बागमती प्रदेश कांग्रेस संसदीय दलका प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ । उहाँले संसदीय दलका नेता बहादुरसिंह लामालाई आज (मङ्गलबार) बिहान भेटेर राजीनामा बुझाउनुभएको हो ।
नवलपुर जिल्लामा जापनिज ईन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । कावासोती नगरपालिकाका एक जना, देवचुली नगरपालिकाका एक जना गरी दुई जनामा यो सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँले जानकारी दिनुभयो ।
उमेरले एक सय वर्ष टेक्नै लाग्नुभएका म्याग्दी बेनी-२ बगरफाँटका खड्गबहादुर थापासँग के छैन रु स्वस्थ शरीर छ । हँसिलो मुहार छ । लौरो टेक्दै भए पनि गाउँघर घुम्न सक्ने शरीरमा तागत पनि छ । त्योभन्दा बढी अनुभवले खारिएको स्वस्थ मस्तिष्क छ ।
साइप्रस, इजरायल र ग्रिसले ऊर्जामा लगानी बढाउने सहमति गरेका छन् । पूर्वी भूमध्यसागरबाट युरोपसम्म ऊर्जा कोरिडोरको सहयोगलाई तीव्र पार्न सहमत भएका हुन् ।
हावाहुरीको कारण भित्र्याउने अवस्थामा रहेको मकैखेती नष्ट भएको हो ।
आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट भएको फैसलामाथि चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
अगाडि होस् या पछाडि ‘वैद्यनाथ बाजे’ हरेक पसलको साझा पहिचान हो । त्यो देखेर एकछिन् त जो कोही अलमलमा पर्छन् । त्यस्तै अलमलमा हुनुहुन्थ्यो, काठमाडौँबाट इलाम जाँदै गरेकी रोशनी राई । “वैद्यनाथ बाजे को हुन् रु सबै पसल उहाँकै हुन्”, स्थानीय एक व्यापारीलाई राईले सोध्दै हुनुहुन्थ्यो ।
कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको चट्टानी भीरको क्षेत्र च्याछरामा यातायात सेवा बन्द हुने भएको छ ।
सङ्घीय सरकारले अति विपन्न परिवारलाई सुरक्षित आवासमा सार्न २०७६ सालमा मोरङको सुनवर्षी-८ कुरेलीमा निर्माण सुरु गरेका २० वटा घर अझै बनेका छैनन्।
जिम्बाबेका नवनिर्वाचित राष्ट्रपति इमर्सन मनाङ्गाग्वाले राष्ट्रपतिको शपथग्रहण गर्नुभएको छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढीका कारण क्षति पुुगेको मुुस्ताङको कागबेनी बस्ती पुुनर्निर्माणको कामलाई सरकारले प्राथमिकता दिने बताउनुु भएको छ ।
नेपाल टेलिकमको मुगु शाखाले जीर्ण अवस्थामा रहेको साँघुरो कार्यालयबाट सेवा दिँदै आएको छ ।
टर्कीको वार्षिक मुद्रास्फीति अगस्टमा बढेर ५८.९४ प्रतिशत पुगेको छ । टर्की लिराको घट्दो मूल्य र हालैका कर वृद्धिका कारण गत वर्ष अक्टोबरपछि वृद्धि भएको हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र टर्कीका राष्ट्रपति रेसेप तैय्यप एर्दोगनबीच ‘ब्ल्याक सी ग्रेन’बारे छलफल भएको छ ।