• २ जेठ २०८२, शुक्रबार

खानेपानी संस्थान राजविराजको बक्यौता एक करोड

blog

देवरामप्रसाद यादव

सप्तरी  भदौ १९ गते। नेपाल खानेपानी संस्थान राजविराज शाखाका ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा बक्यौता रकम १ करोड ३७ लाख ४३ हजार ३ सय २९ रुपियाँ पुगेको छ।

खानेपानी संस्थान राजविराज कार्यालयका प्रमुख रामकुमार श्रेष्ठका अनुसार उक्त कार्यालयका दुई  हजार नौ सय ४५ जना ग्राहकले समयमा खानेपानीको महसुल नबुझाउँदा कार्यालयमा बक्यौता एक करोड ३७ लाख ४३ हजार ३ सय २९ रुपियाँ पुगेको हो।

उहाँले आर्थिक वर्ष ०७९/०८० मा ७९ लाख ८१ हजार ५१२ रुपैयाँ राजस्व सङ्कलन भएको बताउनुभयो।गत आ.व. ०७९/०८० मा नयाँ १ सय ३ धारा जडान भएको छ भने ७९ वटा सार्वजनिक धारा रहेको जानकारी दिनुभयो।

खानेपानीको महसुल नतिर्नेमा व्यक्तिगत, सङ्घसंस्था, केही सरकारी कार्यालयलगायत रहेको कार्यालय प्रमुख श्रेष्ठले बताउनुभयो।