• २४ वैशाख २०८३, बिहिबार

पिएसजी च्याम्पियन्स लिगको फाइनलमा

blog

बल खोस्ने प्रयास गर्दै बायर्न र पिएसजीका खेलाडी । तस्बि : सिन्ह्वा/रासस

काठमाडौँ, वैशाख २४ गते । फ्रेन्च महारथि पेरिस सेन्ट जर्मेन (पिएसजी) युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको सेमिफाइनल खेलको दोस्रो लेगमा जर्मन क्लब बायर्न म्युनिखलाई १–१ गोलको बराबरीमा रोक्दै पिएसजीले फाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा ५–४ गोलको जित निकालेको पिएसजी समग्रमा ६–५ गोलले विजयी भयो । 

पिएइसजीका लागि उस्मान डेम्बेलेले खेल सुरुभएको तेस्रो मिनेटमै गोल गर्नुभयो । बार्यनका लागि ह्यारी केनले दोस्रो हाफको अन्तिममा एक गोल फर्काएपनि टोलीको हार टरेन ।

फाइनलमा पिएसजीले इङ्लिस क्लब आर्सनलको सामना गर्नेछ । आर्सनलले स्पेनिस टोली एट्लेटिको म्याड्रिडलाई समग्रमा २–१ गोलले हराउँदै फाइनलमा स्थान बनाएको थियो । फाइनल खेल हङ्गेरीमा हुनेछ । एजेन्सी