• २ जेठ २०८२, शुक्रबार

इनारमा डुबेर महिलाको मृत्यु

blog

फाइल तस्विर ।

जनार्जन खत्री 

सर्लाही, भदौ १४ गते । सर्लाहीको बरहथवा नगरपालिका-१, खर्साल टोलमा बिहीबार इनारमा डुबेर एक महिलाको मृत्यु भएको छ । 

स्थानीय ६५ वर्षीया लखिया देवी सहनीको सिँचाइका लागि निर्माण गरिएको इनारभित्रको पानीमा डुबेर मृत्यु भएको वडाध्यक्ष राकेश सहनीले जानकारी दिनुभयो । बुधबार राति सुतेको ओछ्यानबाट बेपत्ता हुनुभएका सहनीलाई खोजी गर्ने क्रममा बिहीबार बिहान किसानले खेतमा सिँचाइका लागि निर्माण गरेको सामूहिक इनारभित्र डुबिरहेको अवस्थामा मृत फेला परको स्थानीयले बताएका छन्। 

गाउँलेको सहयोगमा मृतक वृद्धाको शव इनारबाट बाहिर निकालिएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइ घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बरहथवाका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।