• २४ वैशाख २०८३, बिहिबार

अवैध सामान बरामद

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, वैशाख २४ गते । भारतबाट सय रुपियाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाइका साथ लागु गर्नुका साथै यहाँस्थित नेपाल–भारत नाकामा अवैध आयात निर्यात नियन्त्रण अभियान पनि तीव्र पारिएको छ । 

अवैध आयातनिर्यात नियन्त्रण अभियानमा सक्रिय प्रहरीले भारतबाट भन्सार छली गरी ल्याइएका आठ लाख रुपियाँभन्दा बढीका विभिन्न सामानलाई नियन्त्रणमा लिएको छ । भन्सार राजस्व छलेर भित्र्याइएको आठ लाख ४५ हजार ६६० रुपियाँ बराबरको फलफूल, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक तथा हार्डवेयरका सामान प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१० क्षेत्रबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।