काठमाडौँ, भदौ १६ गते । यस वर्षको ‘प्रसिद्ध कणेल स्मृति विकास लेखन राष्ट्रिय पुरस्कार’ २०८० विकास अभियन्ता तथा लेखिका डा. अरुणा उप्रेतीलाई प्रदान गरिने भएको छ। महिला अधिकारका सवाल तथा पोषणसम्बन्धी बहुआयामिक विषयमा लामो समयदेखि कलम चलाई विभिन्न पुस्तकसमेत प्रकाशन गरेकी डा. उप्रेतीले नेपाली रैथाने खानाको प्रवर्धन गरी पत्रु खाना नियन्त्रण गर्नुपर्ने कुरामा समेत नागरिक चेतना जगाउँदै आउनुभएको छ। नेपानको २९ औँ वार्षिक साधारण सभाको अवसर पारेर भदौ २३ गते शनिबार काठमाडौँमा उहाँलाई उक्त पुरस्कार अर्पण गरिने नेपानका अध्यक्ष डा. अनोज क्षेत्रीले बताउनुभयो। पुरस्कारको राशि १० हजार रुपियाँ रहेको छ।