• २ जेठ २०८२, शुक्रबार

लहान अस्पतालको स्तरोन्नति हुन्छ : मुख्यमन्त्री

blog

लहान समाचारदाता

लहान, भदौ १६ गते  । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लहानस्थित प्रादेशिक अस्पतालको नामकरणमा दाता परिवारको नाम जोडिने र सय श-याको अस्पतालमा स्तरोन्नति गरिने बताउनुभएको छ ।

लहान नगरपालिकाका नागरिक समाज, सञ्चारकर्मी, प्रदेश सभा सदस्यहरू तथा अस्पताल स्थापनाका लागि जग्गा दिने दाता परिवारसँगको सामूहिक भेटमा शुक्रबार उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, “अस्पतालको नामकरण गर्दा २०७८ सालमा कसरी दाता परिवारको नाम छुट्यो, धेरै समयपछि मात्रै जानकारी भयो । दाता परिवारको नाम समावेश गर्न प्रयास गर्ने छु ।”

लहानमा अस्पताल स्थापनाका लागि रामकुमार शारडा र उमाप्रसाद मुरारकाले २०३७ सालमा एक बिघा १५ कट्ठा १० धुर जग्गा दिनुभएको थियो । स्थापनाकालमा रामकुमार शारडा र उमाप्रसाद मुरारका अस्पताल नै नाम राखिएको थियो तर मधेश प्रदेश सरकारले २०७८ सालमा प्रादेशिक अस्पताल नामकरण गरेपछि दाता परिवारको नाम हटेको थियो । त्यसप्रति दाता परिवारले असन्तुष्टि जनाउँदै आएका छन् । अस्पतालको केही जग्गा अहिले पनि दाता परिवारबाट हस्तान्तरण हुन बाँकी नै छ ।

दाता परिवारको नाम समावेश गरी अस्पताललाई सय श-याको सुविधासम्पन्न बनाउने बताउँदै मुख्यमन्त्री यादवले विकास समितिको स्थानमा अन्य विकल्प खोजिरहेको प्रस्ट्याउनुभयो । विभिन्न विकृति, विसङ्गति एवं भ्रष्टाचार अन्त्य गर्न आठ वटै जिल्लामा अनुगमन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उहाँले जनतालाई प्रदेश सरकारको अनुभूति गराउन ‘एक्सन’ मा जानेसमेत बताउनुभयो । 

भेटका व्रmममा लहानका सर्वपक्षीय टोलीले अस्पताल सञ्चालक समितिमा दाता परिवारका दुई जना प्रतिनिधि राख्नसमेत आग्रह गरेको थियो । सिरहाका प्रदेश सभा सदस्यहरू राजेन्द्रप्रसाद चौधरी, राजकुमार गुप्ता र ललिता दाससमेत सहभागी टोलीले स्वास्थ्यमन्त्री वीरेन्द्रकुमार सिंहसँग पनि भेटेर समस्या राखेको थियो ।