• १४ पुस २०८१, आइतबार

मुक्तक

blog

१ 

गरेकी छु भरोसा खिन्न नहोस् मनमा

धोका र घातको चिह्न नहोस् मनमा 

मुटु छाम्दा हामीले पाऊँ  एकअर्कालाई

यो मायाको आकार भिन्न नहोस्  मनमा  


मुटुमा राखेर आँखाको कसिङ्गर नबनाऊ

उजाडी मलाई चैतको पतिङ्गर नबनाऊ

फेरेको हरेक सासमा तिम्रो मात्रै नाम छ

त्यही नामले तर्सिने घाइते अजिङ्गर नबनाऊ 


कसरी भन्नु कति माया लाग्छ भनेर

धड्किन्छ मुटु अति माया लाग्छ भनेर

प्रमाण केही हुन्न न त मिल्छ देखाउन

आकाश धर्ती जति माया लाग्छ भनेर 


४ 


तिमीले छल्यौ भने म रापले मर्छु 

टुटेको मन र त्यस्कै तापले मर्छु

जिउँदो पारी मलाई विष नदिनू

दुःखेको मुटु हारेको श्रापले मर्छु ।



अनुभूतिको सार लिएर बाँचेकी छु 

कल्पनामा  प्यार  दिएर  बाँचेकी छु 

रमेकी छु  यस्तो मायाको संसारमा

पर्खाइका आँसु पिएर बाँचेकी छु  ।