भजन सुन्न आमासँगै मन्दिर गएकी भद्रपुर नगरपालिका–९ की तीन वर्षीया निर्जला सिग्देल नालामा डुबेर मृत्यु भएको अवस्थामा भेटिएकी छन् ।
उदय सुब्बाको निर्देशनमा निर्माण भएको चलचित्र ‘दुई कदम’ को पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्रका दुई पोस्टरमा प्रदर्शन मिति मङ्सिर २९ उल्लेख गरिएको छ । चलचित्रको सार्वजनिक एक पोस्टरमा डेब्यु अभिनेता इओन लिम्बू र डेब्यु अभिनेतृ सिमोन गिरीलाई छाता ओढेर रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । दोस्रो पोस्टरमा अभिनेता गौरव पहारी रिसाएर हातमा बन्दुक लिएर पड्काउँदा डेब्यु अभिनेतृ गिरी निकै डराएको हाउभाउमा देखिनुभएको छ ।
नेपाली कांग्रेसले आगामी २४ गतेदेखि तीन दिनसम्म बिपी साहित्य महोत्सव २०८० आयोजना गर्ने भएको छ । हरेक वर्ष भदौ २४ गते बिपी जन्मजयन्ती मनाउँदै आएको पार्टीले यस वर्षको ११० औँ जन्मजयन्ती भने तीन दिनसम्म महोत्सवका रूपमा नै मनाउने निर्णय गरेको पार्टीको सूचना सञ्चार तथा प्रचार विभागले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । प्रचार विभागका प्रमुख मीन विश्वकर्माका अनुसार पार्टीको साउन २ देखि १० गतेसम्म भएको केन्द्रीय समितिको बैठकले नै यस वर्ष बिपी जन्मजयन्तीलाई महोत्सवका रूपमा मनाउने निर्णय भएको स्पष्ट पार्नुभयो ।
मातृभूमि साहित्य समाज मकवानपुरले हरेक दुई वर्षमा प्रदान गर्दै आएको मातृभूमि राष्ट्रिय सम्मान २०८० बाट संस्कृतिविद् प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ । नेपाल र नेपालीलाई चिनाउन महत्वपूर्ण योगदान पु-याउने व्यक्ति वा सङ्घ संस्थालाई प्रदान गर्दै आएको सम्मान नेपाल प्रज्ञा प्रतिष्ठानको पूर्वउपकुलपतिसमेत रहनुभएका गुरुङलाई आगामी असोज ६ गते हेटौँडामा आयोजना गरिने कार्यक्रममा समर्पण गर्ने निर्णय गरेको समाजले जनाएको छ । संस्थाले आफ्नै
नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँ हुँदै हङकङ र नयाँ दिल्ली उडान गर्ने भएको छ । गत जेठ ३० गतेदेखि निगमले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौँ उडान गर्दै आएको छ । अब मङ्गलबारदेखि सोही जहाजमा भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौँ ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाउन लागिएको हो ।
देशको कृषि तथा पशुपन्छीलगायत क्षेत्रमा अध्ययन, अनुसन्धान गर्दै आएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको जमिनमध्ये पाँच सय हेक्टर जमिन बाँझो भेटिएको छ । नार्कसँग अनुसन्धान गर्न देशैभर करिब १२ सय हेक्टर जमिन रहेको छ, त्यसमध्ये पाँच सय हेक्टर जमिन बाँझो भएको नार्कले जनाएको छ ।
सरकार, निजी क्षेत्र, शैक्षिक संस्था र नवप्रवर्तनमा काम गरिरहेका संस्थाले संयुक्त पहलमा आगामी सात वर्षभित्र नेपाललाई ‘स्टार्टअप’ मुलुक बनाउने लक्ष्य सार्वजनिक गरेका छन् । मुलुकभित्र उद्यमशीलताको विकास गर्न व्यवसायीको सुरुवाती चरणमा रहेकालाई लक्षित गर्दै यस्तो लक्ष्य सार्वजनिक गरिएको हो । राजधानीमा ‘स्टार्टअप नेसन २०३०’ को घोषणा गर्दै दिगो विकासका लक्ष्य पूरा हुने अवधिभित्रै सो लक्ष्य पनि पूरा गर्ने गरी अभियान अघि बढाएको घोषणा गरिएको हो ।
काठमाडौँ महानगरपालिका क्षेत्रभित्रका व्यावसायिक, बहुतले र आवासीय भवनलाई सेवाग्राहीसँग पार्किङ शुल्क नलिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले महानगरको निःशुल्क पार्किङसम्बन्धी व्यवस्था कार्यान्वयन नगर्न नगराउन माग गर्दै दिएको निवेदनमा अदालतले यस्तो आदेश दिएको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आमसञ्चार क्षेत्रमा भइरहेको प्रविधिको विकासलाई सम्बोधन गर्ने गरी सञ्चार विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको छ। नेपाल प्रेस युनियन केन्द्रीय समितिका पदाधिकारीसँग सोमबार मन्त्रालयमा भएको छलफलमा मन्त्री शर्माले विद्युतीय सञ्चार माध्यमलाई सम्बोधन गर्ने गरी विधेयक ल्याउने तयारी भइरहेको बताउनुभएको हो।
प्रजनन तथा प्रसूति स्वास्थ्य शिक्षा र उचित परामर्श नहुँदा एक महिलाले बाटैमा बच्चा जन्माउनुभएको छ। बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१, काँडा जमालगाउँकी ३२ वर्षीया उज्जली सुनारले बच्चा जन्माएको परिस्थिति र परिवेश कहालीलाग्दो छ। घर फर्किने क्रममा बाजुराको बुढीगङ्गा नगरपालिका–१० को सडकमा बच्चाको टाउको बाहिर निस्केर महिला छटपटिएको देखेपछि आफूले आवश्यक कुनै सामग्रीबिना नै जन्मन नसकेर अड्केको बच्चालाई सडकमै निकालेको अनमी सिर्जना सार्कीले बताउनुभयो।
पाटन उच्च अदालतले मिडियामा प्रकाशित सामग्रीका विषयमा स्पष्टीकरण सोध्ने अधिकार कानुनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नदिएको ठहर गरेको छ ।
विश्व हिन्दु महासंघ गुल्मीसहितका संघ संस्थाहरुले गोहत्या विरुद्ध विरोध यहाँ प्रदर्शन गरेका छन् । सोमबार जिल्लाको सदरमुकाम तम्घासमा जिल्ला प्रशासन कार्यालय अगाडि गोहत्या तथा धर्म परिवर्तनजस्ता अवाञ्छित क्रियाकलाप तत्काल बन्द गराउन माग गर्दै विश्व हिन्दु महासंघसँगै रेसुंगा संरक्षण समिति, सत्यशाही केन्द्र, राधा माधव समिति, बह्मकुमारी राजयोग केन्द्र तथा सनातन हिन्दू धर्ममा आस्था राख्ने संघसंस्थाहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसलाई मिसन चौरासीभन्दा कामको चिन्ता रहेको बताउनुभएको छ । नयाँ तथा पुराना दलका शिर्ष नेताहरुबाटै मिसन चौरासीको कुरा ल्याइरहेको सन्दर्भमा शर्माले सो कुरा बताउनुभएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सोमबार आज भेट गर्नुभएको छ ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गिरीबन्धु टी स्टेट, यति, ओम्नीसहितका प्रकरणमा छानबिन गर्न सरकारलाई चुनौती दिनुभएको छ ।