अर्घाखाँचीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । मालारानी गाउँपालिका–९ लादेपोखरी सेपानेबाट गोखुङ्गा देउराली बजार गई फर्किने क्रममा हावाहुरीसहित चट्याङ पर्दा मीलन खनालको मृत्यु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखाको बिगु गाउँपालिका–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ढुङ्गाको जोखिम हटाउन निर्देशन दिनुभएको छ ।
एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि तीन देशका राजदूतले छुट्टा–छुट्टै समारोहमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गर्नुभयो।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालका प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले अर्धशतक बनाउनुभएको छ ।
जलस्रोत अनुसन्धान विकास केन्द्र, पुल्चोक ललितपुरका लेखा अधिकृत तोरण बहादुर कार्कीविरुद्ध पदको दुरुपयोग गरी चार करोड ६७ लाख ३८ हजार ७८० रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले ख्वप विश्वविद्यालय विधेयक छिट्टै संसदमा पेस गर्ने बताउनुभएको छ ।
एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले एक सय रन पूरा गरेको छ ।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले चौथो विकेट गुमाएको छ । नेपालका युवा ब्याट्सम्यान कुशल मल्ल दुई रनमा पवेलियन फर्कनुभयो ।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका कप्तान रोहित पौडेलले रवीन्द्र जडेजाको बलिङमा स्लिपमा भारतीय कप्तान रोहित शर्मालाई क्याच दिनुभयो । रोहितले आठ बलमा पाँच रन मात्र बनाउन सक्नुभयो ।
एसिया कपअन्तर्गत भारतविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । भीम सार्की अफसाइडमा कडा प्रहार गर्ने चक्करमा आउट हुनुभयो ।
अर्थमन्त्री प्रकाशसरण महतले पोखरा विमानस्थलका केही सीमा रहेको जनाउँदै ती समस्या सुल्झाउन सरकार प्रयत्नरत भएको बताउनुभएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम जहाज खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
श्रीलङ्काको वैदेशिक रोजगार विभागमा दर्ता भई यस वर्ष हालसम्म दुई लाखभन्दा बढी श्रीलङ्काली वैदेशिक रोजगारीमा गएका छन् ।
कर्तव्य ज्यान मुद्दाका दोषी मधेश प्रदेश सभा सदस्य अनिरुद्ध सिंह यादवलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।