प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले सरकारले भ्रष्टाचारमा संलग्न कसैलाई पनि छोड्न नहुने बताउनुभएको छ।
मिस युनिभर्स नेपालका प्रतिस्पर्धीले मंगलबार स्विम सुट राउन्डमा र्याप प्रस्तुत गरेका छन् ।
रजनी श्रेष्ठले काठमाडौँमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोड्नुभएको छ ।
कराते खेलाडी दीपक श्रेष्ठलाई निरन्तरता दिँदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) को साधारण सभा तथा निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ ।
मङ्गलबार बेलुका सिमकोट गाउँपालिका– ५ को बजार क्षेत्रको एकजनाको घरबाट जुवाको खालबाट पाँचजनालाई नगदसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतारोही श्रीआङ छिरिङ शेर्पालाई ‘पी. पी. प्रसाई लाइफटाइम अचिभमेन्ट अवार्ड २०८०’ द्वारा सम्मानित गर्नुभएको छ ।
नेकपा (एमाले) का उपमहासचिव एवम् सांसद पृथ्वीसुब्बा गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ शक्तिशाली बनाउन सरकारसँग माग गर्नुभएको छ ।
सुनसरीको नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान घुस रकमसहित पक्राउ परेका छन् ।
सरकारले एक लाख ७० हजार क्विन्टलभन्दा बढी खाद्यान्न मौज्दात रहेको जनाएको छ । सरकारले कुल खाद्यान्न मौज्दात एक लाख ७० हजार ८०२ क्विन्टल खाद्यान्न मौज्दात रहेको जानकारी गराएको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरी प्रतिवेदन पेस गर्न गठित उपसमितिको म्याद सात दिनका लागि थप गरिएको छ ।
नारायणघाट–बुटवल सडक खण्डको नवलपुरमा गाडी स्क्यान गर्ने अत्याधुनिक मेशिन जडान गरिने भएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीले दलीय स्वार्थभन्दा माथि उठेर काम गर्न सांसदहरूलाई आग्रह गर्नुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को विदेश भ्रमण अगाडि विद्यालय शिक्षासम्बन्धी विधेयक सङ्घीय संसदमा टेबुल हुने बताउनुभएको छ ।
वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा रहेको एक मात्र क्याम्पस सप्तकोशी बहुमुखी क्याम्पसलाई कलेज बस उपलब्ध गराउने भएको छ ।