भूमि व्यवस्थापन, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मध्यस्थकर्ताको नभई सेवाग्राहीको अनुहारमा सन्तुष्टि देखिने गरी काम गर्न भूमि प्रशासकलाई निर्देशन दिएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अन्तर्घातको आरोप लागेकाहरूमाथि छानबिन गरी तयार पारिएको प्रतिवेदन पार्टीलाई बुझाउन लागिएको बताइएको छ ।
तत्कालीन सोभियत कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति मिखाइल गोर्भाचोभ सोभियत सङ्घमा खुला नीति अङ्गीकार गर्ने नेता मानिन्छन् तर उनले सोभियत सङ्को विघटन रोक्न सकेनन् ।
नेपालमा इन्टरनेटको गति र क्षमताका सम्बन्धमा बेलाबखतमा चर्चा चलिरहन्छ । इन्टरनेट सेवा लिएर नियमित रूपमा मासिक शुल्क भुक्तानी गरे पनि इन्टरनेट सेवा नियमित नहुने समस्या छ । सेवा नियमित भए पनि निकै न्यून गतिमा सञ्चालन हुने समस्या आमउपभोक्ताले भोग्दै आएका हुन् । तर इन्टरनेट सेवा प्रदायकले आफूखुसी वितरण गर्ने इन्टरनेटको गुणस्तर तथा क्षमताबारे सम्बन्धित निकायले कमै चासो दिएको पाइन्छ । पैसा असुल्न अग्रसर रहेका सेवाप्रदायक उपभोक्ताको प्रवृत्ति गुणस्तरतिर भने गम्भीर चासो छैन । फलतः इन्टरनेट सेवा प्रदायकले सेवाग्राहीलाई शोषण गरिरहेको लामै समय भइसकेको छ । यस अवस्थाप्रति उपभोक्ताको गुनासोसमेत सुनुवाइ भएको छैन ।
लोकतान्त्रिक शासन व्यवस्थाको संस्थागत विकासमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित एवं पारदर्शी आवधिक निर्वाचनको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ। आवधिक निर्वाचन आममतदाताले आफ्नो अभिमत प्रकट गर्ने महत्वपूर्ण अवसर हो । नागरिकको अभिमत मापन गर्ने वैधानिक विधि पनि निर्वाचन नै हो। निर्वाचन आयोगले नेपालको संविधान र सङ्घीय कानुनअनुसार राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधि सभा तथा प्रदेश सभाका सदस्य र स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्दै आइरहेको छ।
नेपालको राजनीतिलाई सहज रूपमा अघि बढाउनका लागि १२ बुँदे समझदारी, शान्ति सम्झौताका हस्ताक्षरकर्ता, संविधान घोषणा गर्दा समावेशी लोकतन्त्रका मान्यतामा जे सहमति थिए ती शक्ति मिलेर अघि बढेर नै देशलाई विकास र समृद्धि दिन सकिन्छ। नेपालको शान्ति सम्झौताले अझै पूर्णता पाइसकेको छैन। तत्कालीन (नेकपा माओवादी) ले २०५२ सालदेखि थालनी गरेको सशस्त्र युद्ध २०६३ सालमा शान्ति सम्झौता भई आजका दिनसम्म आइपुग्दा देशले सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक प्रणाली, धर्म निरपेक्षताजस्ता उपल
सङ्घीय शासन व्यवस्थापछि सिंहदरबार गाउँ गाउँमा पुग्यो भनिएको छ। कार्यपालिका, न्यायपालिका तथा व्यवस्थापिकाको त्रिवेणीको रूपमा रहेको सिंहदरबारमा हुने निर्णय तथा घटनाले वडा तहसम्मका सिंहदरबारलाई प्रभाव पारेको हुन्छ। त्यसैले सबै ६६० शासकीय अङ्गमा मूल्यको सिर्जना र वितरण गरी ज्ञान केन्द्रको रूपमा आफूलाई अब्बल (रोल मोडल) प्रमाणित गर्नुपर्छ। पढेर, परेर, अध्ययन तथा अनुसन्धानबाट हासिल गरेको ज्ञानको आधारमा मूल्य सिर्जना हुन्छ। डी.ए.डब्लु.एन. पत्रिकाका अनुसार राजनीतिज्ञ र प्रशासक विचारक पनि हुन यसैले उनीहरूले हरेक विषयवस्तु गहिराइमा बुझेको हुन्छ भन्ने आमविश्वास गरिन्छ । यस्तो क्षमताको विकास पनि अध्ययनबाट नै गर्न सकिन्छ।
गरिबी घटाउने र उद्यमशीलता अभिवृद्धि गराउने सोचका साथ स्थापना भएका लघुवित्त वित्तीय संस्थाका विकृति पछिल्ला समय छरपस्ट भए। लघुवित्तहरूले आफ्ना उद्देश्यभन्दा पर गएर गाउँ–गाउँमा गरिबमाथि नै निर्दयीपन देखाएका घटनाले पछिल्लो समय सञ्चार जगत्मा व्यापकता पाए । धेरैजसो लघुवित्त नाफामुखी हुँदै गएपछि विपन्नको सुख–दुःखमा साथ दिनेभन्दा उनीहरूलाई दपेट्ने, चर्को ब्याजदर र निर्दयी हिसाबले ऋण असुल्न लागेपछि कतिपय ऋणी लघुवित्तले दिएको तनाव थेग्न नसकेर आत्महत्यासमेत गर्न बाध्य भएका छन् ।
कर्णाली कोरिडोरको खार्पु सुनखाडा खण्डमा पर्ने खार्पुनाथमा कर्णाली नदी माथि पक्की पुलको निर्माण कार्य सुरु हुने भएको छ । सम्झौताको डेढ वर्षपछि निर्माण कम्पनी पक्षले निर्माण सामाग्री पुल निर्माण स्थलमा ल्याउने कार्य सुरु गरेपछि निर्माण कार्य अगाडी बढ्ने भएको हो ।
जिल्लाका भूमिहीन सुकुम्बासीले जग्गा पाउन अझै केहि समय कुर्नुपर्ने देखिएको छ। भूमिहीनका लागि जग्गा उपलब्ध गराउन गठित राष्ट्रिय भूमि आयोग जिल्ला समिति महोत्तरीले जग्गा उपलब्ध गराउनेबारे काम भइरहे पनि सबै प्रक्रिया पूरा गर्न अझै समय लाग्ने बताएको हो।
उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार निर्माण तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई हप्ताभित्रै हुलाकी सडकअन्तर्गत कमला पुलको थप निर्माण कार्य सुरु हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कमला पुलको सोमबार निरीक्षण गर्नुहुँदै मन्त्री श्रेष्ठले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। मन्त्रालयका सचिव र प्राविधिक टोलीसहित आइपुग्नुभएको मन्त्री श्रेष्ठले भन्नुभयो, “विगतमा ठेक्का टेन्डर लिएर काम नगर्ने गरेपछि कमसल काम गरेर अनियमितता र भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य गर्न मन्त्रालयले काम गरेर देखाउने छ।”
सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको डिल अतिक्रमणको चपेटामा परेको छ। सुनसरीको वराहक्षेत्रदेखि इटहरी खनारसम्मको सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरको दुवै तिरको डिलमा अतिक्रमण बढेको गुनासो आएको छ। खेतमा सिँचाइ गर्न निर्माण भएको नहर अतिक्रमण रोक्न स्थानीयले माग गरेका छन्। नहरको डिलमा दशकअघि हजारौँ घर भत्काएर सफाइ गरिएको थियो। अहिले एउटा दुईवटा गर्दै सयौँ घरटहरा निर्माण गरेकाले कालान्तरमा नहरको अस्तित्व सङ्कटमा पर्नसक्ने भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका हुन्।
देशकै केन्द्रीय प्रशासनिक कार्यालय रहेको सिंहदरबारभित्र सञ्चालित क्यान्टिनमै गुणस्तरहीन खाद्यवस्तु बिक्री वितरण गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोलीले सिंहदरबारमा रहेको सबभन्दा ठूलो सेन्ट्रल क्यान्टिनमा बासी खाना र म्याद नाघेका दूध र मसला प्रयोग गरेको पाइएपछि तीन लाख रुपियाँ जरिवाना गरेको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको ४९ वर्षीय चिनियाँ नागरिक याङ ली मिङले नाबालिकासँग फेसबुकबाट चिनजान गरी पैसाको लोभ देखाएर यौन शोषण गर्ने गरेको पाइएको छ ।
देशकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको सौराहामा पर्यटकीयस्तरको ‘होटल आइकावा’ सञ्चालनमा आएको छ । चितवन राष्ट्रिय निकुञ्जसँगै जोडिएको सौराहामा सुविधा सम्पन्न होटल खुल्ने क्रम बढेसँगै पछिल्लो पटक होटल आइकावाले सेवा सुरु गरेको हो ।