• २० असोज २०८१, आइतबार

दिवंगतको सम्झनामा 'ताराली'

blog

सुजल श्रेष्ठ

प्युठान, भदौ १५ गते । नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका व्यक्तिको सम्झनामा 'ताराली' (तायमचा) निकालेका छन् । दिवंगत भएका व्यक्तिका परिवारले जनैपूर्णिमा दिन 'ताराली' (तायमचा) र दोस्रो दिन छिनमिन जात्रा निकाल्ने परमपरा छ ।

जिल्लाको खलङ्गा, बिजुवार, कुटिचौर, भिंग्री लगायतका स्थानमा रहेका नेवार समुदायले वर्षेनी ताराली नचाउने गर्छन् । डोकोलाई सिंगारेर मानिसको आकार दिएर ताराली बनाउने गरिन्छ । उक्त डोकोभित्र मानिस पसेर बाजाको तालमा नाच्ने चलन छ ।

केटा मासिनको तारालीमा पुरुषको तारालीमा पुरुषको कपडा र महिलाको तारालीमा महिलाको कपडा प्रयोग गर्ने गरिन्छ । तारालीलाई परिवारले पूजा गरेपछि मात्र बजारमा परिक्रमा गराइन्छ । जिल्लामा नेवार समुदायले परम्परागत रुपमा ताराली निकाल्दै आएको पाइन्छ । ताराली हेर्न विभिन्न ठाउँबाट मानिसहरुको भीड लाग्ने गर्दछ ।