प्रतिनिधिसभाअन्तर्गतका १० वटै समितिमा सभापति निर्विरोध निर्वाचित हुनुभएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले शौचालय नबनाएपछि गाउँपालिकाले सेवा सुविधा रोक्का गरेको छ ।
फिर्के खोला हो कि खोल्सो, बहस जारी छ । वर्षामा ढाडो खोला बनेर उर्लिने फिर्के हिउँदमा सुख्खा हुन्छ । पोखरा पोखरा महानगरको बीच भाग हुँदै बग्ने यो खोला कतै फराकिलो छ, कतै खोल्सो जस्तो मात्रै छ ।
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.बालकृष्ण साहको गैरआख्यान ‘गर्भको गर्व’ लोकार्पण भएको छ ।
जिल्लाको खप्तड छेडेदह गाउँपालिका–१ काँडाकी एक महिलाले अस्पतालबाट घर फर्किने क्रममा बाटोमै बच्चा जन्माउनु भएको छ ।
सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फाका ७१ जना शान्ति सैनिक सोमबार मिनुस्का प्रस्थान गरेको छन् ।
उपन्यास समाजका अध्यक्ष तथा वरिष्ठ उपन्यासकार शङ्कर भारतीद्वारा रचित उपन्यास ‘अनुपम देवता’को तेस्रो संस्करणको अन्तरक्रिया सम्पन्न भएको छ ।
प्रतिनिधि सभा अन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिमा विमला सुवेदी चयन हुनुभएको छ ।
उत्तरी मोरङका किसानलाई यतिबेला अलैँची भित्र्याउने चटारो छ । गत वर्षभन्दा यो वर्ष दोब्बर मूल्य बढे पनि उत्पादन स्थिर रहँदा किसानको मुहार खासै उज्यालो छैन ।
कृषकले दुःख गरेर लगाएको खेती भित्र्याउन नपाउँदै बाँदरले खाने तथा नष्ट गरिदिने गरेपछि हैरानी भएर जमिन बाँझो राख्ने क्रम बढेपछि तनहुँमा पशुपालनमा प्रोत्साहन गर्न थालिएको छ ।
नेपाली सेनाको दुनैस्थित एक गुल्मका गुल्मपति दुई दिनदेखि बेपत्ता भएका छन् । सदरमुकाम दुनै सुरक्षार्थ नन्दबक्स गुल्मका गुल्मपति मेजर विमल पण्डित बेपत्ता हुनुभएको हो ।
पाकिस्तान र श्रीलङ्कामा अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म आयोजना हुने एसिसी एसिया कप क्रिकेटका लागि अफगानिस्तान खेलाडी टोली घोषणा भएको छ ।
भुटानको ड्रुक एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान गर्नेभएको छ ।
नवलपुरको कावासोती नगरपालिका –१५ की माया बोटे हिजोआज गाउँमा खोलिएको होमस्टेमा व्यस्त हुनुहुन्छ । होमस्टेमा आउने पाहुनालाई स्वागत, सत्कार गर्ने, पकाउने, खुवाउने जस्ता काममा उहाँको समय बित्ने गरेको छ । २०७० देखि गाउँमा होमस्टे सञ्चालनमा आएपछि उहाँसहितका महिलाको दैनिकी अहिले फेरिएको हो ।
सामुदायिक वनबाट रुख र जडीबुटी मात्र नभई अन्य प्राकृतिक स्रोतको उपयोग गरी रोजगारी सिर्जना तथा राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, पोखरास्थित फुर्केटारी सामुदायिक वन उपभोक्ता समूह ।