• १ जेठ २०८२, बिहिबार

गोरखापत्रकर्मी रेग्मी सेजनको महासचिवमा निर्विरोध निर्वाचित

blog

नवनिर्वाचित महासचिव गोरखापत्रकर्मी विश्वास रेग्मी ।

गोरखापत्र अनलाइन

काठमाडौं, भदौ १५ गते । गोरखापत्रकर्मी विश्वास रेग्मी नेपाल आर्थिक पत्रकार समाज (सेजन) को महासचिवमा निर्विरोध निर्वाचित हुनुभएको छ । रेग्मी सेजनको २५ औँ साधारणसभाबाट आज निर्विरोध निर्वाचित हुनुभएको हो । 

अध्यक्ष, उपाध्यक्ष, सचिव तथा अन्य पदाधिकारी चयनमा सर्वसहमति हुन नसकेपछि भोलि शनिवार निर्वाचन हुनेभएको छ । शनिवार सेजनको साधारणसभा हुँदैछ । अन्य पदाधिकारीहरु भोलि नै निर्वाचित हुने सेजन पदाधिकारीहरुले बताएका छन् ।  

विगत डेढ दशकदेखि आर्थिक पत्रकारिता गर्दै आउनुभएका रेग्मी १० वर्षदेखि गोरखापत्र दैनिकमा आवद्ध रहेर पत्रकारिता गर्दै आउनुभएको छ । सेजनमा दुईसय ८३ जना पत्रकार सदस्य रहनुभएको छ ।