गोलन्जोर गाउँपालिका –५ हिर्दिङ निवासी किसान डम्बरबहादुर बस्नेतले पाँच बर्षभन्दा बढी समयदेखि व्यावसायिक रुपमा अलैची खेती गर्दै आउनुभएको छ । यतिखेर उहाँको नौ रोपनी जमिन अलैची खेतीले ढाकेको छ ।
प्रत्येक वर्ष पाटनमा मनाइने मतयाः पर्व यस वर्ष शुक्रबार मनाइएको छ ।
विद्युतीय सवारी तथा सामग्रीका बारेमा जानकारी गराउने उद्देश्यका साथ आजदेखि यहाँ ‘नेपाल इभी तथा नेपाल पावर लाइट एउण्ड इलेक्ट्रोनिक प्रदर्शनी’मेला सुरु भएको छ ।
बेनीमा युवा र पाका पुस्ता मिलेर गाइजात्रा निकालेका छन् । नेवार समुदायको पुरानो मौलिक संस्कृति लोप हुन नदिन पाका पुस्तासँगै युवा पनि गाइजात्रामा सहभागी भएका छन् । गाइजात्रा बेनीका नेवार समुदायको मौलिक सांस्कृतिक पहिचान मानिन्छ ।
आज दमौलीस्थित बीपी स्मृति भवनमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले यस्ता आक्रमणलाई परास्त गर्न सबै एक ढिक्का भएर लाग्नुपर्नेमा जोड दिनुभयो । डा कोइरालाले भन्नुभयो, “सबै तवरबाट भएको आक्रमणलाई परास्त गर्न आवश्यक छ, त्यसैले अब कांग्रेस एकढिक्का हुनुपर्छ ।
बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरभित्र आगलागी नियन्त्रणमा सहजताका लागि नेपालगन्ज उपमहानगरले दक्ष अग्नि नियन्त्रक उत्पादन गर्न तालिम दिन सुरु गरेको छ ।
मलेसियाको क्वालालम्पुरमा आज भएको खेलमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा नेपालले २ दशमलव ५ ओभरमा कुनै विकेट नगुमाइ लक्ष्य पूरा ग¥यो ।
सत्ताको नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र)ले २०८४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आफ्नो पक्षमा सुनिश्चित गर्ने मुख्य लक्ष्य बनाएर शनिबारदेखि ‘जनतासँग माओवादी’ विशेष रुपान्तरण अभियान सञ्चालन गर्दैछ ।
उहाँले आवेदन दिएको सात वर्ष बित्दासमेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम सुरु हुन नसकेपछि निवेदन दिएका सय बढी उद्योगी व्यवसायीहरु निराश बनेको बताउनुभयो ।
गत मङ्गलबार गुल्मी अस्पतालमा उपचाररत बालिकाको मृत्यु भएपछि गठित छानबिन समितिले उपचारमा खटिएका स्वास्थ्यकर्मीको पहिलो चरणको बयान सकेको छ ।
आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा बहराइनले नेपाललाई जितका लागि ३२ रनको समान्य विजयी लक्ष्य दिएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका ४ मालुमा सिस्नो प्रशोधन गरिने भएको छ ।
आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आफू न्यायक्षेत्रमा प्रवेश गरेपछि कहिल्यै पछाडि फर्कनु नपरेको बताउनुभएको छ ।