एउटा लघुवित्तले बिनाधितो सामूहिक जमानीमा वा धितोको सुरक्षणमा लघुकर्जा प्रदान गर्दा एक जना ऋणीलाई एउटा मात्र लघुवित्त वित्तीय संस्थाले यस व्यवस्थाबमोजिमको कर्जा सीमा ननाघ्ने गरी कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एक लाख ४२ हजार दुई सय क्विन्टल चामल खरिद गर्ने भएको छ । चालू आर्थिक वर्ष लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागेको व्यापार कम्पनीले जनाएको हो । कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले लक्ष्यअनुसार धान खरिद गर्न नसकेपछि चामल खरिद गर्न लागिएको उहाँले जानकारी दिनुभयो । यसका लागि खाद्य कम्पनीले बोलपत्र आह्वानसमेत गरिसकेको छ ।
दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक लैजाने विषयमा तत्काल कुनै सम्झौता नगर्ने बताएको छ । दक्षिण कोरियाको अध्यागमन विभागका निर्देशक इसुङ्ह्युनले केही वर्ष नेपालबाट मौसमी श्रमिक ल्याउने विषयमा सम्झौता नगर्ने विषयमा त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।
चितवनको वागेश्वरीमा संरक्षण गरी पालिएको स्थानीय जातका गाईको मूत्र औषधिका रूपमा प्रयोग गर्न थालिएको छ। देवघाटनजिकै रहेको वागेश्वरी आध्यात्मिक परिषद्ले संरक्षण गरिरहेको गाईको मूत्र दम, ग्यास्ट्रिक, घाउखटिरा, छालासम्बन्धी समस्या, पाचन प्रक्रियामा भएको समस्यालगायतका लागि औषधिका रूपमा प्रयोग गरिएको हो। प्राकृतिक चिकित्सालय वागेश्वरीका निर्देशक डा. हेमराज कोइरालाले गौमूत्र प्रयोगबाट धेरै रोग निको पार्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो, “गाईको मूत्र प्रायोगसँगै खानपान, आनीबानी, सात्त्विक भोजन, व्यायामलगायत रोगअनुसारका अन्य विधि पनि अपनाएर निको पारिएको छ।”
मुस्ताङको जोमसोममा दुर्घटनामा परेको तारा एयरको ट्वीनअटर जहाजमा चालक दलको त्रुटि भेटिएको दुर्घटना जाँच आयोगले औँल्याएको छ।
आज बुधवार दिउँसो बाजुरा जिल्ला केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट हुम्ला जिल्लाका दुई वटा घरमा क्षति पुगेको छ । यसरी भुकम्पबाट क्षति पुग्नेमा विद्यालय र ब्यक्तिका घरहरु रहेका छन् ।
भक्तपुरका कुखुरामा बर्डफ्लु भेटिएको छ। चाँगुनारायण नगरपालिका-८ सुडालको रातोपाटीस्थित तीन वटा कुखुरा फार्ममा पालिएका कुखुरामा बर्डफ्लु भेटिए पछि आज कुखुरा, चल्ला, अण्डा र दाना तथा अन्य पदार्थ नष्ट गरिएको छ।
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको छ लेन सडकमा बुधबारदेखि स्मार्ट सडक बत्ती बल्न सुरु भएको छ।
निशा राईधरान, फागुन १० गते। स्थानीय उत्पादनको बिक्री वितरणलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ धरान उपमहानगरमा १० दिने धरान एक्स्पो हुने भएको छ। तीन वर्षपछि आयोजना हुन लागेको धरान एक्स्पो प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा बिहीबारबाट सुरु हुने सुनसरी उद्योग वाणिज्य संघका संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो। एक्स्पोमा एक सय १३ वटा स्टल रहने गरी फागुन ११ देखि २० गतेसम्म धरान १६ फुटबल रंगशालामा एक्स्पो सञ्चालन हुन लागेको हो।एक्स्पोमा धरानको अर्गानिक बेसार, कालो बंगुर, लोकल रक्सी, कृषि उत्पादन, कृषि औजार, घरेलु तथा साना उद्योगका उत्पादन, गाडी, बैंक तथा वित्तीय रेडीमेड तथा कपडा, घरेलु सामानको स्टल रहने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो। उहाँले सुनसरीका स्थानीय उत्पादन भएका सबै वस्तु एक्सोमा प्रदर्शनीमा राखिने बताउनुभयो।धरान एक्स्पोमा मनोरञ्जनका कार्यक्रम पनि रहने हरेक दिन राष्ट्रिय स्तरका कलाकारको प्रस्तुति रहने छ। दैनिक ३० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ। एक्स्पोबाट करिब १० करोडको कारोबार हुने अपेक्षा आयोजकले गरेका छन्। स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाको उत्पादनलाई प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने आयोजकको भनाइ छ।
नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले पूर्व प्रधानमन्त्रीहरुलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताउनुभएको छ । बुधवार नयाँ बानेश्वरस्थित संसद भवनमा पत्रकारसँग संक्षेपमा कुरा गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।
नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) अशोक सिंहले आफ्नो पदबाट राजीनामा दिनुभएको छ।
तनहुँ प्रहरीले लागूऔषध गाँजासहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । आँबुखैरेनी गाउँपालिका –४ बेनिटारस्थित पृथ्वी राजमार्ग खण्डमा बुधबार दिउँसो २ः४५ बजे अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
काठमाडौंको बालाजुमा यातायात मजदुरले ट्राफिक जरिवानालगायत विभिन्न विषय उठाएर गरेको आन्दोलनका क्रममा ट्राफिक बिट र प्रहरीकै गाडी आगजनी तथा लोत्से मलमा भएको तोडफोड र लुटपाटमा दुई प्रहरी वृत्तकै कमजोरी रहेको जनाइएको छ।
नेपालगञ्जका मुस्लिम धर्मगुरु र अगुवाहरुले हात्तीपाइले रोगविरुद्धको औषधी सेवन अभियानलाई सफल बनाउने प्रतिवद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय बाँके, नेपालगञ्ज उपमहानगरपालिका र बाँके युनेस्को क्लबको समन्वय र सहकार्यमा बुधवार यहाँ आयोजित मुस्लिम धर्मगुरु र मौलानाहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा सो प्रतिवद्धता व्यक्त गरिएको छ ।
झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो ।