धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक छ दशमलव ४५ अङ्कले ओरालो लागेर एक हजार नौ सय ६१ दशमलव ३७ मा सीमित भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवसहित तीन जनाविरुद्व पाँच लाख रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ ।
हङ्कङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० मा ४३.४९ प्रतिशत वित्तीय र ४५.९४ प्रतिशत भौतिक प्रगति भएको बताएको छ।
भारतले नेपालसँगको विद्युत् व्यापारसम्बन्धी समझदारीपत्र स्वीकृत गरेको छ। नेपालबाट आगामी १० वर्षभित्रमा १० हजार मेगावाट बिजुली लैजाने नेपाल र भारतबीचको समझदारीलाई भारतको सङ्घीय मन्त्रिपरिषद्ले औपचारिकरुपमा स्वीकृत गरेको भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले जानकारी दिनुभएको छ।
जिल्लामा रहेका पर्यटकीय सम्पदाहरूको विकास गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउँदै आन्तरिक आम्दानीको स्रोत बढाउने उद्देश्यले ताप्लेजुङका स्थानीय तहरुहरुले विभिन्न कार्यक्रमहरू कार्यान्वयनमा जोड दिएका छन् ।
नेपाल खानेपानी संस्थान राजविराज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम १ करोड ३७ लाख ४३ हजार ३ सय २९ रुपियाँ पुगेको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट अवकाशपछि पनि डा. गोविन्द केसीले बिरामीको सेवामा आफ्नो सक्रियतालाई निरन्तरता दिनुभएको छ ।
नेकपा (एमाले) को प्रदेश अधिवेशन नजिकिएसँगै कर्णालीमा नेता आन्तरिक छलफलमा व्यस्त देखिन्छन्। नेताले आफू निकट नेता, कार्यकर्तासँग छलफल चलाउन थालेका छन्।
नेपाली चलचित्रको अन्तर्राष्ट्रिय बजार राम्रो भइरहेको छ । विशेषतः अमेरिका, अष्ट्रेलिया, जापानमा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमत्ता हुने बताउनुभएको छ ।
चौठीचान्द अर्थात् चौरचन पर्वलाई लक्षित गर्दै माटोका भाँडा बनाउने कार्यमा इनरुवाका कुम्भकारहरूलाई यतिबेला भ्याइनभ्याई छ ।
वैदेशिक रोजगारीका लागि क्यानडा जान पाइने लोभमा नक्कली विज्ञापनको भर पर्दा नेपालीहरू ठगीमा परेका छन् । उनीहरूले रु ३४ लाख ठगिएपछि मात्रै आफू ठगीमा परेको सुइँको पाएका थिए ।
बर्दिबासमा कृत्रिम खुट्टा जडानपछि टकटक हिँड्दै छिमेकको धनुषा जिल्लाको मिथिला नगरपालिका–५ ढल्केवरका ८१ वर्षीय सूर्यदेव महतोले उत्साहित हुँदै भन्नुभयो “बौवा, आव लगैय, जे ऐखनो किछ क सकैछी (बाबु, अब लाग्दै छ, अझै केही गर्नसक्छु)।”