• १२ साउन २०८१, शनिबार

अमेरिकी सिनेटर होलेन नेपालमा

blog

काठमाडौं आइपुग्नुभएका अमेरिकी सिनेटर क्रिस भान होलेन ।

काठमाडौं, भदौ १५ गते । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर क्रिस भान हाेलेन आज काठमाडौं आइपुग्नुभएको छ ।

नेपालस्थित अमेरिकी दूतावासले उहाँलाई नेपालमा स्वागत गर्न पाउँदा हामी हर्षित छौं भन्दै सूचना प्रवाह गरेको छ ।

आफ्नो भ्रमणका क्रममा उहाँले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप बलियो बनाउन सरकारी अधिकारी, युवा नेता, सांसद र उद्यमीसँग भेट गर्नुहुने र नेपालको स्वास्थ्य र पूर्वाधारका क्षेत्रमा अमेरिकी सहयोगमाथि प्रकाश पार्नुहुने जानकारी दूतावासले दिएको छ ।