• १ जेठ २०८२, बिहिबार

महानगरको सामाजिक विकास समितिको बैठक सम्पन्न

blog

काठमाडौं, भदौ १९ गते। काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७९/०८० मा ४३.४९ प्रतिशत वित्तीय र ४५.९४ प्रतिशत भौतिक प्रगति भएको बताएको छ। 

महानगरको सामाजिक विकास समितिको बैठकमा गएको आर्थिक वर्षको समीक्षा गर्दै तथ्याङ्क अधिकृत कृष्णराज तिवारीले गर्दै एक सय ६६ वटा कार्यक्रममा आन्तरिकतर्फ ६३ र सशर्ततर्फ १०३ वटा कार्यक्रमका लागि ८२ करोड १६ लाख ९९ हजार रुपियाँ विनियोजन भएको जानकारी दिनुभयो। 

तिवारीले भन्नुभयो, “यी कार्यक्रममध्ये आन्तरिकतर्फ २४ र सशर्ततर्फ २३ वटा कार्यान्वयन भए। प्रतिशतमा हेर्दा आन्तरिकतर्फ ३५.६५ प्रतिशत वित्तीय र ३५.९६ प्रतिशत भौतिक तथा सशर्ततर्फ ७०‍.९५ प्रतिशत वित्तीय र ७२।६५ प्रतिशत भौतिक प्रगति भएको छ।”   

समितिका संयोजक रामकुमार केसीले चालु आर्थिक वर्षमा प्रगति प्रतिशतलाई उच्च स्थानमा पुर्‍याउने गरी काम थाल्न विभागलाई निर्देशन दिनुभयो।

केसीले भन्नुभयो, “विभागले कार्यान्वयन गर्नुपर्ने महानगर गौरवका योजना र स्वर्णिम योजनाका विषयमा स्पष्ट हुनुपर्ने भए, प्रक्रिया मिलाउनुपर्ने भए त्यो काम गर्नुपर्‍यो। नियमित कार्यक्रमलाई तत्काल कार्यान्वयनमा लैजानुपर्‍यो।”