• २० असोज २०८१, आइतबार

पाटनमा मनाइयो मतयाः पर्व (फोटो फिचर)

blog

मतयाः पर्वका अवसरमा पाटनका देवालय घुम्दै देवगणहरु । तस्बिर : विकास द्वारे

ललितपुर, भदौ १५ गते । प्रत्येक वर्ष पाटनमा मनाइने मतयाः पर्व यस वर्ष शुक्रबार मनाइएको छ ।

गाईजात्राको भोलिपल्ट मनाइने मतयाः यात्रामा सबैले आफ्नो जीवनकालमा एक न एक पटक सहभागी हुनैपर्छ भन्ने मान्यता रहिआएको छ । यस पर्वमा दिवङ्गत आफन्तको सम्झनामा सहभागीले हातमा दीप लिएर नगर परिक्रमा गर्छन् ।

पाटनको मतयाः यात्राको बौद्ध धर्मसँग नजिकको सम्बन्ध छ । बौद्ध धर्मावलम्बीले विशेष महत्त्वका साथ मनाउने ‘गुँला’ (प्रायः श्रावण महिनाको दोस्रो हप्ताबाट सुरु हुने पर्व)को सुरुवातसँगै पाटनमा मानिसहरु मतयाः लाई स्वागत गर्न केही रात बाजागाजासहित सहरको परिक्रमा गर्दछन् ।