उपभोक्ता हकहित र अधिकारको पक्षमा वकालत गर्दै आएका अधिकारकर्मीहरूले मदिराजन्य पदार्थको खुला रूपमा भइरहेको बिक्रीवितरणमा रोक लगाउन माग गरेका छन्। मदिराले नेपाली समाजलाई प्रत्यक्ष असर पु-याएको भन्दै खुला बिक्रीवितरणमा रोक लगाउन माग गरेका हुन्। मदिराको विज्ञापनमा समेत रोक लगाउन आग्रह गरेका छन्। उपभोक्ता अधिकारकर्मीहरूले मदिराकै कारण नेपाली समाज विसङ्गतितिर उन्मुख भइरहेको आरोप लगाएका छन्। उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशको आयोजनामा ‘उपभोक्ता हित र संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्ने उपभोक्ता अधिकारकर्मीहरूले सो माग गरेका हुन्। सबै उपभोग्य वस्तुको बिक्री खुला हुन नहुने भन्दै त्यसमा पनि मदिराको
पछिल्लो सुन प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच संसदीय छानबिन समिति गठन गर्ने कि नगर्ने भन्नेमा विवादसँगै लामो समयसम्म सदन अवरुद्ध भई देखिएको चिसोपनलाई सभापति निर्वाचनले हटाउन सफल भएको छ ।
बागमती प्रदेश सरकारले प्रदेश निजामती सेवामा प्रवेश गर्ने अपाङ्गता भएका व्यक्तिको अधिकारलाई खुम्च्याउँदै लगेको छ । निजामती सेवा ऐन, २०४९ ले गरेको व्यवस्थाविपरीत अपाङ्गता भएका व्यक्तिको प्रदेश निजामती सेवामा प्रवेश गर्ने अधिकारलाई खुम्च्याउने गरी प्रदेश निजामती सेवा ऐन, २०७९ बनाएको हो ।
अदुवाको खेतीबाट १० वर्षअघि विस्थापित पाल्पाका किसान पुनः अदुवा खेतीमा लागेका छन्। अदुवा खेतीबाट निकै ठुलो क्षति बेहोरेका तानसेन, रिब्दीकोट र बगनासकालीका किसान पुनः अदुवा खेतीमा फर्किएका हुन्। आर्थिक वर्ष २०६७/६८ देखि अदुवाको खेती गर्न छाडेका यहाँका किसान एक दशकपछि अदुवा खेतीमा फर्किएका हुन्। अदुवाको गाँनो कुहिने, बोट मर्ने समस्या तथा भाउ नपाउने समस्याले विस्थापित बनेका किसान पुनः यसकै खेतीमा आकर्षित भएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो। १० वर्षअघिसम्म पाल्पाको पश्चिम भेगका किसानले अदुवाको व्यावसायिक खेती गरेका थिए तर अदुवा लगाएर लाखौँको क्षति बेहोर्नु परेपछि अदुवा लगाउन छाडेका अध्यक्ष कार्कीले बताउनुभयो।
पश्चिम नेपालको ठूलो सहर नेपालगन्जका मुख्य सडक तथा चोकहरूमा घोडा, खच्चड, गाईवस्तुलगायत छाडा चौपायाको समस्या बढेको छ। सडकमा छाडा घोडा, खच्चड र गाईबस्तुका कारण सवारी आवागमनमा समस्या हुनुका साथै सडक दुर्घटना हुन थालेका छन्। सडकका छाडा चौपायाको समस्या समाधानप्रति नेपालगन्ज उपमहानगरपालिकाले ध्यान नदिएकै कारण फेरि यो समस्या दोहोरिएको गुनासो स्थानीय नगरवासीको छ। सहरको मुख्य चोकहरू त्रिभुवन चोक, धम्बोझी चोक, बिपी चोक, पुष्पलाल चोक र गणेशमान चोकलगायत सुर्खेत रोड र सदरलाइनमा छाडा घोडा, खच्चड र गाईगोरु यत्रतत्र भेटिने गरेका छन्। सो क्षेत्रमा सवारी दुर्घटनाको जोखिमसँगै सर्वसाधारणलाई सडक किनारमा हिँड्न तथा सडकमा सवारी चलाउन निकै समस्या हुने गरेको छ। छाडा चौपायासँग मोटरसाइकल ठोक्किएर प्रदीप थारूको नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार थारू सवार लु. ८२ प ६४६८ नम्बर मोटरसाइकल आइतबार राति सडकमा छाडा गाईसँग ठोक्किएर गम्भीर घाइते हुनुभएको थियो। उहाँको उपचारका क्रममा मृत्यु भएको हो।
सरकारले सबै वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र स्थापना गरी नागरिकलाई प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिए पनि सर्लाहीका १८ वडामा अझै स्वास्थ्य केन्द्र स्थापना हुन सकेको छैन । सर्लाहीमा २० पालिकाका दुई सय वडा छन् ।
काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको साउन महिनामा ६५ करोड ४२ लाख ३० हजार रुपियाँ राजस्व सङ्कलन गरेको छ । महानगरपालिकाले विभिन्न शीर्षकमा ६५ करोड रुपियाँ राजस्व सङ्कलन गरेको हो । आव २०७७/७९ को साउन महिनामा ४३ करोड ५३ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन गरेको थियो । गत आवको तुलनामा २२ करोड रुपियाँ राजस्व बढी सङ्कलन भएको हो । यस्तै आव २०७७/७८ मा साउन महिनामा २६ करोड ३९ लाख ५३ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो ।
सिटिइभिटी अन्तर्गत स्वास्थ्य प्राविधिक स्टाफ नर्स, एचए, फार्मेसीको प्रवेश परीक्षा शनिबार विराटनगरमा सम्पन्न भएको छ । परीक्षा दिनका लागि यहाँका आदर्श, जनता, जनपथ, पोखरिया, महेन्द्र र सरस्वती माध्यमिक विद्यालयमा परीक्षा केन्द्र तोकिएका थिए ।
भरतपुर महानगरपालिका यति बेला भ्रमण वर्षको तयारीमा जुटेको छ । सन् २०२४ लाई भरतपुर भ्रमण वर्षका रूपमा मनाउने घोषणालाई कार्यान्वयन गर्न महानगर तयारीमा जुटेको हो । महानगर प्रमुख रेनु दाहालसहितको टोली बुधबार भरतपुर–६, देवनगरमा चितवन निकुञ्जले निर्माण गर्न लागेको वन्यजन्तु उद्धार केन्द्र पुगेको थियो । सोही केन्द्र परिसरमा निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनसहित निकुञ्जका अधिकारीबिच अन्तर्क्रिया भयो । महानगर प्रमुख दाहालले उद्धार केन्द्रलाई पर्यापर्यटनसँग जोडेर चिडियाखाना जस्तै गरी पर्यटकलाई वन्यजन्तु देखाउने व्यवस्था मिलाइदिन आग्रह गर्नुभयो । निकुञ्जका अधिकारी पनि त्यस विषयमा सहमत भए । मात्र कसले कुन भूमिका निर्वाह गर्ने भन्नेमा निचोडमा पुग्न बाँकी छ ।
पछिल्लो समय क्रिकेट खेलतर्फ युवाको आकर्षण बढेसँगै तनहुँ जिल्लामा क्रिकेट खेलमैदानको खोजी गर्न थालिइएको छ । यसका लागि तनहुँ जिल्ला क्रिकेट सङ्घले नेतृत्व लिएको छ ।
उत्पादनमूलक क्षेत्रले पाउँदै आएको दुई करोड रुपियाँको सुविधा बढेर चार करोड पुगेको छ । नेपाल राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको प्रतिबद्धता अनुसार राष्ट्र बैङ्कले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गरेको हो ।
पूर्वी नवलपरासीको कावासोती–३ मा डिप बोरिङ तथा ट्युबेल सिँचाइ सञ्चालनमा आएसँगै स्थानीय कृषकलाई राहत मिलेको छ। सिँचाइको अभावमा चाहे जति उत्पादन गर्न नसक्दा कृषक मर्कामा परेका थिए। डिप ट्युबेल सिँचाइ सञ्चालनमा आएपछि कृषक खुसी देखिएका छन्। स्थानीय टेकबहादुर श्रेष्ठले पहिले सिँचाइका लागि आकाशे पानीको भर पर्नु परेको उल्लेख गर्दै अब सिँचाइ सुविधा पुगेपछि खुसी हुनु स्वाभाविक भएको बताउनुभयो।
उत्तरी गोरखामा केही दिनदेखि परेको अविरल वर्षाका कारण पहिरोले एक घर बगाएको छ। धार्चे गाउँपालिका–६, यार्सामा गाउँको बिचबाट बग्ने खोलामा आएको पहिरोले स्थानीय सुकमाया घलेको घर बगाएको हो। वडाध्यक्ष धनकुमार घलेले एउटा घर बगाएको र अन्य सात घरमा क्षति पुगेको जानकारी दिनुभयो। उहाँले गए राति घर बगाएको बताउनुभयो। वडाध्यक्ष घलेका अनुसार वर्षा भइरहेको बेलामा एक्कासि घरमाथिबाट पहिरोसहित खोल्सामा बाढी आउँदा घरमा भएका मान्छे भागेर ज्यान जोगाए भने घरमा रहेको नगद, जिन्सीलगायतका सामान बगाएर लगेको छ। उनीहरूलाई तत्काल खाने बस्ने व्यवस्थाका लागि सहयोगको आवश्यक रहेको छ।
घरमाथिबाट पहिरो खस्न थालेपछि मङ्गलसेन नगरपालिका–८, सुतुडमा १५ घरपरिवार उच्च जोखिममा परेका छन् । मङ्गलसेन–जुपु–रामारोशन सडकमुनितिर रहेका घरपरिवार पहिरोको जोखिममा रहेका बताइएको छ । घरभन्दा माथिबाट पहिरो झर्न थालेपछि स्थानीय मीनबहादुर बोहरा, प्रेमबहादुर बोहरा र चेतमान बोहराका घरपरिवार भने आफन्तकहाँ सरेको स्थानीय नयनबहादुर बोहराले जानकारी दिनुभयो । घरभन्दा माथिबाट पहिरो आएर घर पुरिने समस्यासँगै अन्य घरपरिवार पनि त्रासमा छन् ।
बैतडीका स्थानीय तहले पर्यावरणीय अध्ययन नगरेर जथाभाबी सडक निर्माण गर्दा ५७७ हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । सडकले ४६६ हेक्टर वन सखाप पारेको छ भने सडक किनारमा घरटहरा ११० हेक्टर गरी ५७७ हेक्टर वन क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । अतिक्रमण भएका ठाउँमध्ये मेलौली नगरपालिकामा २७ वटा घरटहरा हटाएर ३० हेक्टर वन क्षेत्र खाली गरिएको डिभिजन वन कार्यालयका प्रमुख भीमप्रसाद कँडेलले बताउनुभयो । पुरचौडी नगरपालिकाको गिरिजाबगर र सिगास गाउँपालिका–१, जुकेपानी र गर्जेमा वन क्षेत्र अतिक्रमण हटाउने प्रयास भइरहेको छ ।