नेपाल प्रज्ञा प्रतिष्ठानले दोहोरो सुविधा लिइरहेका आफ्ना आजीवन सदस्यहरुलाई दिइँदैआएको मासिक पारिश्रमिक कटौती गरेको छ । काठमाडौंमा सोमबार पत्रकार सम्मेलन गरी प्रतिष्ठानले सो निर्णय गरिएको जानकारी गराएको हो ।
नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले जनयुद्ध र जनआन्दोलनका सहिदहरुको नाम राजपत्रमा प्रकाशित गर्ने निर्णय गरेको छ ।
कपिलवस्तुको भृकुटी माध्यमिक विद्यालयले पढाइसँगै कृषि अभ्यासमा जोड दिएको छ । बुद्घभूमि नगरपालिका –४, बुड्ढीको सो विद्यालयले गत २०७३ देखि कृषिको अभ्याससँगै अध्यापन सुरु गरेको हो ।
हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ मर्मत सम्भारको लागि बन्द हुनेभएको छ । आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुनेभएको हो ।
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कानुन र प्रमाणका आधारमा मात्र मुद्दाको फैसला हुने बताउनुभएको छ । कामु प्रधानन्यायाधीशसँग आज संवैधानिक तथा न्यायिक पत्रकार मञ्चको नवनिर्वाचित कार्यसमितिसँगको भेटवार्तामा उहाँले न्यायालयको छविलाई माथि उठाउन कुनै पनि दबाब र प्रभावमा नपरी कानुन र प्रमाणका आधारमा मात्र फैसला हुने बताउनुभएको हो ।
क्रिकेटर सन्दीप लामिछानेले विदेशी भूमिमा हुने क्रिकेट खेल्न पाउने हुनुभएको छ । सर्वोच्च अदालतले आज सोमबार उहाँको पक्षमा सुनुवाई गर्दै फुकुवा गरेपछि उहाँले खेल खेल्न पाउने हुनुभएको हो ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा एक जना व्यक्तिको लडेर मृत्यु भएको छ । प्रहरीका अनुसार फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका ६१ वर्षीय पृथ्वीबहादुर लिम्बूको लडेर मृत्यु भएको हो ।
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –२ सोल्मामा निर्माण भएको कम्पोष्ट प्लान्ट र वायोग्याँस प्लान्ट लामो समय हुँदा पनि सञ्चालनमा आएको छैन् । अर्गानिक नगर बनाउने अभियान अन्तर्गत नगरपालिकाले अढाइ करोड खर्च गरेर निर्माण गरिएको प्लान्ट सञ्चालनमा आउन नसकेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले स्वास्थ्य क्षेत्रमा युगान्तकारी परिवर्तन ल्याउन प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
भैरहवास्थित भीम अस्पतालमा सिटी स्क्यान र ब्लड बैङ्क सेवा शुभारम्भ भएको छ । दुई करोड ७४ लाख ४० हजार रुपियाँ लागतमा अस्पतालमा सिटी स्क्यान राखिएको हो ।
प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संवैधानिक जिम्मेवारी, भूमिका र योगदानलाई अवमूल्यन हुनेगरी केही अवाञ्छित तत्त्वबाट हुने गरेका टीकाटिप्पणीप्रति सजग रहनुपर्ने बताउनुभएको छ ।
रुकुम (पूर्व) मा टर्कीबाट १६ हजार दाँते ओखरको बिरुवा ल्याइएका छन् । डिभिजन वन कार्यालयले किसानको मागअनुसार टर्कीबाट १६ हजार फरनर जातको दाँते ओखरको बिरुवा ल्याएको हो ।
इराकमा यहाँको सुरक्षा फौजको कारबाहीमा परी आईएस आतङ्ककारी समूहका कम्तीमा पनि १७ जनाको ज्यान गएको बताइएको छ ।
यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्य नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ ।
डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइते भएका छन् ।