काठमाडौं, भदौ १३ गते । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोग, न्युयोर्कका लागि नवनियुक्त राजदूत/स्थायी प्रतिनिधि लोकबहादुर थापाले राजदूत पदको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहमा उहाँले राजदूत पदको, पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।
उक्त अवसरमा परराष्ट्र मन्त्री नारायण प्रकाश साउदलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।