी गरेको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ ।
खानेपानीमन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीलाई निर्देशन दिनुभएको छ । सोमवार नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहमा उहाँले सो चेतावनी दिनुभएको हो ।
राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले सरकार संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन गर्न उदासीन देखिएको निष्कर्ष निकालेको छ ।
कोभिडको मारमा परेका थारु समुदायका महिलाको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमले पहल थालेको छ । कार्यक्रमको सहयोगमा महिलालाई पर्यापर्यटनसँग जोड्दै व्यावसायिक रूपमै सबल र आत्मनिर्भर बनाउने उद्देश्यले पहिलो चरणमा २० जना महिलालाई आयआर्जनमा जोडिएको छ ।
विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ ।
परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले विचार र सिद्धान्त मिल्नेसँग पार्टी एकता हुनसक्ने बताउनुभएको छ ।
राष्ट्रपति निर्वाचनका उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन आयोगले बताएको छ । उम्मेदवारविरुद्ध आइतबार बिहान १० देखि २ बजेसम्म उजुरी गर्ने समय थियो ।